श्रीलंकाका प्रसिद्ध भिक्षु के. श्री. धम्मानन्दद्वारा अंग्रेजीमा लिखित विश्वप्रसिद्ध पुस्तक "व्हाट बुद्धिष्ट्स् बिलिभ" वर्तमान समाजमा बुद्धशिक्षालाई सर्वसाधारण माझ बुझाउन अत्यन्त सफल मानिएको पुस्तक यसअघि नेपाली अनुवाद तीनभागमा प्रकाशन भएको थियो । हाल उक्त पुस्तक अप्राप्य भएको हुनाले ती तीनवटैलाई एकै ठाउँमा समेटी सम्पादन गरि प्रकाशन गरिएको छ । यस पुस्तकमा भगवान बुद्ध र बुद्धधर्मको सिद्धान्तहरू के हुन भनेर तीनवटा भागमा ८६वटा बिभिन्न शिर्षकहरूमा प्रष्ट्याइएको छ ।
बुद्ध र बुद्धधर्मको सिद्धान्तहरूका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।