धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः

बुद्धकाे चमत्कार

बुद्धकाे चमत्कार

60

बुद्ध, बुद्धका उपदेश र शिक्षाहरूलाई व्यावहारीक जीवनमा महत्त्व र उपयाेगिताका बारेमा समसामयिक शिर्षक दिइ प्रस्तुत गरेका छन् । जस्तै; मनुष्य जीवनकाे सार्थकताका लागि धर्मकाे भूमिका र महत्त्व, अहंकारले मानिस तल झर्छ, लाेभ र निर्वाण, बुढीआमाकाे धर्मचेतना, बुद्ध उत्तम मनुष्य र मार्ग प्रदर्शक हुनुहुन्छ, बुद्ध र स्वास्थ्य, आमाकाे गुण, मैत्री भावना र अन्य विषयका बारेमा उल्लेख गरेका छन् ।

बुद्धधर्म र बुद्धशिक्षाका बारेमा जान्न चाहनेहरू ।

बुद्धकाे संस्कृति र महत्त्व

बुद्धकाे संस्कृति र महत्त्व

69

बुद्धशिक्षा अनुसार शील (सदाचार) समाधि (चित्त एकाग्रता) प्रज्ञा (विवेक बुद्धि) मैत्री, करुणा, मुदिता, उपेज्ञा, मंगल आदि समसामयिक बिषयहरूलाई बिभिन्न शिर्षकहरू दिई बुद्धका उपदेशलाई प्रस्तुत गरेका छन् । गृहस्थी जीवन सफल हुने धर्म मार्ग, दशवटा दुर्लभ तत्त्वहरू, बाैद्ध र अबाैद्ध दृष्टिकाेणमा भिन्नता, बुद्धलाई चिनाैं, नचिताएकाे हुन्छ चिताएकाे नहुने गर्छ, मुर्खसित झगडा नगर्नु, भन्न सजिलाे गर्न गार्‌हाे, मानिसकाे आचरण उन्नति र पटनकाे कारण र अन्य शिर्षकहरू रहेका छन् ।

बुद्धशिक्षा प्रति इच्छुकहरू ।

सल्लेख सूत्र

सल्लेख सूत्र

75

मज्मिम ध्निकाय मूलपण्णास पालिकाे मूलपरियायवर्ग अन्तगर्तकाे आठाैं सूत्रकाे रुपमा संङ्गलन गरिएकाे यस सूत्रमा समथ- विपस्सना ध्यानकाे अभ्यास गर्दै जाँदा ध्यानकाे स्तरमा प्रगति हुँदै जाने क्रममा के कस्ता अवराेधहरु आउँछन् र त्यसरी आईपर्ने अवराेधहरु पन्छाई अगाडी बढनमा समर्थ हुनका लागि मानिसले आफूमा रहेकाे क्लेश हटाउन आफ्नाे व्यवहार र आचरणमा कसरी सुधार ल्याउनु आवश्यक छ भन्ने बिषयमा भगवान बुद्धले गर्नु भएकाे अति गम्भिर उपदेश संकलन गरिएका छन् ।

बुद्धाेपदेश ध्यानाभ्यास कार्यमा गम्भीर रुपले लागिरहेका याेगीहरु तथा सामान्य जीवन जिउने गरेका मानिसहरू‌ ।

शिक्षा (प्रथम भाग)

शिक्षा (प्रथम भाग)

64

बुद्धशिक्षालाई ब्यावहारिक रुपमा अपनाएर दैनिक जीवनमा आइपर्ने विभिन्न समस्या र बाधाहरूलाई सहज रुपमा समाधान गरी जीवनलाई सुखि र आनन्दीत बनाउन सकिन्छ भन्नेबारेमा बिभिन्न घटनाहरु समेटिएर उल्लेख गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षालाई ब्यावहारिक रुपमा जान्न चाहनेहरू ।

धम्मचक्कप्पवत्तन सुत्त

धम्मचक्कप्पवत्तन सुत्त

47

भगवान बुद्धले बाेधिज्ञान लाभ गर्नु भएपछि सहम्पति नामका ब्रह्माले प्रार्थना गर्नु भएकाेले पञ्चवर्गिय भिक्षुहरूलाई ऋषिपतन मृगदावन वनमा निर्वाण लाभ गर्ने धर्मचक्र देशना गर्नु भएकाे थियाे । उक्त्त प्रथम धर्मदेशनाकाे पालि र नेपाल भाषामा भावार्थ र व्याख्यात्मक अनुवाद गरि प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धकाे प्रथम धर्माेपदेशका बारेमा पालि र नेपाल भाषामा अर्थ समेत अध्ययन गर्न चाहनेहरू ।

विवेक बुद्धि

विवेक बुद्धि

44

बुद्धशिक्षा र व्यावहारिक ज्ञानबारे बिभिन्न लेखकहरूले लेखिएका रचनाहरुलाई संग्रह गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाकाे व्यवहारिक ज्ञानकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

दान

दान

22

भगवान बुद्धले देशना गर्नुभएकाे दान धर्मकाे बिविध गुण र महत्व कस्ता व्यत्तिलाई दान दिने दानकाे फल आदिका बारेमा बिशेष रूपले व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षामा दान धर्मकाे महत्वबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

धर्मया ज्ञान भाग २

धर्मया ज्ञान भाग २

62

मज्झिम निकाय अन्तर्गत धर्मकाे ज्ञान व्यवहारमा उत्तार्ने र मन शुद्ध एवं राम्राे हुनु पर्ने बुद्धशिक्षाका ११वटा सूत्रहरुलाई सम्क्षिप्त रूपमा प्रस्तुत गरिएका छन् । जस्ताे कि अम्बलट्ठिक राहुलाेबाद सूत्र भद्दालि सूत्र सब्वासव सूत्र द्वधावितक्क सूत्र आदि रहेका छन् ।

बुद्धकाे शिक्षा व्यवहारमा अभ्यास गर्न चाहनेहरू ।

याेगिया चिट्ठी

याेगिया चिट्ठी

63

धर्म र ध्यान भावनालाई व्यावहारिक रूपमा दैनिक जीवनमा कसरी प्रयाेग गर्ने भन्ने विषयमा चिट्ठी आदान प्रदान गरेकाे किसिमले बुझाउन बिभिन्न शिर्षकलाई समेटेर प्रस्तुत गरिएकाे छ ।

भगवान बुद्धकाे धर्म र ध्यान भावनाकाे दैनिक जीवनमा प्रयाेगका बारेमा जान्नचाहनेहरू ।

बाखं-२

बाखं-२

27

उदानपालि, धम्मपदट्ठकथा र श्रद्धेय अमृतानन्द भन्तेकाे बुद्धकालीन पुस्तककाे आधार लिइ बुद्धशिक्षालाई नैतिकशिक्षाकाे रूपमा समाजमा पुर्याउने उद्देश्यले कथात्मक प्रसंग सहित प्रस्तुत गरिएकाे छ । जीवित हुँदा हेला गर्ने र मृत्यु पश्चात सेवा, आदर गर्ने, हृदय परिवर्तन, बुद्धले सही मार्गदिशाकाे लागि निष्काशित भिक्षुहरू, याेग्य गुरु, ईर्ष्या, अवबाेध आदिका बारेमा उल्लेख गरिएका छन् ।

धर्मप्रेमी सबै व्यक्तिहरू ।

धर्म मसीनि

धर्म मसीनि

62

शान्तिकाे लागि धर्म चाहिन्छ भन्ने कुरालाई भगवानकाे समय र अहिलेकाे समयकाे घटनालाई उल्लेख गरिएकाे छ । धर्म चिरस्थायी राख्न पूजा पाठ र सेवाभाव चाहिन्छ । सुख दुःख भनेकाे आफ्नाे काम र कर्म अनुसार प्राप्त हुन्छ भन्ने कुरा विभिन्न शिर्षकमा प्रस्तुत गरिएका छन् ।

सम्पूर्ण धर्मप्रेमी पाठकहरू ।

च्याई थीयूकाे ईतिहास

च्याई थीयूकाे ईतिहास

144

म्यानमार देशमा स्थापित च्याई थीयू चैत्यकाे आश्चर्यपूर्ण एेतिहासिक घटना संगालिएकाे चित्र सहित वर्णन गरि समावेस गरिएका छन् ।

म्यानमार देशकाे च्याई थीयू चैत्यबारे जान्न चाहनेहरू ।

सर्वज्ञ भाग-२

सर्वज्ञ भाग-२

44

तीन प्रकारका मानिसको स्वभावलाई कथात्मक प्रसंग सहित प्रस्तुत गरिएका छन् । १. शील स्वभाव नराम्रो भएको, तर संस्कार कुशल कर्मको वीऊ बाँकी रहेको कारणले भविष्यमा राम्रो हुन सक्ने, २. शील स्वभाव राम्रो भएको, तर संस्कार अकुशल कर्मको वीऊ बाँकी रहेको कारणले भविष्यमा नराम्रो हुन सक्ने र ३. राम्रो नराम्रो दुवै ज्ञान भएको, तर भविष्यमा कुशल कर्म गर्ने कोशिस नगरी भविष्य नराम्रो हुने स्वभाव उल्लेख गरिएका छन् ।

बुद्धशिक्षाको व्यावहारिक र नैतिक शिक्षा अध्ययन गर्न चाहनेहरू ।

बाखँ भाग ३

बाखँ भाग ३

34

बुद्धकालिन सहित्यकाे आघार बनाई ब्यवहारिक ज्ञानको उदाहण ।

बुद्धकालिन घटनाको बारे जानकारी लिन ईच्छुक ब्यक्तिहरुलाई ।

क्षान्ति र मैत्री

क्षान्ति र मैत्री

119

यस पुस्तकमा सहनशीलता,शत्रुसँग मिलेर बस्ने तरिका र सकारात्मक हृदय परिवर्तनका कुराहरू समावेश गरीएकाे छ ।

समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहने समाजसेवीहरूकाे लागि उपयाेगी ।

संक्षिप्त बुद्ध वंश ( दाेश्राे भाग )

संक्षिप्त बुद्ध वंश ( दाेश्राे भाग )

81

पदुम बुद्ध देखि तिस्स बुद्ध सम्मका १० जना तथागतहरूकाे संक्षिप्त बुद्ध जीवनी समावेस गरिएकाे छ । संक्षिप्त विषय सुचिका बरेमाः पदुम बुद्ध देखि तिस्स बुद्ध सम्मका १० जना तथागतहरू कुन कुन कल्प ( वर कल्प , सार कल्प , र मन्द कल्प) मा उत्पति भयाे र त्यस वेला गाैतम बुद्ध वाेधिसत्व काे थिए भन्ने बारे पनि उल्लेख गरिएकाे छ ।

शिक्षण संस्थाहरूमा अध्ययन गर्न र बुद्ध वंश सम्वन्धि अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी देखिन्छ ।