एकाइसाैं शताब्दीमा पशुबलि कति उपयुक्त कति अनुपयुक्त ?

ekkaisau-shatapdima-pasubali-kati-upayukta-kati-anupayukta-dr-sanu-bhai-dangol

Summary:

आफ्नाे कामना पूरा हाेस् भनि भाकल गरे अनुरूप काम पूरा भएकाे खुशियालिमा देवी देवता अथवा कुनै अदृष्य शक्तिलाई बलि वा भाेग दिने धार्मिक परम्परा छ । याे परम्परा शिक्षा र बिज्ञानकाे विकाश संगसंगै शासन सत्ता अनि समाजले केहि बहिस्कार गरिदै गएकाे देखिन्छ । तथापि हालसम्म पनि केहि मात्रामा पशुवलि दिने प्रचलनलाई बाध्यकारी पूजाकाे रूपमा कायमै रहि आएकाे छ । बुद्धधर्म अन्तर्गत बज्रयानी परम्परामा पशुबलिकाे मान्यता स्विकारेकाे देखिन्छ भने थेरवादी परम्परामा वलि प्रथा पूर्णत वर्जित छ । तापनि भिक्षुहरूमा मासु सेवनकाे लागि केहि बिधि र प्रावधानहरू बुद्धले राख्नु भएकाे प्रसंग पनि यस कार्यपत्रमा उल्लेख छ । कार्यपत्र प्रस्ताेताले यस विषयमा बिभिन्न सम्बन्धित आधिकारिक, उच्च व्यक्तिहरूकाे बृहत सभा गरेर एकाइसाैं शताब्दीमा याे प्रथाकाे औचित्य के हाे र यसमा कसरी अगाडी बढ्ने भनि ठाेस निर्णयका साथ बुद्धधर्म र बुद्ध जन्म भूमि नेपालकाे गाैरबकाे विषय हुने उहाँकाे निष्कर्श सहित उल्लेख गरेका छन् ।

Targeted Audience:

बुद्धधर्ममा पशुवलिकाे अवधारणाका बारेमा जान्न चाहनेहरू ।

Total Pages:

29

Price:

Edition:

Published Date:

Buddha Sambat

Bikram Sambat

२०५८

Nepal Sambat

Amo Domini (AD)

Languages:

Editor:

Translator:

Publication:

Distributor:

Donor: