Tipitaka

जातक (छौथौं भाग)

जातक (छौथौं भाग)

523

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको छौथौं भाग हो । यस ग्रन्थमा महानिपात अन्तर्गत जातक न‌ं. ५३८ देखि जातक नं. ५४७ सम्मका बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख गरिएका छन् ।

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जातक (चौथौ भाग)

जातक (चौथौ भाग)

370

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको चौथौ भाग हो । यस ग्रन्थमा दशौ निपात देखि उन्नान्तिस निपात अन्तर्गत जातक न‌ं. ४३९ देखि जातक नं. ५१० सम्मका बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख गरिएका छन् ।

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जातक (तेस्रो भाग)

जातक (तेस्रो भाग)

404

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको तेस्रो भाग हो । यस ग्रन्थमा चौथौ निपात र नवौ निपात अन्तर्गत जातक नं. ३०१ देखि जातक नं. ४३८ सम्मका बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख गरिएका छन् ।

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जातक (दोस्रो भाग)

जातक (दोस्रो भाग)

356

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको दोस्रो भाग हो । यस ग्रन्थमा दोस्रो निपात र तेस्रो निपात अन्तर्गत जातक न‌ं. १५१ देखि जातक नं. ३०० सम्मका बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख गरिएका छन् ।

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जातक (प्रथम भाग)

जातक (प्रथम भाग)

499

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको प्रथम भाग हो । यसमा निदान कथा अन्तर्गत दूरेनिदान, अविदुरे निदान र सन्तिके निदान गरी बोधिसत्त्व हुनु भएका सुमेध तपस्वीले दीपंकर बुद्ध समक्ष बुद्धत्त्व प्राप्तिको लागि प्रार्थना गर्नुभएको, दिपंकर बुद्धबाट भविष्यवाणी प्राप्त भएदेखि काश्यप बुद्धसम्मका २७ बुद्धशासन कालमा पूर्ण गरेका पारमिता धर्महरू र अभ्यासका साथै सिद्धार्थ कुमार बोधिसत्त्वको जन्म देखि महापरिनिर्वाणसम्मका घटनाहरूलाई उल्लेख गरेका छन् । यस ग्रन्थमा एकनिपात अन्तर्गत १४ वर्गमा १५०वटा बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

सुत्तनिपात (नेपाली अनुवादसहित)

सुत्तनिपात (नेपाली अनुवादसहित)

398

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको छैठौ‌ ग्रन्थ सुत्तनिपाट हो । यस ग्रन्थमा ५ वटा वर्ग र ७२ सुत्रहरू छन् । तथागतको अमृत उपदेशले मानिसहरूलाई उच्चस्तरमा पुऱ्याउने, परमशान्ति र निर्वाण प्राप्त गर्ने तर्फ लागि परेका एकान्तवासी गृहत्यागीको लागि एक्लै विचरण गरी विमुक्त सुखको अनुभव गर्ने, अवनतिका कारण, भिक्षु र गृहस्थको जीवनचर्याको वर्णित, बुद्ध, धर्म र संघको सत्य-वचनको महिमा र कल्याण, पहिला इच्छा, भोक र जरा तीनवटा राेग थिए भने पशु बधप्रथा ९८वटा राेगको कारण, प्रव्रजित र गृहस्थहरूका कर्तव्यहरूको निर्देश, भगवान् बुद्धको गृहत्यागका कारणहरूको वर्णन, प्रिय र मधुर वचन बोल्नको निमित्त उपदेश, वर्णव्यवस्थाको खण्डन, गाली दिएर दुर्गित प्राप्त गरेको विवरण, प्रतीत्यसमुत्पादधर्मको अनुलोम

भगवान् बुद्धको धर्म, दर्शन तथा इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

सुत्तनिपात

सुत्तनिपात

316

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको छैठौ‌ ग्रन्थ सुत्तनिपात हो । यस ग्रन्थमा ५ वटा वर्ग र ७२ सुत्रहरू छन् । तथागतको अमृत उपदेशले मानिसहरूलाई उच्चस्तरमा पुऱ्याउने, परमशान्ति र निर्वाण प्राप्त गर्ने तर्फ लागि परेका एकान्तवासी गृहत्यागीको लागि एक्लै विचरण गरी विमुक्त सुखको अनुभव गर्ने, अवनतिका कारण, भिक्षु र गृहस्थको जीवनचर्याको वर्णित, बुद्ध, धर्म र संघको सत्य-वचनको महिमा र कल्याण, पहिला इच्छा, भोक र जरा तीनवटा राेग थिए भने पशु बधप्रथा ९८वटा राेगको कारण, प्रव्रजित र गृहस्थहरूका कर्तव्यहरूको निर्देश, भगवान् बुद्धको गृहत्यागका कारणहरूको वर्णन, प्रिय र मधुर वचन बोल्नको निमित्त उपदेश, वर्णव्यवस्थाको खण्डन, गाली दिएर दुर्गित प्राप्त गरेको विवरण, प्रतीत्यसमुत्पादधर्मको अनुलोम

भगवान् बुद्धको धर्म, दर्शन तथा इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

धर्मसंङ्गिणी

धर्मसंङ्गिणी

375

बुद्धवचन त्रिपिटकको अभिधर्मपिटकको पहिलो महत्त्वपूर्ण ग्रन्थ धम्मसंङ्गिणी, अभिधर्मको मूल आधार एवं सार यस ग्रन्थमा सबै परमार्थ धर्महरूलाई विभिन्न तरीकाबाट संग्रह गरिराखेको ग्रन्थ हो । यस ग्रन्थमा व्यवस्थित रूपमा सर्वप्रथम मातृका सूचि, परमार्थ धर्मलाई तीन समूह त्रिमातृका र दुई समूह द्विकमातृका मा बिभाजन गरि यी मातृकालाई चार काण्ड (१) चित्तोत्पादकाण्ड, (२) रुपकाण्ड, (३) निक्षेषकाण्ड र (४) अर्थकथाकाण्डमा विभाजन गरी कुशल धर्ममात्र नभई दोष रहितको दश प्रतिफल दिने कुशल धर्महरुलाई अर्थ सहित प्रष्ट रूपमा प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धद्वारा देशित अभिधर्मको मूल आधार एवं सारलाई गहनरुपमा अध्ययन र अभ्यास गर्न चाहनेहरू ।

चूलनिद्देस

चूलनिद्देस

328

बुद्धवचन त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको पन्धौं ग्रन्थ मध्ये एघारौ ग्रन्थ “निद्देश” को दुई निद्देश मध्ये दोस्रो निद्देश यस चुलनिद्देशमा ११८ वटा सुत्रहरूलाई बिस्तृत व्याख्या गरिएका छन् । बाबरी ब्राह्मणले आफूसँगै बसिरहेका ब्राह्मण माणवकहरूलाई भगवान् बुद्धकहाँ पठाएर गम्भिरातिगम्भिर प्रश्नहरूको उत्तर सन्तुष्ट रुपमा प्राप्त नहुन्जेलसम्म प्रश्नहरू सोधि सन्तुष्ट उत्तरहरू सुनेर मार्गफल प्राप्त गरिएको उल्लेख गरीएका छन् ।

भगवान् बुद्धद्वारा देशित संक्षिप्त उपदेशहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

संयुक्तनिकाय

संयुक्तनिकाय

1277

बुद्धवचन त्रिपिटकको सुत्तपिटक अन्तर्गतको तेस्रो निकाय संयुक्त निकायमा लामा, छाेटा सबै प्रकारका सूत्रहरूलाई सगाथा वर्ग, निदान वर्ग, खन्ध वर्ग सलायतन वर्ग र महावर्ग गरी ५ वर्गमा छपन्न संयुक्त्त अन्तर्गत ११५३ सूत्रहरू संग्रह गरिएका छन् । बौद्ध साहित्यको एक महत्त्वपूर्ण यस ग्रन्थमा ज्ञान, धर्म, दर्शन र मुक्ति मार्गका बारेमा वर्णन गरिएका छन् ।

भगवान् बुद्धद्वारा देशित सबै खालका सूत्रहरु ज्ञान, धर्म, दर्शन र मुक्ति मार्गका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

मज्झिमनिकाय

मज्झिमनिकाय

1049

बुद्धवचन त्रिपिटकको सुत्तपिटक अन्तर्गतको दोस्रो निकाय मज्झिमनिकायमा १५२वटा मझौला खालका सूत्रहरूको संग्रह गरिएका छन् । बौद्ध साहित्यको एक महत्त्वपूर्ण यस ग्रन्थमा भगवान् बुद्धको जन्म, महाभिनिष्क्रमण, तपस्या, बुद्धत्त्व प्राप्ति, धर्मचक्र प्रवर्तनको मूल र प्रामाणिक स्रोतहरूका साथै बुद्धकालीन सामाजिक, आर्थिक, राजनैतिक साँस्कृतिक तथ्यहरूलाई समेतिए तीन प्रमुख वर्गलाई दशदशवटा सूत्र भएका चौधवटा वर्ग र बाऱ्हवटा सूत्र भएको एक वर्ग समेत गरी पन्ध्रवटा वर्ग रहेका छन् ।

भगवान् बुद्धले देशित मझौला खालका सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

विमानवत्थु

विमानवत्थु

186

बुद्धवचन तिपिटक अन्तर्गत सुत्तपिटकको खुद्दक निकायको छैठौ ग्रन्थ विमानवत्थुमा पूण्य कर्मबाट प्राप्त भएका विमान र देवभूमिहरूलाई इत्थिविमान र पुरिसविमान गरी दुई भागमा विभाजन गरिएका छन् । यसमा चौरासी देवभूमि मध्ये पचास इत्थिविमान र पैतिस पुरिसविमानका बारेमा ती विमान र देवभूमिहरू के कस्ता पूण्यकर्मको फलबाट प्राप्त भएको भन्नेबारेमा उल्लेख गरीएका छन् ।

भगवान् बुद्धको शिक्षा अनुसार पूण्य कर्मको फलका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

चरियापिटकपालि

चरियापिटकपालि

105

सुत्तपिटकको पाँचौ मुख्य निकाय खुद्दकनिकाय अन्तर्गतको यस ग्रन्थमा भगवान् बुद्धले कल्पकल्पहरूको बोधिसत्त्वको अवस्थामा पूर्ण गरेका दान, शील, नैश्क्रम्य, अधिष्ठान, सत्य, मैत्री र उपेक्षा गरी सात पारमिताका बारेमा संक्षिप्त वर्णन गरिएका छन् । यस ग्रन्थलाई छ परिच्छेदमा विभक्त गरी पैतिसवटा जीवन चर्याहरुलाई जातककथाको माध्यमबाट प्रस्तुत गरिएका छन् ।

बोधिसत्त्वले पूर्ण गरेका पारमिताहरूका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

दीघनिकाय

दीघनिकाय

663

बुद्ध र बुद्धधर्मको मूल र प्रामाणिक रूप अध्ययन गर्न उपलब्ध वाङ्गमयहरूमध्ये पालि त्रिपिटकको सूत्रपिटकको पहिलो निकाय हो । यस निकायमा चौतिस वटा लामालामा सूत्र छन् । बुद्धकालीन भूगोल र इतिहास, समाज र स‌ंस्कार, धर्म र दर्शनको संश्लेषणात्मक र विश्लेषणात्मक अध्ययन गर्न शील, समाधि प्रज्ञा अवबोध गर्न, बुद्धको दर्शन गर्न तथा अन्ततः निर्वाण धर्म साक्षात्कार गर्नको निमित्त अमूल्य ग्रन्थरत्न हो । बुद्धको दर्शन, धर्मसेनापति सारिपुत्र महास्थविर आयुष्मान् महाकाश्यप, आयुष्मान आनन्द, आयुष्मान अनुरूद्ध आदि श्रावकहरूको आदर्शका बारेमा उल्लेख गरीएको छन् । बुद्धकालीन बासट्ठि वटा विभिन्न दृष्टिजालहरूको जानकारीका बारेमा ब्रह्मजाल सुत्त, मिथ्या तपस्यालाई उदाङ्ग पार्न महासीहनाद-सुत्त र उदुम्बरिक सुत्त, परलोकवादलाई उजागर गर्ने पायासिराजञ्ञ

भगवान् बुद्धले देशित लामालामा सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

मिलिन्द-प्रश्न

मिलिन्द-प्रश्न

335

बौद्ध साहित्यमा त्रिपिटक ग्रन्थ जत्तिकै प्रामाणिक एक ग्रन्थ हाे । यसमा बैक्टरियाका ग्रीकराजाहरूमध्ये प्रतापवान राजा मिलिन्द र भिक्षु नागसेनको पूर्वजन्मको कथा देखि भिक्षु नागसेन र राजा मिलिन्द बिच भएको शास्त्रार्थलाई प्रस्तुत गरि अन्तमा राजा मिलिन्द भिक्षु बनि अर्हत-पद प्राप्त गरेको वर्णन गरिएकाे छ । यसमा बाहिरी कथा अन्तर्गत नागसेन र राजा मिलिन्दको पूर्वजन्मदेखि उनीहरू बिचको पहिलाे भेटसम्मका बारेमा उल्लेख गरीएका छन् । दोस्रो खण्डमा मिलिन्द-प्रश्न, मेन्डक प्रश्न, अनुमान प्रश्न, उपमाकथा प्रश्न आदि शिर्षक अन्तर्गत बिभिन्न वर्गहरूमा भिक्षु नागसेन र राजा मिलिन्द बिच भएका प्रश्न-उत्तरलाई प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाका बारेमा बिभिन्न उपमाद्वारा अध्ययन गर्न चाहनेहरू ।

इतिबुत्तक

इतिबुत्तक

99

सुत्तपिटक अन्तर्गत खुद्दक निकायकाे चाैथाे गन्थ हाे । यसमा भगवान बुद्धका सानातिना र विशेष प्रकारकाे उपदेशहरू संग्रह गरिएकाे छ । जसमा चार परिच्छेदहरू रहेका छन । राग, द्वेश, माेह, सबैकाे त्याग, उचित मनन, राम्राे मित्र, आदि विविध कुराहरूद्वारा नराम्राे गर्दा नरक बास हुन्छ र दुःख कष्ट हुन्छ, राम्राे चिन्तन र मननबाट सुख शान्ति मिल्छ भन्ने भनाइहरूलाई प्रस्तुत गरिएकाे छ ।

कुशल वृद्धि गरी सुख, समृद्धि र मुत्ति प्राप्त गर्न चाहानेहरू ।