अमिता धाख्वा

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

76

महाकारूणिक तथागत बुद्धले बहुजन हित र सुखको निमित्त गरिएका देशनाहरूलाई अध्ययन र सही रूपले आचारण एवं अभ्यास गर्न सकिने गरी बुद्ध धर्मका ज्ञान प्रदान गर्ने हेतुले पञ्चशील, अष्टशील, श्रामणेर प्रव्रजित शील, सुचरित्र, दुश्चरित्र, त्रिरत्न वन्दना, बुद्ध, धर्म, संघका गुणहरू, बुद्ध जीवनी, चतुरार्य सत्य, स्मृतिप्रस्थान ध्यान भावना, मंगल सूत्र, महोपकारक महासी सयादोका ओवाद कविताहरू, मैत्री भावना कविता, भोजन प्रत्यवेक्षण आदि शिर्षकहरूलाई समावेश गरी प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धका शिक्षालाई प्रारम्भिक ज्ञानका रुपमा जान्न चाहनेहरू ।

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

44

स्मृतिपूर्वक सतिपट्ठान विपस्सना ध्यान अभ्यास शिविर भईरहेको अवधिमा ध्यान योगीहरुले पालन गर्नुपर्ने शील प्रार्थना, बुद्धपूजा, मैत्रीभावना, भोजन गर्ने बेलामा प्रत्यवेक्षण गर्नुपर्ने पिण्डपात पच्चवेक्खण, महोपकारक महाशी सयादोको ओवाद स्मरणिका कविता र योगीहरूले पालन गर्नुपर्ने नियम एवं समय तालिका समावेश गरिएक छन् ।

सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्दा अपनाउनु पर्ने नियमहरूको बारेमा जान्न चाहनेहरू ।

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

176

चिर सम्मानित, मितभाषी, कुशल धर्मप्रेरिका नेपालको थेरवाद बुद्धसासन प्रचार प्रसार र चिरस्थायीको लागि अतुलनिय योगदान पुर्याउन हुने बिदूषी मध्ये एक श्रद्धेय ञाणशीला गुरूमांकाे संक्षिप्त जीवनी सहित भन्ते, गुरूमां, उपासक तथा उपासिकाहरूबाट उहाँकाे गुणानुस्मरण सहितका लेखहरू समावेश गरिएका छन् ।

श्रद्धेय ञाणावती गुरूमांकाे जीवनीका बारे अध्ययन गर्न चाहनेहरू ।

श्री शाक्यसिंह विहार

श्री शाक्यसिंह विहार

77

श्री शाक्यसिंह विहारको संक्षिप्त परियच, वर्तमान स्वरूप, विहारमा भइरहेको धार्मिक गतिविधि, विहारको बिभिन्न संस्थाहरुको सूचि, संघमहानायक प्रज्ञानन्द जन्म शतबार्षिक समारोहको विवरण, श्री शाक्यसिंह विहार पूननिर्माणको विवरण, आर्थिक सहयोगी दाताहरुको बिस्तृत विवरणहरू समावेश गरीएका छन् ।

श्री शाक्यसिंह विहारकाे बारेमा जान्न चाहनेहरू ।

सद्धर्म पुष्पमाला

सद्धर्म पुष्पमाला

अनागारिका अग्गञाणी गुरुमां प्रवजित हुनुभएको रजत महोत्सव (२५ बर्ष) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा समय समयमा बिभिन्न पत्र-पत्रिका, स्मारिका, स्मृतिग्रन्थहरूमा वहाँद्वारा विभिन्न भाषामा रचना गरिएका महत्वपूर्ण, अति सार-गर्भित बिभिन्न २५ वटा शिर्षकहरूका रचनाहरूलाई संकलन गरि प्रस्तुत गरिएका छन् । ती मध्ये केहि यसप्रकारका छन् ।

सद्धर्म प्रेमी एवम् ध्यान भावना र बुद्धशिक्षाबारे जिज्ञासुहरू ।

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

76

यस पुस्तकमा बुद्ध धर्म प्रारम्भिक शिक्षा अन्तर्गत त्रिसरणगाथा, शील विधि, बुद्ध, धर्म, संघ वन्दना अर्थसहित ध्यान मैत्रीसहित केही उपयाेगी कथा, उपदेश र सुत्र आदि विविध विषयवस्तु समावेश गरिएकाे छ ।

ध्यान भावना गर्ने वालवालिका र युवाँवर्ग सबैकाे लागी उपयाेगी ।