मानिसले आफ्नाे जीवन सुख र शान्ती पुर्वक जीउनका लागि कमसेकम पञ्चशीलकाे पालना गर्नु पर्छ । यी फरक फरक पाँचवटा शीलहरू पालना गर्दा हरेककाे लाभ र त्यसकाे विपाक वा दाेषहरूकाे बारेमा छुट्टाछुट्टै रुपमा उल्लेख गरिएकाे छ
स-धर्मप्रेमी सबै ।
मज्झिम निकाय अन्तर्गत धर्मकाे ज्ञान व्यवहारमा उत्तार्ने र मन शुद्ध एवं राम्राे हुनु पर्ने बुद्धशिक्षाका ११वटा सूत्रहरुलाई सम्क्षिप्त रूपमा प्रस्तुत गरिएका छन् । जस्ताे कि अम्बलट्ठिक राहुलाेबाद सूत्र भद्दालि सूत्र सब्वासव सूत्र द्वधावितक्क सूत्र आदि रहेका छन् ।
बुद्धकाे शिक्षा व्यवहारमा अभ्यास गर्न चाहनेहरू ।
मज्झिम निकायकाे आधारमा बाैद्धधर्म, संस्कृति, बाैद्ध दर्शन बिषयलाई बिभिन्न शिर्षकमा प्रस्तुत गरिएका छन् । जसमा क्लेश हटाउने, मनका मयल हटउने, चित्त परिशुद्धि, निर्वाण जाने मूलमन्त्र, सम्यकदृष्टि, दुःखकाे हेतु, सुगति दुर्गतिकाे हेतु आदि शिर्षकमा व्याख्या गरिएका छन् ।
बाैद्ध दर्शन र बाैद्ध शिक्षाका बारेमा अध्ययन गर्न चाहनेहरू ।
सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ ।
सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका बुझ्न चाहने व्यक्तिहरूकाे लागी उपयुक्त हुन्छ ।