मदनरत्न मानन्धर

धम्मपद

धम्मपद

482

धम्मको पद वा मार्ग, वाक्य, उपदेशको संग्रहलाई नै धम्मपद भनिन्छ। यसलाई बुद्ध वचन वा बुद्धशिक्षाको रूपमा लिइन्छ। बुद्धले विभिन्न समयमा, विभिन्न स्थानमा, विभिन्न प्रसंगमा र विभिन्न व्यक्तिहरूको सन्दर्भमा दिनुभएका गहकिला, खँदिला र अत्यन्त व्यावहारिक कुराहरू यसमा संग्रहित छन्। यसभित्र व्यावहारिक उदाहरण प्रशस्तै पाइन्छन्, जसलाई साधारण भन्दा साधारण मानिसले पनि सजिलै बुझ्न सक्छन् । बौद्ध साहित्यको सबभन्दा बढी लोकप्रिय ग्रन्थ मानिने यस धम्मपदमा शील, समाधि, प्रज्ञा, निर्वाण आदिको बडो सुन्दर वर्णन पाइन्छ, जसलाई पढी अद्भूत संवेग, धर्मरस, शान्ति, ज्ञान र सांसारिक अनित्यताको अनुभूति गराउँछ ।

मूल पानल, खस नेपालीमा अथग, रोमन पानल र अंग्रजी भावानुवाद सनहतको यस पुस्तक बुद्ध शिक्षाप्रति रुचि राख्ने सम्पूणग विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई उपयोगी हुन सक्छ ।

बौद्ध विश्वास

बौद्ध विश्वास

294

श्रीलंकाका प्रसिद्ध भिक्षु के. श्री. धम्मानन्दद्वारा अंग्रेजीमा लिखित विश्वप्रसिद्ध पुस्तक "व्हाट बुद्धिष्ट्‌स् बिलिभ" वर्तमान समाजमा बुद्धशिक्षालाई सर्वसाधारण माझ बुझाउन अत्यन्त सफल मानिएको पुस्तक यसअघि नेपाली अनुवाद तीनभागमा प्रकाशन भएको थियो । हाल उक्त पुस्तक अप्राप्य भएको हुनाले ती तीनवटैलाई एकै ठाउँमा समेटी सम्पादन गरि प्रकाशन गरिएको छ । यस पुस्तकमा भगवान बुद्ध र बुद्धधर्मको सिद्धान्तहरू के हुन भनेर तीनवटा भागमा ८६वटा बिभिन्न शिर्षकहरूमा प्रष्ट्याइएको छ ।

बुद्ध र बुद्धधर्मको सिद्धान्तहरूका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।

धम्मचक्कप्पवत्तनसुत्तं

धम्मचक्कप्पवत्तनसुत्तं

112

नेपालका सुपुत्र सिद्धार्थ कुमारले आफ्नै मेहेनत र पराक्रमबाट बुद्धत्व ज्ञान लाभ गरी सकल जगतको हित, सुख र कल्याण कामना गरी मैत्री, करुणाले भरीपूर्ण धर्मचक्र सूत्रको उपदेश दिनुभयो । बुद्धको प्रथम उपदेशको रूपमा प्रख्यात समस्त बौद्ध−जगतले अत्यन्त श्रद्धा र आस्थापूर्वक पाठ गर्ने र गराउने यस सूत्रलाई मूल पालि, रोमन पालि, नेपालभाषा, खस नेपाली, अंग्रेजी भावार्थ अलग अलग र सहजपूर्वक पढ्न सक्ने गरी सम्पादन गरीएको छ । यस सुत्रमा दुई वटा अन्तहरूलाई छोडी मध्यम मार्गमा लागे दुःखबाट मुक्त हुन सक्ने कुरा बताउनु भएको छ ।

भगवान बुद्धको प्रथम उपदेश अध्ययन गर्न चाहनेहरू ।

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

अनागारिका ञाणशीला स्मृतिग्रन्थ

176

चिर सम्मानित, मितभाषी, कुशल धर्मप्रेरिका नेपालको थेरवाद बुद्धसासन प्रचार प्रसार र चिरस्थायीको लागि अतुलनिय योगदान पुर्याउन हुने बिदूषी मध्ये एक श्रद्धेय ञाणशीला गुरूमांकाे संक्षिप्त जीवनी सहित भन्ते, गुरूमां, उपासक तथा उपासिकाहरूबाट उहाँकाे गुणानुस्मरण सहितका लेखहरू समावेश गरिएका छन् ।

श्रद्धेय ञाणावती गुरूमांकाे जीवनीका बारे अध्ययन गर्न चाहनेहरू ।

धम्म डिजिटल विवरणमाला – १

धम्म डिजिटल विवरणमाला – १

412

बुद्धधर्मका अनमोल पुस्तकहरुलाई डिजिटलाइज गरी जगेर्ना गर्न र वेवसाइट मार्फत सर्वसाधारणको पहुँचमा पुर्‌याउने उदेश्य लिई Dhamma.digital वेवसाइटमा प्रविष्ट गरीएका पुस्तकहरुको नामावली सहित संक्षिप्त विवरणहरुको सूचिकृत प्रस्तुत गरीएका छन् ।

Dhamma.digital वेवसाइटमा संकलित पुस्तकहरुको विवरणका बारेमा जान्न चाहनेहरू ।

पूजा, परित्राण व चारिका

पूजा, परित्राण व चारिका

65

बुद्ध पुजा, परित्राण पालि र नेपाली अर्थ सहित उल्लेख गरिएकाे साथै बाैद्धदेश भ्रमणका फाेटाेहरू समावेश गरिएका छन्।

बुद्धपुजा, परित्राण र बाैद्ध देश भ्रमणकाे विषयमा जिज्ञासुहरू।

परित्राण

परित्राण

164

बुद्धपुजा बिधि र परित्राणकाे मूल पालि र निदान अर्थ सहित समावेश गरिएका छन् ।

बुद्धपुजा र परित्राण पाठ गर्न चाहने सम्पूर्ण उपासक उपासिकाहरू ।

मानव स्वभाव

मानव स्वभाव

38

यस पुस्तकमा विभिन्न प्रकारका मानव स्वभावहरू कथासहित व्याख्या गरिएकाे छ । मानव स्वभावअन्तर्गत नरक, प्रेतयाेनी, मनुष्ययाेनी, देव, ब्रम्हायाेनीबाट आएका मानिसहरूकाे स्वभावलाइ यसमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।