त्रिपिटक ज्ञान कक्षा

सुत्तनिपात (नेपाली अनुवादसहित)

सुत्तनिपात (नेपाली अनुवादसहित)

398

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको छैठौ‌ ग्रन्थ सुत्तनिपाट हो । यस ग्रन्थमा ५ वटा वर्ग र ७२ सुत्रहरू छन् । तथागतको अमृत उपदेशले मानिसहरूलाई उच्चस्तरमा पुऱ्याउने, परमशान्ति र निर्वाण प्राप्त गर्ने तर्फ लागि परेका एकान्तवासी गृहत्यागीको लागि एक्लै विचरण गरी विमुक्त सुखको अनुभव गर्ने, अवनतिका कारण, भिक्षु र गृहस्थको जीवनचर्याको वर्णित, बुद्ध, धर्म र संघको सत्य-वचनको महिमा र कल्याण, पहिला इच्छा, भोक र जरा तीनवटा राेग थिए भने पशु बधप्रथा ९८वटा राेगको कारण, प्रव्रजित र गृहस्थहरूका कर्तव्यहरूको निर्देश, भगवान् बुद्धको गृहत्यागका कारणहरूको वर्णन, प्रिय र मधुर वचन बोल्नको निमित्त उपदेश, वर्णव्यवस्थाको खण्डन, गाली दिएर दुर्गित प्राप्त गरेको विवरण, प्रतीत्यसमुत्पादधर्मको अनुलोम

भगवान् बुद्धको धर्म, दर्शन तथा इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

त्रिपिटक ज्ञान कक्षा स्मारिका

त्रिपिटक ज्ञान कक्षा स्मारिका

107

बि‍‍ सं २०६१ सालमा बाैद्धग्रन्थ त्रिपिटककाे माध्यमबाट बुद्धशिक्षा अध्यापन गर्नकाे लागि “त्रिपिटक ज्ञानकक्षा” नाम दिई प्रत्येक शनिवार दुई घण्टाकाे अध्यापन गर्ने गरी कक्षा शुरू गरिएकाे थियाे । यसकक्षाकाे प्रथम बर्षकाे ३ बर्ष पूर्णाबधिपश्चात बिद्यार्थीहरूलाई प्रमाणपत्र वितरण समाराेह आयाेजनाकाे उपलक्ष्यमा त्यस कक्षामा सम्मिलत बिद्यार्थीहरूले रचना गरिएका बिभिन्न १७ वटा लेखहरू समावेश गरि याे स्मारिका प्रकाशित गरिएकाे थियाे । यसमा त्रिपिटकमा उल्लेखित लेखहरूलाई बिभिन्न शिर्षक दिएकाे छ । जसमा पूर्ण भिक्षुकाे हिम्मतकाे कथा, शील र प्रज्ञाकाे उपदेश, धर्मचत्रपवर्तन, सुखमय जीवन, शाक्यकुलकाे उत्पत्तिबारेमा आदि विषयका बारेमा उल्लेख गरिएका छन् ।

त्रिपिटकमा उल्लेखित केही बिषयकहरुका बारेमा अध्ययन गर्न चाहानेहरू ।