नगर मण्डप श्रीकीर्ति विहार

थेरी अपदान 

थेरी अपदान 

211

बुद्धवचन त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकायको एक ग्रन्थ हो । भगवान् बुद्धबाट एकदग्ग प्राप्त १३जना सहित ४० जना थेरी/स्थविराहरू- जसको आश्रव क्षय भईसकेका, तीन विधा, चार प्रतिसम्भिदा, आठ विमोक्ष र छ अभिज्ञा प्राप्त बुद्ध शासनलाई पूर्ण गरिसकेका ऋद्धिमति भिक्षुणीहरूको आत्मकथा समेतिएर सम्पादन गरिएका छन् ।

बुद्धकालिन थेरी/स्थविराहरूको बारेमा अध्ययन गर्न चाहनेहरू ।

विमानवत्थु

विमानवत्थु

186

बुद्धवचन तिपिटक अन्तर्गत सुत्तपिटकको खुद्दक निकायको छैठौ ग्रन्थ विमानवत्थुमा पूण्य कर्मबाट प्राप्त भएका विमान र देवभूमिहरूलाई इत्थिविमान र पुरिसविमान गरी दुई भागमा विभाजन गरिएका छन् । यसमा चौरासी देवभूमि मध्ये पचास इत्थिविमान र पैतिस पुरिसविमानका बारेमा ती विमान र देवभूमिहरू के कस्ता पूण्यकर्मको फलबाट प्राप्त भएको भन्नेबारेमा उल्लेख गरीएका छन् ।

भगवान् बुद्धको शिक्षा अनुसार पूण्य कर्मको फलका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

पटाचारा

पटाचारा

115

बुद्धकालिन श्रावस्ती नगरको एक साम्भ्रन्त परिवारमा माया र ममतामा हुर्केकी छोरी आफ्नै घरमा काम गर्ने दाससँग प्रेमको बशमा परि भागेर विवाह गर्छन् । लामो समयपछि गर्भवति अवस्थामा माइत जाने रहरले माइततिर गइरहेको क्रममा जङ्गगलको बाटोमा नवजात शिशुको जन्म हुन्छ भने श्रीमानलाई सर्पले टोकेर मृत्यु हुन्छ । त्यसपछि आफ्ना दुई बच्चाहरु मध्ये एउटा बच्चालाई खोला पार गर्ने क्रममा बगाउँछ भने अर्को नवजात शिशुलाई चीलले मासुको डल्लो सम्झेर आहारा बनाउँछ । यसरी परिवारको बिछोडको पीडामा छट्पटिएर फर्कने क्रममा माइतमा पनि आमा-बुबा र भाई समेत प्रकृतिक दुर्घटनामा परि मृत्यु भएको समाचारले मानसिक सन्तुलन गुमाउन पुग्छिन । यही प्रेम द्वन्द अनि वियोगका मार्मिक घट्नाहरूका

पटाचाराको जीवनलाई पद्यमय नाटकको रुपमा पढ्न चाहनेहरू ।

ध्यान

ध्यान

127

विभिन्न प्रकारका ध्यानका विषयमा जानकारी

ध्यानमा रूचि हुनेहरू