स्वदेशी विदेशी धर्मप्रेमी शासनानुयायी श्रद्धालुहरू

महाेसध महाजातक सचित्र

महाेसध महाजातक सचित्र

224

बाेधिसत्वकाे प्रज्ञापारमिताकाे यस जातक कथालाई पालिमा महाउम्मग्ग जातक भनिन्छ । यस जातककथामा गम्भीर-प्रज्ञा, प्रमुदित-प्रज्ञा, तत्क्षण-प्रज्ञा, तीक्ष्ण-प्रज्ञा, दुष्कर-प्रज्ञा, निर्वेद-प्रज्ञा, पराेपवाद मर्दन-प्रज्ञा, महाप्रज्ञाका बारेमा उल्लेख गरिएका छन् । यसकाे साथै बाैद्धप्रज्ञाका अर्थ, आर्थिक, सांस्कृतिक र राजनैतिक, प्रज्ञा शून्यताका बारेमा पनि प्रष्ट पारिएका छन् । बाैद्धकाे प्रज्ञापक्ष कतिकाे बहुजन हितवादी र बहुजन सुखवादी हुन्छ साथै न्याय, करुणा, सेवा, पवित्रता अनि अनुशासनयुक्त हुन्छ भने अबाैद्ध प्रज्ञा कतिकाे इर्ष्या, द्वेष, स्वस्वार्थ, कुनियत र तृष्णाले ग्रसित हुन्छ भनि दर्शाइएकाे छ । बाेधिसत्व कुमारले आफ्नाे जीवनमा घटेका बिभिन्न खालका बिषम परिस्थिति वा समस्याहरूलाई कसरी तार्किक एवं बुद्धिमत्तापूर्ण रूपमा सामना गरे र पछि राजा भए भनी बिस्तृत रूपमा

बाेधिसत्वकाे जातककथा अध्ययन तथा प्रज्ञापारमिताका बारेमा अध्ययन गर्न चाहनेहरू ।

महान सल्लेख सूत्राेपदेश निगूगु द्या

महान सल्लेख सूत्राेपदेश निगूगु द्या

पूज्यपाद महाशी सयादाेद्वारा मानिसहरूकाे मन बचन अनि कर्मबाट हुने ४४ प्रकारका अकुशल कर्महरूकाे बारेमा सुक्ष्म रूपमा केलाएर ती अकुशलहरूबाट टाढा हुने, अनि त्यसलाई जरैदेखि उखेलेर फाल्नसक्ने मार्ग प्रदर्शन गर्नुभएकाे छ । साथै वहाँले दिनुभएकाे १२वटा प्रवचन मध्ये पहिलाे भागमा छ वटा प्रवचनमा दशवटा अकुशलकाे बारेमा बताउनु भएकाे छ भने बाँकी छ वटा प्रवचनमा चाैंतिसवटा अकुशलका बारेमा उल्लेख गरिएका छन् ।

मानिसहरूद्वारा हुनसक्ने अकुशल कर्महरूकाे बारेमा बुझेर ती अकुशल कर्महरूबाट मुक्त हुन ध्यान भावनामा मन एकाग्र हुन इच्छुक धर्मप्रेमीहरू ।