बौद्ध साहित्यमा अति महत्त्वपूर्ण ग्रन्थ “धम्मपद” को अर्थकथा पुष्प वर्ग, बाल वर्ग र पण्डित वर्ग तीनवटा वर्गलाई संयुक्त रूपमा समावेश गरी प्रस्तुत गरेका छन् ।
धम्मपद अर्थकथाका बारेमा अध्ययन गर्न चाहनेहरू ।
अग्ग महापण्डित पूज्य महास्थविर डा. लेडी सयादाेकाे संक्षिप्त जीवनीका साथै आधुनिक युगमा विपस्सनाकाे उपयाेग र महत्त्वका बारेमा बिस्तृत रुपले उल्लेख गरीएकाे छ । बाैद्ध दर्शनकाे परमार्थ दर्शनबारे विशेष रुपले सूत्र सूची मनाेबिज्ञान सार एवं परमार्थ प्रज्ञाकाे सार संग्रह ज्ञानबारे व्याख्या गरि प्रस्तुत गरिएका छन् ।
बुद्धशिक्षा अन्तर्गत परमार्थ ज्ञानका बारेमा अध्ययन र अभ्यास गर्न चाहनेहरू ।
बाेधिसत्वकाे प्रज्ञापारमिताकाे यस जातक कथालाई पालिमा महाउम्मग्ग जातक भनिन्छ । यस जातककथामा गम्भीर-प्रज्ञा, प्रमुदित-प्रज्ञा, तत्क्षण-प्रज्ञा, तीक्ष्ण-प्रज्ञा, दुष्कर-प्रज्ञा, निर्वेद-प्रज्ञा, पराेपवाद मर्दन-प्रज्ञा, महाप्रज्ञाका बारेमा उल्लेख गरिएका छन् । यसकाे साथै बाैद्धप्रज्ञाका अर्थ, आर्थिक, सांस्कृतिक र राजनैतिक, प्रज्ञा शून्यताका बारेमा पनि प्रष्ट पारिएका छन् । बाैद्धकाे प्रज्ञापक्ष कतिकाे बहुजन हितवादी र बहुजन सुखवादी हुन्छ साथै न्याय, करुणा, सेवा, पवित्रता अनि अनुशासनयुक्त हुन्छ भने अबाैद्ध प्रज्ञा कतिकाे इर्ष्या, द्वेष, स्वस्वार्थ, कुनियत र तृष्णाले ग्रसित हुन्छ भनि दर्शाइएकाे छ । बाेधिसत्व कुमारले आफ्नाे जीवनमा घटेका बिभिन्न खालका बिषम परिस्थिति वा समस्याहरूलाई कसरी तार्किक एवं बुद्धिमत्तापूर्ण रूपमा सामना गरे र पछि राजा भए भनी बिस्तृत रूपमा
बाेधिसत्वकाे जातककथा अध्ययन तथा प्रज्ञापारमिताका बारेमा अध्ययन गर्न चाहनेहरू ।
बाैद्धागम चक्रवर्ती लंकाका प्रसिद्ध राजा पराक्रम बाहुकाे समयमा संघराज श्री राहुलका शिष्य भई प्रवजित भई सकेपछी बुद्ध भगवानकाे गुणकाे विशेषता, बाैद्ध धर्मकाे रहस्य र काव्य शास्त्रकाे चमत्कार पनि प्रस्तुत गरिएकाे यस पुस्तक संस्कृत बाैद्ध साहित्य महापण्डित रामचन्द्र भारतीले लेख्नु भएकाेलाई संस्कृत भाषालाई संस्कृत भाषा र नेपाल भाषामा अर्थ सहित प्रस्तुत गरीएकाे छ ।
भगवान बुद्धकाे गुणकाे विशेषाता बाैद्ध धर्मकाे रहस्यका बारेमा अध्ययन गर्न चाहनेहरु ।