भगवान बुद्धले ४५ बर्षसम्म देशना गर्नु भएका बुद्ध वचन तिपिटक अन्तर्गत सुत्तपिटक खुद्दकनिकायको पन्ध्रवटा ग्रन्थ मध्ये एक हो । यस पुस्तकमा सानो सानो सुत्रहरू संग्रह गरि राखेकोलाई खुद्दकनिकाय भने पनि लामो लामो सुत्रहरु पनि संग्रहित छन् । एक एक जना श्रावक भन्ते प्रमुख शिष्यहरूलाई पछिसम्म रक्षा हुने गरि पिटक जिम्मा लिई शिष्य परम्परा दिएको भए पनि खुद्दक निकाय भने सबै मिलेर रक्षा गरि राखेकोले यो ग्रन्थ अझ महत्व देखिन्छ ।
भिक्षु धर्ममूर्ति

प्रतीत्यसमुत्पाद
बुद्धधर्म र बौद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारेमा श्रीलंकाका विद्वान भिक्षु रेनुकाने चन्दविमल महास्थविरबाट लिखित पुस्तककाे नेपाली भाषामा भाषानुवाद गरिएकाे हाे । यसमा प्रतीत्यसमुत्पानकाे अर्थ, प्रतीत्यसमुत्पाद थाहा नपाउँदा हुने दाेष, प्रतीत्यसमुत्पाद थाहा पाउँनाकाे अनिशंस, प्रतीत्यसमुत्पादका चक्रमा एक पछि अर्काेकाे उत्पत्तिका बारेमा, पुनर्जन्म हुने तरीकाका साथै नेपाली समाजमा भईरहेका घटनाहरूलाई उदाहरणकाे रूपमा प्रस्तुत गरिएकाे र सर्वप्रथम पञ्चस्कन्धका पाँच वटै स्कन्धहरूका बारेमा पनि उल्लेख गरीएका छन् ।
बुद्धधर्म र बाैद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारे अध्ययन गर्न चाहनेहरू ।