भिक्षु ज्ञानपूर्णिक (धम्माचरिय)

बुद्ध र बुद्धवाद (प्रथम भाग)

बुद्ध र बुद्धवाद (प्रथम भाग)

441

यस पुस्तकमा बुद्ध प्रादुर्भाव हुनुभन्दा अघिका भारतीय सिद्धान्तहरू, पश्चिमी राष्ट्रका पालि प्रज्ञाविद्हरू अन्वेषक प्रज्ञाविद्हरूका लेखाईहरूलाई आधार लिई बुद्धवादीहरूले जान्नु बुझ्नु पर्ने उचित तथ्यहरू – भवसंसार, पालिपिटक आत्मा-अनात्म, परलोक, मृत्यु, रूपवाद, जैनसिद्धान्त, उपनिषद र विज्ञानवाद आदि बिषयमा पश्चिमी विद्वानहरूको दृष्टिकोण समावेश गरीएका छन् ।

बुद्ध र बुद्धबादमा पश्चिमेली विद्वानहरूको बिचार विमर्शका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जीवन या समस्या

जीवन या समस्या

121

बर्माका बिश्व बिख्यात षष्ठ संगायनका प्रश्नकर्ता अग्गमहापण्डित महोपकारक महाशी सयादोले बर्माका सुबिख्यात बैज्ञानिक परिपेक्षद्वारा धर्मलाई बुझ्न चाहने एक बिद्वान डाक्टरीले जन्म / पूर्नजन्म कर्मफल कर्म विपाकको विषयमा राखेको जिज्ञासालाई परलोक गर्भ प्रतिष्ठा गर्भ बृद्धि प्राण पूर्न जन्म आदि देखि पञ्चशीलका विभिन्न पक्षहरू समेतिएर दिनुभएको उत्तरलाई अनुवाद गरी पुस्तकको रुपमा प्रस्तुत गरिएको छ ।

बुद्ध शिक्षालाई बैज्ञानिक दङ्गबाट बुझ्न र अध्ययन गर्न चाहनेहरू ।

गार्हस्थ प्रतिपत्ति उपदेश

गार्हस्थ प्रतिपत्ति उपदेश

142

बर्माका विश्व प्रसिद्ध विपश्यना ध्यान केद्र महाशी सासना यैता रंगूनका धर्मकथिक नायक कर्मस्थानाचार्य सयादाे प्युदजा आयुष्मान ऊ सुन्दरले बालक देखि सम्पूर्ण वयस्क बृद्ध सभ्य सुसंस्कृत धर्मप्रेमी मध्येनजर गरी सजिलाे र सरल भाषामा लेखिएकाे पुस्तकलाई अनुवाद गरीएकाे हाे । यसमा मुल आधारभूत उपदेश तथागत सम्यक्‌सम्बुद्धले (दीघ निकाय पार्थिक वग्ग, सिंगालक सुत्त वण्णनामा उल्लेख भएका) देशना गरिराख्नु भएकाे हाे । राजगृहका एक गृहपति महाजनका छाेरा सिंगाललाई भगवान बुद्ध स्वयले देसना गर्नु भएकाे हाे । जुन सम्पूर्ण धर्मप्रेमीहरूले आफ्नाे व्यावहारीक जीवनमा गर्नु पर्ने कर्तव्यका बारेमा उल्लेखित गरिएकाे छ ।

सम्पूर्ण धर्मप्रेमी शान्त जीवन जीउन चाहानेहरू ।

साँचाे प्रेम गर (?)

साँचाे प्रेम गर (?)

111

महागन्धाराम सयादाे आयुष्मान् जनकाभिवंश महास्थविरद्वारा उपदेशित बुद्ध शासनिक अनुशासनबाट आंशिक उपदेशकाे आधारमा तयार गरिएकाे यस पुस्तकमा मानव जीवनमा जीवनयापनकाे क्रममा घर परिवार, इष्ट मित्र, घर छिमेक, समाजलाई गर्नु पर्ने कर्तव्यका साथै सद्-व्यवहार, प्रेम अपरिहार्य आवश्यक कुरा हाे । यति हुंदा हुदै पनि वास्तविक प्रेम आफूले आफैलाई गर्नुपर्दछ । क्षणिक सुख सुविधा र परिवारकाे भविष्यलाई हेरेर अकुशल कर्ममा लाग्नु आफूलाई साँचाे प्रेम गरेकाे ठहरिदैन । धन सम्पत्ति जीवन अनि परिवार भनेकाे लुट्ने, हराउने र क्षय हुन सक्ने सम्पत्ति हाे । याे जीवन अनि परलाेक पछिकाे जीवनलाई पनि सुधारकाे लागि भावनामा शुद्ध चित्तले लाग्नु र कुशल कर्म प्रतिपादन गर्नाले नै क्षय नहुने

सच्चारुपमा आफूलाई माया गर्न चाहनेहरू ।

तथागतया अमूल्य उपदेश

तथागतया अमूल्य उपदेश

136

भगवान बुद्धकाे उपदेशहरू धर्मचक्र सूत्र देशना, अनात्म लक्षण सूत्र देशना र महास्मृति प्रस्थान सूत्रपदेशकाे निदान सहित बिबिध शिर्षक दिइ ब्याख्या गरि उल्लेख गरिएका छन् ।

भगवान बुद्धकाे उपदेशहरु अध्ययन गर्न चाहनेहरू ।