ऊ.सुन्दर महाशी धर्मकायिक कर्मस्थानाचार्य नायक सयादोले विपश्यना ज्ञान अवबोध गर्नका लागि गम्भिर बुद्ध वचनलाई समेटिएर सबै प्रकारका मानिसहरुले बुझ्न सकिने गरी लेखिएको पुस्तकलाई भाषा अनुवाद गरीएको छ ।
विपश्यना भावना अभ्यास गर्न चाहने योगीहरू ।
ऊ.सुन्दर महाशी धर्मकायिक कर्मस्थानाचार्य नायक सयादोले विपश्यना ज्ञान अवबोध गर्नका लागि गम्भिर बुद्ध वचनलाई समेटिएर सबै प्रकारका मानिसहरुले बुझ्न सकिने गरी लेखिएको पुस्तकलाई भाषा अनुवाद गरीएको छ ।
विपश्यना भावना अभ्यास गर्न चाहने योगीहरू ।
महावग्ग संयुत्त पालि “साेतापत्ति संयुत्त” दुतिय सारिपुत्त सुत्तलाई आधार लिएर श्राेतापन्न हुने कारण धर्म, श्राेतकाे अभिप्राय र श्राेतापन्नकाे अभिप्रायलाई त्रिरत्न वन्दना, गुरू वन्दनाबाट प्रारम्भ गरी आठ मार्ग, बुद्धिमती विशाखा, धर्म श्रवण, श्राेतापन्न, श्राेतापन्नकाे महत्व आदि विषय वस्तुहरूमा समेतिएर उल्लेख गरिएका छन् ।
धर्मप्रेमी सबै व्यत्तिहरू ।
सुप्रसिद्ध विपश्यना ध्यानगुरू बर्माका महाशी सयादाे ज्यूले याेगी साधकहरूलाई ध्यान शुरू गर्ने बेलामा दिनुभएकाे निर्देशन देशनाकाे आधारमा सतिपट्ठान विपश्यना भावना कसरी भावना गर्ने भन्ने अभ्यास विधिहरू समावेश गरिएकाे छ ।
सतिपट्ठान विपश्यना भावना सम्बन्धि जानाकारी हासिल गर्न चाहनेहरू ।
यस पुस्तक उपदेशहरूकाे संगालाेकाे रूपमा रहेकाे छ। यसमा तृष्णाले गर्दा नै फेरि फेरि जन्म लिनु पर्ने, पूर्वजन्म र वर्तमानमा भएकाे घट्ना, कर्म र फलका कुराहरू आदि विविध विषयवस्तुहरूलाइ कथा संग जाेडेर प्रस्तुत गरिएकाे छ ।
सबै धर्मप्रेमिहरू।
बुद्धधर्मकाे बिषयलाई पुनर्रचना गरेर मूलभूत बुद्धसंघकाे विषय र बुद्धकाे महापरिनिर्वाण भइसकेपछिकाे अवस्थामा भारतीय बुद्धवादी लाेकभित्र बुद्धलाई शरणलिनु र त्यसका हिन्दूवाद प्रवेशगरी बुद्धवाद कमजाेर र विनाशलाई भारतबाट लाेप भएर गएकाे घटनाहरू बिभिन्न खण्डमा बिभाजन गरी प्रस्तुत गरिएकाे छ । जसमा कर्मशक्ति र कर्मवाद, शीलचरण, विपश्यना, निर्वाण, बुद्धवाद र देव ब्रह्माहरु, भारतमा बुद्धवाद लाेपहुनु आदी शिर्षकहरू समावेश गरी उल्लेख गरिएका छन् ।
बुद्धवाद र बर्तमानयुगका अन्यवादहरुका बारेमा अध्ययन गर्न चाहनेहरू ।
महान ध्यान गुरू महाशी सयादाेद्वारा बिभिन्न समयमा दिनु भएकाे धर्मचक्रपर्वतन सुत्र विपस्सनामा आधारित बिभिन्न पूर्वजन्मका कथाहरू र तृष्णाहरुकाे गहन व्याख्याहरु समावेश गरिएका छन् ।
विपश्यना ध्यान भावना गर्ने र गर्न चाहनेहरू ।
त्रिपिटक अन्तर्गतकाे सुत्तिपटक अर्न्तगत खुद्दकनिकायकाे १२औं ग्रन्थ हाे । याे ग्रन्थमा तीनवटा (महावर्ग, युगनद्धवर्ग र प्रज्ञावर्ग) भागमा बिभाजन गरिएकाे र प्रत्येक वर्गमा बुद्धधर्मकाे अति गम्भिर रूपमा छुट्टा छुट्टै विश्लेशणबाट प्राप्त हुने ज्ञानकाे बारेमा प्रस्तुत गरिएका छन् ।
खुद्दक निकायकाे १२औं ग्रन्थकाे बारेमा बिश्लेषानात्मक रूपमा अध्ययन र अध्यापन गर्नेहरू ।
अग्गमहापण्डित महास्थविर महासी सयादाेले बर्मी भाषामा लेख्नुभएकाे महास्मृतिप्रस्थान सूत्रलाई नेपाल भाषामा अनुवाद गरिएकाे छ । यस महास्मृतिप्रस्थान सूत्रकाे पालि, शब्दार्थ र अभिप्राय, सूत्रकाे निदान, सूत्रकाे निदानकाे अर्थ, कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना, धम्मानुपस्सना, आनिशंस कथा, निगमन कथा सबै बिषयकाे शब्दार्थ, अभिप्राय, ब्याकरणकाे बिश्लेषण सहित अर्थ स्पष्ट गरि प्रस्तुत गरिएकाे छ।
धर्मप्रेमी, स्मृतिप्रस्थान विपस्सना भावनाका अभ्यासी साधकसाधिकाहरू ।
भगवान बुद्धले बुद्धत्व प्राप्तिपछि पञ्चभद्रवर्गीय भिक्षुहरूलाई धर्मचक्र प्रवर्तन गर्नुभई पाँचैजना भिक्षुहरूले भगवानकाे रेखदेख र निर्देशनमा धर्मचक्षु अवबाेध गर्नु भएकाे पाँचाै दिनमा महान अनात्मलक्षण सूत्र देशना गर्नुभएकाे हाे । याे देशनाबाट पाँचैजना भिक्षुहरूले अरहत्त्व लाभ गरि अरहत् मार्ग प्राप्त गर्नुभएकाे थियाे । यसै धर्मलाई अग्गमहापण्डित महाेपकारक महाशी सयादाे महास्थविरले बर्मी भाषामा लेख्नु भएकाे पुस्तकलाई अनुवाद गरि प्रस्तुत गरिएकाे हाे ।
धर्मप्रेमी, स्मृतिप्रस्थान विपस्सना भावनाका अभ्यासी साधकसाधिकाहरू ।
अग्गमहापण्डित महाेपकारक महाशी सयादाे महास्थविरले बिभिन्न समयमा दिनु भएका धर्मदेशनाहरूलाई अनुवाद गरी प्रस्तुत गरिएकाे यस पुस्तकमा सत्वप्राणीहरूलाई पाँच प्रकारका कामगुण अन्धकारबाट टाढा रहनकाे लागि प्रेरणामूलक उपदेशहरू उपमा सहित उल्लेख गरि प्रस्तुत गरिएका छन् ।
ध्यान भावना प्रति जिज्ञासु सम्पूर्ण व्यक्तिहरू ।
पूज्यपाद महाशी सयादाेद्वारा मानिसहरूकाे मन बचन अनि कर्मबाट हुने ४४ प्रकारका अकुशल कर्महरूकाे बारेमा सुक्ष्म रूपमा केलाएर ती अकुशलहरूबाट टाढा हुने, अनि त्यसलाई जरैदेखि उखेलेर फाल्नसक्ने मार्ग प्रदर्शन गर्नुभएकाे छ । साथै वहाँले दिनुभएकाे १२वटा प्रवचन मध्ये पहिलाे भागमा छ वटा प्रवचनमा दशवटा अकुशलकाे बारेमा बताउनु भएकाे छ भने बाँकी छ वटा प्रवचनमा चाैंतिसवटा अकुशलका बारेमा उल्लेख गरिएका छन् ।
मानिसहरूद्वारा हुनसक्ने अकुशल कर्महरूकाे बारेमा बुझेर ती अकुशल कर्महरूबाट मुक्त हुन ध्यान भावनामा मन एकाग्र हुन इच्छुक धर्मप्रेमीहरू ।
मानव जीवनमा शारीरिक बल, रोग, ब्याधि, धन, सम्पत्ति, उमेरको रंग, याैवन चिरकालसम्म सधैँको लागि यथावत रहिरहने चीज होइन् भनी यस अनित्यतालाई बुझी धर्म, कर्म अनि ध्यान-भावना समयमा नै गर्नुपर्छ भन्ने बुझेर स्मृतिपूर्वक ध्यान-भावना गर्नुपर्छ भनी ध्यान-भावना गर्ने तरीका बुझाईएको छ ।
ध्यान-भावना गर्न इच्छुक ध्यान साधक साधिकाहरू ।
धुवा आउनु आगाेकाे संकेत हाे, तर किन, कसरी र कस्ताे भन्ने विषयमा भद्दन्त उ.साेभन, महासी सयादाेले दिनुभएकाे धर्म उपदेशकाे नेपाल भाषामा अनुवाद
शिक्षा अध्ययन गर्न इच्छुक व्यक्ति, विपस्सना साधकहरू
शरीर, वचन लाई संयमित गर्नको लागि पञ्चशीलको महत्व छ । शील विना समाधि प्राप्त हुदैन ।
पञ्चशीलको महत्वको बारे अध्ययन गर्न इच्छुक सम्पुर्णलाई ।
यो पुस्तकमा भिक्षु भिक्षुणीहरूकाे प्रातिमाेक्ष नियम सम्बन्धी चर्चा गरिएकाे छ ।
भिक्षु भिक्षुणीहरूकाे नियमबारे जान्ने इच्छुकहरूकाे लागी
यस पुस्तकमा चित्तकाे बारेमा चर्चा गरिएकाे छ ।
बुद्ध धर्मकाे अध्यन गरिएका विद्यार्थी वर्गहरूलाइ आवश्यक छ ।