धर्मरत्न शाक्य “त्रिशुली”

सुत्तनिपात

सुत्तनिपात

316

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको छैठौ‌ ग्रन्थ सुत्तनिपात हो । यस ग्रन्थमा ५ वटा वर्ग र ७२ सुत्रहरू छन् । तथागतको अमृत उपदेशले मानिसहरूलाई उच्चस्तरमा पुऱ्याउने, परमशान्ति र निर्वाण प्राप्त गर्ने तर्फ लागि परेका एकान्तवासी गृहत्यागीको लागि एक्लै विचरण गरी विमुक्त सुखको अनुभव गर्ने, अवनतिका कारण, भिक्षु र गृहस्थको जीवनचर्याको वर्णित, बुद्ध, धर्म र संघको सत्य-वचनको महिमा र कल्याण, पहिला इच्छा, भोक र जरा तीनवटा राेग थिए भने पशु बधप्रथा ९८वटा राेगको कारण, प्रव्रजित र गृहस्थहरूका कर्तव्यहरूको निर्देश, भगवान् बुद्धको गृहत्यागका कारणहरूको वर्णन, प्रिय र मधुर वचन बोल्नको निमित्त उपदेश, वर्णव्यवस्थाको खण्डन, गाली दिएर दुर्गित प्राप्त गरेको विवरण, प्रतीत्यसमुत्पादधर्मको अनुलोम

भगवान् बुद्धको धर्म, दर्शन तथा इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

विमानवत्थु

विमानवत्थु

186

बुद्धवचन तिपिटक अन्तर्गत सुत्तपिटकको खुद्दक निकायको छैठौ ग्रन्थ विमानवत्थुमा पूण्य कर्मबाट प्राप्त भएका विमान र देवभूमिहरूलाई इत्थिविमान र पुरिसविमान गरी दुई भागमा विभाजन गरिएका छन् । यसमा चौरासी देवभूमि मध्ये पचास इत्थिविमान र पैतिस पुरिसविमानका बारेमा ती विमान र देवभूमिहरू के कस्ता पूण्यकर्मको फलबाट प्राप्त भएको भन्नेबारेमा उल्लेख गरीएका छन् ।

भगवान् बुद्धको शिक्षा अनुसार पूण्य कर्मको फलका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

258

भगवान् बुद्धले साताैं बर्षावासको समयमा श्रावस्ती नगरको कण्डम्ब बृक्षमूलमा तीर्थंकर दमनार्थ यमक प्रातिहार्य प्रदर्शनपछि तीन पाइला चालेर तावतिंस देवलोकमा देवब्रह्माहरुलाई बर्षाबास तीन महिनासम्म लगातार निरन्तरता दिइ देशना गर्नु भएको गम्भिराती गम्भिर मनोबैज्ञानिक धर्मको बिश्लेशण र विवेचना गरीराखेको धर्मस्कन्धको संगालो त्रिपिटकको तेस्रो पिटक अभिधर्म हो । यसमा चित्त, चैतसिक, रुप र निर्वाणका बिषयलाई नौ वटा काण्डमा विभाजन गरी परमार्थ धर्म, प्रज्ञप्ति धर्म, नामरुप धर्म, समुच्चय धर्म, ध्यानकाे कर्मस्थान, बोधिपक्षिय धर्म, प्रतित्यसमुत्पाद आदि बिषयमा बिस्तृत रुपमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धको मनोबैज्ञानिक धर्मलाई बिस्तृत रुपमा अध्ययन गर्न चाहनेहरू ।

वेस्सन्तर जातक

वेस्सन्तर जातक

126

बाैद्ध साहित्यकाे मूलपालि त्रिपिटककाे खुद्दक निकाय अन्तर्गतकाे वेसन्तर जातक उल्लेख गरिएकाे छ । सर्वार्थसिद्ध भगवान बुद्ध हुनु भन्दा अगाडि बाेधिसत्त्वकाे अनेक जन्महरू मध्ये एक जन्म वेसन्तर राजकुमार हुँदाकाे जीवनीका बारेमा भएका अनेक कार्यहरूलाई दानकाण्ड, जूजुक काण्ड, क्षत्रिय काण्ड गरी तीन भागमा विभाजन गरी प्रस्तुत गरिएकाे छ ।

वेसन्तर जातक अध्ययन गर्न चाहनेहरू ।

अङ्गुत्तरनिकाय प्रथम भाग

अङ्गुत्तरनिकाय प्रथम भाग

682

भगवान बुद्धले ४५ बर्षसम्म देशना गर्नु भएका ८४००० धर्मस्कन्धहरुकाे संग्रह त्रिपिटककाे सूत्र पिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय हाे । यस निकायमा एक देखि एघार निपातसम्म संख्याकाे हिसाबले धर्मदेशनालाई बिभाजन गरिएका छन् भने यसमा एकक निपात देखि तिकनिपात सम्मकाे मात्र सुत्त-सारका साथै पालि र त्यसकाे नेपाल भाषामा अर्थ समेत उल्लेख गरेका छन् ।

अङ्गुत्तर निकायकाे बारेमा पालि र त्यसकाे अर्थ नेपाल भाषामा अध्ययन गर्न चाहनेहरू ।

अभिधम्मत्थसङ्गहाे

अभिधम्मत्थसङ्गहाे

अभिधर्मकाे चित्तकाण्ड, चैतसिक काण्ड, प्रकीर्ण काण्ड, वीथि काण्ड आदि विषयमा पालि र नेपाली अर्थसहित उल्लेख गरिएका छन् ।

अभिधर्म अध्ययन गर्न चाहनेहरू।

परित्राण मूल पालि तथा नेपाली अनुवाद शब्दार्थ सहित

परित्राण मूल पालि तथा नेपाली अनुवाद शब्दार्थ सहित

171

मूल पालि भाषाकाे परित्राण सूत्रहरुलाई नेपालीमा शब्दार्थ सहित अनुवाद गरि सूत्रहरुकाे निदान पनि उल्लेख गरिएकाे ।

सम्पूर्ण ब्यक्तीहरु ।

विश्वमा बुद्धधर्म

विश्वमा बुद्धधर्म

264

बुद्धधर्मकाे विश्व इतिहास अर्थात नेपाल लगायत २६ बिभिन्न देशहरुमा बुद्धधर्म कसरी बिस्तार र विकास भयाे भन्ने बिषयमा उल्लेख गरिएकाे छ ।

विश्वमा बुद्धधर्मकाे इतिहासक बारेमा अध्ययन गर्न इच्छुकहरु ।

त्रिरत्न वन्दना व परित्राण

त्रिरत्न वन्दना व परित्राण

130

त्रिरत्न् वन्दना र परित्राण यस पुस्तकमा शील प्राथना विधिसहित त्रिरत्न वन्दना र परित्राणहरू समावेश गरिएकाे छ ।

बुद्ध पुजा र परित्राण गर्न चाहने उपासक उपासिकाहरूकाे लागी उपयागी ।