मदनरत्न मानन्धर

धम्मचक्कप्पवत्तनसुत्तं

धम्मचक्कप्पवत्तनसुत्तं

112

नेपालका सुपुत्र सिद्धार्थ कुमारले आफ्नै मेहेनत र पराक्रमबाट बुद्धत्व ज्ञान लाभ गरी सकल जगतको हित, सुख र कल्याण कामना गरी मैत्री, करुणाले भरीपूर्ण धर्मचक्र सूत्रको उपदेश दिनुभयो । बुद्धको प्रथम उपदेशको रूपमा प्रख्यात समस्त बौद्ध−जगतले अत्यन्त श्रद्धा र आस्थापूर्वक पाठ गर्ने र गराउने यस सूत्रलाई मूल पालि, रोमन पालि, नेपालभाषा, खस नेपाली, अंग्रेजी भावार्थ अलग अलग र सहजपूर्वक पढ्न सक्ने गरी सम्पादन गरीएको छ । यस सुत्रमा दुई वटा अन्तहरूलाई छोडी मध्यम मार्गमा लागे दुःखबाट मुक्त हुन सक्ने कुरा बताउनु भएको छ ।

भगवान बुद्धको प्रथम उपदेश अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध विश्वास (तृतिय भाग)

बाैद्ध विश्वास (तृतिय भाग)

294

भिक्षु के श्री धम्मानन्दज्यूकाे सारगर्भित एवं तथ्यमा आधारित प्रवचन तथा प्रश्नकाे उत्तर “What Buddhists Believe” पुस्तकमा आधारित बुद्ध र वहाँकाे शिक्षाकाे व्यवहारिकता, आवश्यकता र वैज्ञानिकताकाे साथमा परम्परागत कुराहरूलाई पनि समावेश गरि प्रस्तुत गरिएका छन्

बुद्ध र उहाँकाे शिक्षाबारे व्यवहारिक र बैज्ञानिकताकाे आधारमा अध्ययन गर्न चाहनेहरू ।

पूजा, परित्राण व चारिका

पूजा, परित्राण व चारिका

65

बुद्ध पुजा, परित्राण पालि र नेपाली अर्थ सहित उल्लेख गरिएकाे साथै बाैद्धदेश भ्रमणका फाेटाेहरू समावेश गरिएका छन्।

बुद्धपुजा, परित्राण र बाैद्ध देश भ्रमणकाे विषयमा जिज्ञासुहरू।

मानव स्वभाव

मानव स्वभाव

44

मानव जातिकाे स्वभाव उसकाे पूर्वजन्मकाे गति (६ वटा गति; नर्क, प्रेत, पशुपंक्षी, मनुष्य, देव र ब्रह्मलाेक) काे स्वभाव अनुसार देखिन्छ । त्यस्ता स्वभावलाई आ आफैले जानीकन नराम्राे भए हताउने तर्फ हाेस राखी अभ्यास गर्न सकिन्छ भनि ती स्वभावहरुका बारेमा चित्रणा गरिएका छन् ।

मानव स्वभाव जान्न चाहनेहरू ।

महानारद जातक

महानारद जातक

पालि त्रिपिटक अनुसार जातक कथा ५४७ वटा मध्ये ५४४ औं जातक याे जातक कथा आउँछ । भदन्त आनन्द काैसल्यायनकाे पुस्तकलाई अनुवाद गरिएकाे हाे । बुबाप्रति छाेरीकाे करूणा, स्नेह, कर्तव्य, मिथ्यादृष्टि भइरहेका राजाप्रति बाेधिसत्त्वकाे करूणा र प्रज्ञा ज्ञान र उपदेशलाई आदर्शका रूपमा लिएर पूर्वजन्म र पुनर्जन्मका घट्नाक्रम सहित प्रस्तुत गरिएका छन् ।

नारद जातक अध्ययन गर्न चाहनेहरू।

मानव स्वभाव

मानव स्वभाव

38

यस पुस्तकमा विभिन्न प्रकारका मानव स्वभावहरू कथासहित व्याख्या गरिएकाे छ । मानव स्वभावअन्तर्गत नरक, प्रेतयाेनी, मनुष्ययाेनी, देव, ब्रम्हायाेनीबाट आएका मानिसहरूकाे स्वभावलाइ यसमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।