नानीमैयाँ मानन्धर

धर्म-ज्योति

धर्म-ज्योति

ध्यान गुरु श्री सत्यनारायण गोयन्काले‚ भगवान बुद्धको दुःखबाट मुक्त हुने मार्ग वा उपदेशलाई बौद्धिक दृष्टिकोणले मात्रै नभई आध्यात्मिक दृष्टिकोणले पनि रोचक शैलीमा जीवनको यथार्थलाई सम्झाउने उदेश्यले स्वभाव र धर्मलाई स्वयम् अनुभूतिद्वारा साधकहरूलाई यथार्थ ज्ञान अवबोध गराउने हेतुले विपश्यना ध्यान शिविरहरूमा दिनु भएका प्रवचनहरूको केहि अंश संकलन गरी तयार पारेको पुस्तक "धर्म-ज्योति" नामको नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएको हो ।

भगवान बुद्धका उपदेशहरूलाई बौद्धिक र आध्यात्मिक दृष्टिकोणले अध्ययन गर्न चाहनेहरू ।

प्रवचन प्रवाह

प्रवचन प्रवाह

ध्यानगुरू सत्यनारायण गोयन्काले दश दिवशिय ध्यान भावना शिविरमा दैनिक दिनु भएका प्रवचनहरुको संगालो हो । यसमा शील‚ समाधि‚ प्रज्ञा अर्थात आर्यअष्टाङ्गिंक मार्गलाई मार्ग दर्शनका रूपमा अवल्मबन गरी जीवनलाई सार्थक बनाउने विपश्यना ध्यान भावनाको बारेमा उल्लेख गरिएका छन् ।

विपश्यना भावनाको बारेमा जान्न चाहनेहरू ।

बोधिपक्खिय दीपनी

बोधिपक्खिय दीपनी

भगवान बुद्धको मूल सिद्धान्त सैंतीस बोधिपक्खिय धर्मको सार अंशको रुपमा व्याख्या गरीएका अनेक दीपनीहरु मध्ये एक हो । यसमा बिभिन्न प्रकारका पुद्गलहरु‚ शिल‚ समाधि‚ प्रज्ञा‚ बोधिपक्खिय धम्म अर्त्तगत चार सतिपट्ठान‚ चार सम्पप्पधान‚ चार इद्धिपाद‚ पाँच इन्द्रिय‚ पाँच बल‚ सात सम्बोज्झङ्ग‚ आठ मग्गङ्ग र बोधिपक्खिय धम्म अर्त्तगत कसरी अभ्यास गर्ने त्यसैगरी सासन दायादका बारेमा उल्लेख गरिएका छन् ।

भगवान बुद्धको मूल सिद्धान्त सैंतीस बोधिपक्खिय धर्मको बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धका प्रथम सन्देश

बुद्धका प्रथम सन्देश

164

भगवान बुद्धका प्रथम दुई उपदेशहरू धर्मचक्र प्रवर्तन सूत्र र अनात्म लक्षण सूत्रमा प्रतिपादित मध्यमा प्रतिपदामा आधारित चतुरार्य सत्य र आर्य अष्टांगिक मार्गका साथै अनित्य‚ दुःख‚ अनात्म जस्ता मूल सिद्धान्त र दर्शनलाई समावेस गरि प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धको प्रथम उपदेशहरूका बारेमा जान्न चाहनेहरू ।

विपश्यनाः एक जीवनपयोगी साधना

विपश्यनाः एक जीवनपयोगी साधना

भगवान बुद्धको उपदेश, सिद्धान्त, ध्यान विधिहरु र विपश्यना गर्ने पद्धति आदि बिबिध बिषयहरूलाई समेतिएर जीवनमा विपश्यना भावनाको उपयोगिताका बारेमा प्रस्तुत गरिएका छन् ।

विपश्यना भावनाको जीवनमा उपयोगिताका बारेमा जान्न चाहनेहरू ।

विपश्यना अभ्यास पद्धति

विपश्यना अभ्यास पद्धति

38

बर्माका प्रख्यात बौद्ध विद्वान अग्गमहापण्डित भदन्त शोभन महास्थविर महासी सयादोद्वारा लिखित Guide to the Practical Course of Vipassana Meditation र Practical Basis Exercises in Satipathana Vipassana Meditation नामक पुस्तकको आधारमा लिखित यस पुस्तकमा विपश्यना भावना र त्यसको पद्धति अन्तर्गत विपश्यना भावनाको तयारी‚ अभ्यास गर्दा ध्यान दिइनु पर्ने कुराहरु‚ ध्यानको प्रगतिका बारेमा उल्लेख गरिएका छन् ।

ध्यान भावना गर्न चाहने साधकसाधीकाहरू ।

बुद्ध-बचन

बुद्ध-बचन

123

भदन्त आनन्द कौसल्यायनको "बुद्ध-बचन" र "सच्च-संगहो" नामक दुइ पुस्तकको तुलनात्मक अध्ययन गरी भगवान बुद्धको बिशेष उपदेश चतुआर्यसत्य र आर्यअष्टाङ्गीक मार्गलाई त्रिपिटकको बिभिन्न खण्डहरूबाट उदृत गरी प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धको बिशेष उपदेश चतुआर्यसत्य र आर्यअष्टाङ्गीक मार्गलाई अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

महाचीन यात्रा

महाचीन यात्रा

184

धर्मालोक महास्थविरको जीवनी, वहाँले नेपालमा स्थविरवाद बुद्धशासनको स्थापनाको लागि गरेको चिन्तन, वहाँको देनका साथै वहाँको बिभिन्न मुलुकहरूको भ्रमणका अनुभवहरू र आनन्दकुटीको स्थापना आदि विविध बिषयबस्तुहरूका बारेमा उल्लेख गरिएका छन् ।

धर्मालोक महास्थविरको जीवनी र नेपालमा बुद्धधर्म पुर्नजागरणकाल सम्बन्धि अध्ययन गर्न चाहनेहरू ।

नियाम दीपनी

नियाम दीपनी

पाँच नियाम धर्मको अतिरिक्त प्रज्ञाप्ति र धातु को कुरा दर्शाउनु भई सम्पूर्ण सत्वलोक संखार लोक ओकास लोकको बारे बताउनु भएको छ ।

लोकको बारे जानकारी लिन चाहानेहरु ।

चतुसच्च दीपनी

चतुसच्च दीपनी

बर्माका बाैद्ध विद्वान “अग्गमहापण्डित (भद्दन्त ञाण महास्थविर) लेदी सयादाे डी. लिट”ले लेख्नु भएकाे अनेकाै दीपनी मध्ये “चतुसच्च दीपनी” जुन “खुद्दक निकाय”काे “पटिसम्भिदामग्ग पालि”मा रहेकाे साह्रै गम्भीर र गहन शब्दलाई सरल र सुगम तरिकाले चार आर्य सत्यलाई १६ प्रकारले अर्थ दर्शाउनु भई प्रत्येककाे स्पष्टसँग व्याख्या गर्नुभएकाे लाई नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।

चतुसच्च दीपनीका बारेमा अध्ययन गर्न चाहनेहरु ।

धर्म जीवन जिउने कला

धर्म जीवन जिउने कला

144

मानिसहरूले आफ्नाे जीवनमा धर्मलाइ कसरी पालना गर्नुपर्छ भन्ने विषयमा उल्लेख ।

धर्मकाे सहिरूपमा अध्यास गर्न चाहनेहरू ।

मग्गङ्ग दीपनी

मग्गङ्ग दीपनी

आर्यअष्टाङ्गिक मार्ग बुद्धकाे शिक्षालाइ समसामयिक घटनाहरूकाे उदाहरण सहित प्रस्तुत

बुद्धकाे शिक्षा सजिलाेसंग बुझ्न चाहनेहरू