चार अध्यायमा बिभाजित यस पुस्तकमा बुद्धधर्मका चार आर्यसत्य, निर्वाण, गृहीविनय, आलवक सूत्र र बुद्धकाे अर्थनीति सम्बन्धि विविध बिषयबस्तुहरु उल्लेख गरिएका छन् ।
बुद्धधर्म र अर्थनीति सम्बन्धि जानकारी हासिल गर्न चाहनेहरू ।
समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।
व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।