श्री सत्यनारायण गोयन्का

धर्म-ज्योति

धर्म-ज्योति

ध्यान गुरु श्री सत्यनारायण गोयन्काले‚ भगवान बुद्धको दुःखबाट मुक्त हुने मार्ग वा उपदेशलाई बौद्धिक दृष्टिकोणले मात्रै नभई आध्यात्मिक दृष्टिकोणले पनि रोचक शैलीमा जीवनको यथार्थलाई सम्झाउने उदेश्यले स्वभाव र धर्मलाई स्वयम् अनुभूतिद्वारा साधकहरूलाई यथार्थ ज्ञान अवबोध गराउने हेतुले विपश्यना ध्यान शिविरहरूमा दिनु भएका प्रवचनहरूको केहि अंश संकलन गरी तयार पारेको पुस्तक "धर्म-ज्योति" नामको नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएको हो ।

भगवान बुद्धका उपदेशहरूलाई बौद्धिक र आध्यात्मिक दृष्टिकोणले अध्ययन गर्न चाहनेहरू ।

प्रवचन प्रवाह

प्रवचन प्रवाह

ध्यानगुरू सत्यनारायण गोयन्काले दश दिवशिय ध्यान भावना शिविरमा दैनिक दिनु भएका प्रवचनहरुको संगालो हो । यसमा शील‚ समाधि‚ प्रज्ञा अर्थात आर्यअष्टाङ्गिंक मार्गलाई मार्ग दर्शनका रूपमा अवल्मबन गरी जीवनलाई सार्थक बनाउने विपश्यना ध्यान भावनाको बारेमा उल्लेख गरिएका छन् ।

विपश्यना भावनाको बारेमा जान्न चाहनेहरू ।

विपश्यनाः एक जीवनपयोगी साधना

विपश्यनाः एक जीवनपयोगी साधना

भगवान बुद्धको उपदेश, सिद्धान्त, ध्यान विधिहरु र विपश्यना गर्ने पद्धति आदि बिबिध बिषयहरूलाई समेतिएर जीवनमा विपश्यना भावनाको उपयोगिताका बारेमा प्रस्तुत गरिएका छन् ।

विपश्यना भावनाको जीवनमा उपयोगिताका बारेमा जान्न चाहनेहरू ।