परियत्ति सद्धम्म कोविद प्रथम वर्ष (तह ८) पञ्चम पत्र

विश्वमा बुद्धधर्म र बौद्ध स्मारकहरू

Summary:

यस पुस्तकलाई पाँच एकाइमा विभाजन गरिएको छ । एकाइ एक अन्तर्गत भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित दुइवटा पुस्तकहरू नेपालय् बुद्धधर्म र लुम्बिनी र कपिलवस्तुलाई भिक्षु बोधिज्ञान महास्थविर र भिक्षु सम्यक सम्बोधि प्राणपुत्र महास्थविरले नेपाली भाषामा अनुवाद गरी नेपालमा बुद्धधर्म र बौद्ध स्मारकहरू (बुद्ध, धर्म, संघ, अतीतका बुद्धहरू, कान्तिपुर उपत्यकामा अतीत बुद्धहरूको आगमन, नेपाल उपत्यकामा बुद्धधर्मको प्रवेश आदि) उल्लेख गरिएको छ । र एकाइ दुइ अन्तर्गत अमिता धाख्वा, भिक्षु ज्ञानेन्द्र र देवेन्द्र बज्राचार्यहरूको संयुक्त लेखनमा भारतमा बुद्धधर्म र बौद्ध स्मारकहरू (बुद्धकालदेखि वर्तमानकाल, बुद्धगया, सारनाथ, कुशीनगर आदि) विषयहरूलाई व्याख्या गरिएको छ । त्यस्तै एकाइ तीन अन्तर्गत भिक्षु निग्रोध महास्थविरद्वारा लिखित चीनमा बुद्धधर्म र बौद्ध स्मारकहरू (बुद्धधर्मको प्रवेश र इतिहास तथा सिचुआनको विशाल बुद्ध, साओलिन बौद्ध मन्दिर आदि) राखिएको छ । त्यस्तै नै एकाइ चार अन्तर्गत डा. त्रिरत्न मानन्धरले लेख्नुभएको चिनीया यात्री फाहियान, ह्वेनसांग, इत्सिंगका भ्रमण डायरी उल्लेख गरिएको छ । त्यसैगरी एकाइ पाँच अन्तर्गत उष्णीष तारा तुलाधरले लेख्नुभएको तिब्बतमा बुद्धधर्म र बौद्ध स्मारकहरू (बुद्धधर्मको प्रवेश र इतिहास तथा गान्डेन गुम्बा, ड्रेपुङ गुम्बा आदि) उल्लेख गरिएको छ ।

Targeted Audience:

Total Pages:

225

Price:

200

Edition:

1st

Published Date:

Buddha Sambat

2568

Bikram Sambat

2081

Nepal Sambat

1144

Amo Domini (AD)

2024

Languages:

Writer:

Translator:

Publication:

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: