दीघनिकाय

Digha Nikaya

Summary:

बुद्ध र बुद्धधर्मको मूल र प्रामाणिक रूप अध्ययन गर्न उपलब्ध वाङ्गमयहरूमध्ये पालि त्रिपिटकको सूत्रपिटकको पहिलो निकाय हो । यस निकायमा चौतिस वटा लामालामा सूत्र छन् । बुद्धकालीन भूगोल र इतिहास, समाज र स‌ंस्कार, धर्म र दर्शनको संश्लेषणात्मक र विश्लेषणात्मक अध्ययन गर्न शील, समाधि प्रज्ञा अवबोध गर्न, बुद्धको दर्शन गर्न तथा अन्ततः निर्वाण धर्म साक्षात्कार गर्नको निमित्त अमूल्य ग्रन्थरत्न हो । बुद्धको दर्शन, धर्मसेनापति सारिपुत्र महास्थविर आयुष्मान् महाकाश्यप, आयुष्मान आनन्द, आयुष्मान अनुरूद्ध आदि श्रावकहरूको आदर्शका बारेमा उल्लेख गरीएको छन् । बुद्धकालीन बासट्ठि वटा विभिन्न दृष्टिजालहरूको जानकारीका बारेमा ब्रह्मजाल सुत्त, मिथ्या तपस्यालाई उदाङ्ग पार्न महासीहनाद-सुत्त र उदुम्बरिक सुत्त, परलोकवादलाई उजागर गर्ने पायासिराजञ्ञ सुत्त, यज्ञमा पशुबलि दिनुको निरर्थकता दर्शाउने कूटदन्त सुत्त, चमत्कार प्रदर्शनको निःसारता बारेको केवट्ट सुत्त, आत्मावादको समीक्षा गरिनाको साथै निर्वाण मार्गमा अघि बढ्नु बेकम्मापनबारे उल्लेख गरीएको जालिय सुत्त र पोट्ठपाद सुत्त, मानिसको श्रेष्ठता आचरणमा निर्भर रहने तथ्य एवं जन्मगत जातिवादकाे तीव्र आलोचना बारेमा अम्बट्ठ सुत्त, सोणदण्ड सुत्त, अग्गञ्ञ सुत्त, गृहस्थ जीवन सफल पार्नलाई उपयोगी गृहीविनय नाउँबाट व्यातिप्राप्त सिंगाल सुत्त, आर्यसत्य र प्रतीत्यसमुत्पादको व्याख्या महानिदान र महासतिपट्ठान सुत्त, अतीत बुद्धहरुका जीवनी महापदान सुत्त, बुद्धका बत्तीस लक्षणहरू लक्खन सुत्त एवं बुद्धको अन्तिम यात्राको सजीव, सरस र करुण वर्णन महापरिनिब्बान सुत्त उल्लेख गरीएका छन् ।

Targeted Audience:

भगवान् बुद्धले देशित लामालामा सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

Total Pages:

599

Price:

रू. १२५/-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५३३

Bikram Sambat

२०४६

Nepal Sambat

१११०

Amo Domini (AD)

१९८९

Writer:

Editor:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!