पालि शिक्षा र संक्षिप्त व्याकरण

Summary:

आचार्य भद्दन्त जनकाभिवंस महास्थविरले लेख्नु भएको बर्मेली भाषामा रहेको ‘पालि सिक्खा न्हें सद्दाच्यें’ ग्रन्थलाई आधार मानी कच्चायन व्याकरण, रूपसिद्धि पालि ग्रन्थ र अन्य पालि व्याकरण ग्रन्थहरूको सहयोग लिई अनागारिका अग्गञाणी गुरुमांले पालि शिक्षा र संक्षिप्त व्याकरण पुस्तक लेख्नुभएको हो । यस पुस्तकमा दुइ काण्ड सहित संक्षिप्त व्याकरण समावेश गरिएको छ । प्रथम काण्डमा अक्षर, उच्चारण, शब्द, नाम, लिङ्ग, वचन, कारक, विभक्ति, संज्ञा विभक्ति रूप आदि रहेका छन् । द्वितीय काण्डमा वर्तमान काल, भविष्यत काल, अतीत काल, कर्मवाच्य, पञ्चमी आख्यात, सप्तमी आख्यात विभक्ति, कितक क्रिया आदि समावेश गरिएका छन् । संक्षिप्त व्याकरणमा मनोगणदेखि सब्बनाम गण, सन्धि, समास, तद्धित, कितक प्रत्ययहरू र पालि पाठ १० वटा अभ्यासहरू संग्रह गरिएका छन् ।

Targeted Audience:

पालि भाषा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

Total Pages:

209

Price:

Edition:

2nd

Published Date:

Buddha Sambat

2569

Bikram Sambat

2082

Nepal Sambat

1145

Amo Domini (AD)

2025

Languages:

Editor:

Translator:

Publication:

श्री जगत बहादुर बज्राचार्य, श्रीमती पद्मा देवी बज्राचार्य

Distributor:

Donor: