अभिधम्मपिटक

Abhidhammapitaka-अभिधम्मपिटक

धर्मसंङ्गिणी

धर्मसंङ्गिणी

375

बुद्धवचन त्रिपिटकको अभिधर्मपिटकको पहिलो महत्त्वपूर्ण ग्रन्थ धम्मसंङ्गिणी, अभिधर्मको मूल आधार एवं सार यस ग्रन्थमा सबै परमार्थ धर्महरूलाई विभिन्न तरीकाबाट संग्रह गरिराखेको ग्रन्थ हो । यस ग्रन्थमा व्यवस्थित रूपमा सर्वप्रथम मातृका सूचि, परमार्थ धर्मलाई तीन समूह त्रिमातृका र दुई समूह द्विकमातृका मा बिभाजन गरि यी मातृकालाई चार काण्ड (१) चित्तोत्पादकाण्ड, (२) रुपकाण्ड, (३) निक्षेषकाण्ड र (४) अर्थकथाकाण्डमा विभाजन गरी कुशल धर्ममात्र नभई दोष रहितको दश प्रतिफल दिने कुशल धर्महरुलाई अर्थ सहित प्रष्ट रूपमा प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धद्वारा देशित अभिधर्मको मूल आधार एवं सारलाई गहनरुपमा अध्ययन र अभ्यास गर्न चाहनेहरू ।

धातुकथा

धातुकथा

108

त्रिपिटकको तीनवटा पिटकमध्ये अभिधम्म पिटक अन्तर्गतको सातवटा ग्रन्थमध्ये तेस्रो ग्रन्थ धातुकथा हो । यो ग्रन्थ चौध अध्यायमा विभाजन गरिएका छन् । यसमा स्कन्ध, आयतन, धातु, सत्य, इन्द्रिय, एवं प्रतित्यसमुत्पाद आदिको वर्णन गरेको छ । पञ्च स्कन्ध, बाह्र आयतन र अठ्ठार धातुको बिशेष रूपले प्रश्नउत्तर तरीकाबाट धर्मलाई यथार्थ रूपले साक्षात्कार गर्न सकिने गरी व्याख्या गरीएका छन् ।

अभिधम्म अन्तर्गतको धातुकथाका बारेमा अध्ययन र अध्यापन गर्ने चाहनेहरू ।

यमक

यमक

819

बुद्धबचन त्रिपिटककाे अभिधर्म अर्न्तगतकाे छैठाै ग्रन्थ हाे । याे ग्रन्थ दश यमक भाग (मूल यमक, खन्ध यमक, आयतन यमक, धातु यमक, सच्च यमक, सङ्गगार यमक, अनुसय यमक, चित्त यमक, धम्म यमक र इन्द्रिय यमक) मा बिभाजन गरिएका छन् । यस ग्रन्थमा प्रच्छाविस्सज्जना यानि जाेडा जाेडा गरि प्रश्न उत्तर रूपमा परमार्थ धर्मलाई देखाईएकाे छ ।

बु्द्धशिक्षाकाे गहन धर्म अभिधर्मकाे एक ग्रन्थ यमकका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

पुग्गलपञ्ञत्ति

पुग्गलपञ्ञत्ति

121

त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् । यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् ।

मानिसहरुकाे किसिम र तिनिहरुकाे व्यवहारहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।