General knowledge

धर्म मसीनि

धर्म मसीनि

62

शान्तिकाे लागि धर्म चाहिन्छ भन्ने कुरालाई भगवानकाे समय र अहिलेकाे समयकाे घटनालाई उल्लेख गरिएकाे छ । धर्म चिरस्थायी राख्न पूजा पाठ र सेवाभाव चाहिन्छ । सुख दुःख भनेकाे आफ्नाे काम र कर्म अनुसार प्राप्त हुन्छ भन्ने कुरा विभिन्न शिर्षकमा प्रस्तुत गरिएका छन् ।

सम्पूर्ण धर्मप्रेमी पाठकहरू ।

ज्ञानमाला भजन

ज्ञानमाला भजन

206

बिभिन्न रचनाकारहरूले रचना गरिएका बुद्धभजनहरूकाे संग्रह गरिएका छन् ।

बुद्धभजन प्रेमी सम्पूर्ण व्यक्तिहरू ।

धर्मरत्न शाक्य त्रिशुली स्मृतिग्रन्थ

धर्मरत्न शाक्य त्रिशुली स्मृतिग्रन्थ

470

धर्मरत्न शाक्यकाे जीवनी, उहाँकाे बारेमा बिभिन्न क्षेत्रबाट प्राप्त भएका सम्झनाकाे सार, उहाँकाे देन, शील स्वभाव, उहाँकाे प्रकाशित र अप्रकाशित पु्स्तकहरूकाे विवरण आदि विविध विषयहरु उल्लेख गरिएका छन् ।

धर्मरत्न शाक्यकाे बुद्धधर्म प्रतिकाे देन र याेगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धधर्म व अर्थनीति

बुद्धधर्म व अर्थनीति

चार अध्यायमा बिभाजित यस पुस्तकमा बुद्धधर्मका चार आर्यसत्य, निर्वाण, गृहीविनय, आलवक सूत्र र बुद्धकाे अर्थनीति सम्बन्धि विविध बिषयबस्तुहरु उल्लेख गरिएका छन् ।

बुद्धधर्म र अर्थनीति सम्बन्धि जानकारी हासिल गर्न चाहनेहरू ।

The Life of a Monk

The Life of a Monk

110

This book is a general picture of the monk’s life i.e. rules and regulation, code of conduct, duty and etc. The monk’s life in Sri Lanka, Myanmar, Thailand are also mentioned in this book.

Buddhist monks, students and teachers.

जीवनका उत्सर्गहरू

जीवनका उत्सर्गहरू

206

बुद्धशिक्षा र बुद्धदर्शन सम्बन्धि ४४ वटा लेखहरू र लेखककाे चिन्तन कृतिहरूकाे संग्रह समावेस गरिएका छन् । जसमा सही धर्मकाे अर्थ, बैशाली राज्यमा प्रजातन्त्र पतन, सन्तानले कर्तव्य भुलेपछि, विपस्सना ध्यान र याेगमा फरक, बुद्ध दर्शन र आधुनिक विज्ञानकाे दृष्टि आदि बिषयहरू रहेका छन् ।

बुद्धशिक्षालाई चिन्तन मनन गरी अध्ययन गर्न चाहनेहरू ।

धर्मकाे यथार्थ स्वरूप

धर्मकाे यथार्थ स्वरूप

सद्धर्मकाे चिनारी र आचरण एवम् बुद्धशिक्षाका मूलभूत पक्ष चारआर्यसत्य, ध्यान साधना लगायत गृहस्थ जीवनलाई सुन्दर बनाउने गृही-विनय, त्रिरत्न वन्दना र तीनवटा परित्राण पाठ (मङ्गल सूत्र, पराभव सूत्र र मैत्री सूत्र) काे अर्थ सहित समावेस गरिएकाे छ ।

बुद्धशिक्षाका कुराहरू पढ्ने र बुझ्ने जिज्ञासा राख्नेहरू ।

अनुभूति माला

अनुभूति माला

186

बुद्धशिक्षाका ब्यावहारिक ज्ञान एवम् बुद्धदर्शन सम्बन्धि लेखसंग्रह ।

बुद्धशिक्षा सरल रूपमा जान्न चाहनेहरू ।

आधुनिक विज्ञानकाे दृष्टिमा बुद्धधर्म

आधुनिक विज्ञानकाे दृष्टिमा बुद्धधर्म

270

बर्तमान युग र बुद्धधर्म सम्बन्धि ब्याख्या गरिनुकाे साथै आधुनिक विज्ञान बीच बुद्धधर्मकाे समानता र सामिप्य दर्शाइएकाे छ । सातवटा बिबिध अध्यायहरू जसमा आधुनिक युग र बुद्धधर्म, बुद्धधर्म र आधुनिक विज्ञानबीच समानता र सामीप्यता, विज्ञान र प्रविधिकाे युगमा युवापिँढीकाे मनस्थिति र धर्मकाे उपयाेगीता, बुद्धधर्मकाे स्वरूप, बिज्ञान र प्रविधिकाे उपलब्धिपूर्ण बिकास र बुद्धधर्म शिर्षक भिन्न उपशिर्षकहरू राखि प्रस्तुत गरिएका छन् ।

आधुनिक विज्ञान र बुद्धधर्म सम्बन्धि रूची राख्ने तथा अध्ययन अनुसन्धानकर्ताहरू ।

सर्वज्ञ भाग-२

सर्वज्ञ भाग-२

44

तीन प्रकारका मानिसको स्वभावलाई कथात्मक प्रसंग सहित प्रस्तुत गरिएका छन् । १. शील स्वभाव नराम्रो भएको, तर संस्कार कुशल कर्मको वीऊ बाँकी रहेको कारणले भविष्यमा राम्रो हुन सक्ने, २. शील स्वभाव राम्रो भएको, तर संस्कार अकुशल कर्मको वीऊ बाँकी रहेको कारणले भविष्यमा नराम्रो हुन सक्ने र ३. राम्रो नराम्रो दुवै ज्ञान भएको, तर भविष्यमा कुशल कर्म गर्ने कोशिस नगरी भविष्य नराम्रो हुने स्वभाव उल्लेख गरिएका छन् ।

बुद्धशिक्षाको व्यावहारिक र नैतिक शिक्षा अध्ययन गर्न चाहनेहरू ।

बुद्धभूमि नेपालय् बुद्धधर्म – बाैद्धया मिखाय्

बुद्धभूमि नेपालय् बुद्धधर्म – बाैद्धया मिखाय्

209

बाैद्ध परम्परा, स्ययम्भू पुराणको नाम र विभिन्न कथनहरू, तीनजना बुद्धको जन्मभूमि नेपाल, संगायनहरू, महायान र बज्रयानको बिकाश आदि विविध विषय बस्तुहरूका बारेमा उल्लेख गरिएका छन् ।

नेपालको बाैद्ध परम्परा र बाैद्ध इतिहास अध्ययन गर्न चाहनेहरू ।

बुद्धभूमि नेपालया  समन्वयात्मक बाैद्ध परम्परा

बुद्धभूमि नेपालया समन्वयात्मक बाैद्ध परम्परा

154

बुद्धपूजाको बिषयमा पश्चिमी विद्वानहरूको विचार सहित भगवान बुद्धले आमिस पुजा ग्रहण गर्नहुन्न, संघको महत्व, सम्यक् महादानको महत्व, बुद्ध व्यक्तिवाचक नाम होइन् आदि विविध विषय र बुद्धपूजा विधि अर्थ सहित प्रस्तुत गरिएका छन् ।

उपासक उपासिका, विद्यार्थी, बुद्धिजीवि, ध्यानसाधक साधिका र धर्मप्रेमी जिज्ञासुहरू ।

गाैतम बुद्ध

गाैतम बुद्ध

75

दैनिक बुद्धपूजा पाठ विधि अर्थ सहित र लेखककाे बुद्ध व बुद्धया पुचः पुस्तकबाट १६ वटा छाेटाे छाेटाे लेखहरू समावेस गरिएकाे छ । ती लेखहरू युवा वर्गलाइ समय सापेक्ष बुद्धधर्म सम्बन्धि ज्ञान वर्धक छन् ।

यसमा उल्लेख भएका बुद्धका शिक्षाहरूकाे ब्यवहारिक महत्वपूर्ण भएकाेले युवा वर्गलाइ बुद्ध धर्म सम्वन्धि ब्यवहारिक जीवन उपयाेगी ज्ञान अध्ययन गर्न उपयाेगी हुने देखिन्छ साथै शिक्षण संस्थानहरूमा पनि उक्त विषयकाे अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।

नक्कली देवता

नक्कली देवता

87

मानिस असल बनाउन सक्ने ज्ञानका बुद्धका उपदेशहशरू समेटिएका विभिन्न विषयका लेखकका १६ वटा लेखहरू समेटिएका छन् । यसमा एक नक्कली देवता नाम भएकाे लेख पनि समावेस गरिएबाट यस पुस्तकलाइ लेखकले नक्कली देवता भनि नाम दिएकाे उल्लेख छ ।

असल मान्छे बन्न आवश्यक विभिन्न प्रकारका जीवन उपयाेगी बुद्धकाे उपदेशहरू यसमा समावेस भएकाेले ती बुद्ध शिक्षा अध्ययन अनुसन्धान गर्न चाहनेहरू जाे पाठक वर्गहरूलाइ उपयाेगी हुने देखिन्छ ।

बुद्धकाे चमत्कार

बुद्धकाे चमत्कार

58

विभिन्न समयमा लेखकका प्रकाशित लेखहरूकाे संग्रह गरि लेखककाे बुद्धकाे चमत्कार पुस्तक प्रस्तुत गरेकाे छ । यसमा समावेस गरिएका प्राय लेखहरूमा बुद्ध यथावादी तथाकारी एवं आफनाे असल चरित्र र असल ब्यवहारले खराव चरित्र र आक्राेशक मानिसहरूलाइ बुद्धले बाेध गराएका घटनाहरू समावेस गरिएका छन् ।

शिक्षण संस्थाहरूमा बुद्धकाे यथावादी तथाकारी गुणबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूकाे साथै जीवन उपयाेगी बुद्धका उपदेशहरू अध्ययन गर्न चाहनेहरू जाे काेही पाठक वर्गहरूका लागी महत्वपूर्ण उपयाेगी हुने देखिन्छ ।

माता पिता सेवा

माता पिता सेवा

50

पुस्तककाे मुख्य विषयः भगवान बुद्धले जेतवन विहारमा आफ्ना शिष्य भिक्षुहरूलाइ माता पिताकाे सेवाकाे महत्व एवं गुण र प्रतिफल बारे दिएकाे उपदेश समावेस गरिएकाे छ । यसमा विशेषत भगवान बुद्धकाे पूर्व जन्ममा वहाँ बोधिसत्व साेनकुमार र भाइ नन्द कुमारले माता पिताकाे दत्तचित्तले समर्पण भइ सेवा गरेकाे घटनावारे विस्तृत रूपमा वर्णन गरिएकाे छ । संक्षिप्त विषय सूचिका वारेमाः साेन कुमार र नन्द कुमारहरूकाे माता पिताकाे सेवाकाे साथै पूर्व जन्मका वारेका यस सँग सम्बन्धित सार्न्दभिक घटनाहरू भगवान बुद्धवाट मातापिताकाे उपस्थान , गुणवान हात्तीकाे मातृ सेवा , आत्मत्यागी बाँदरकाे कथा एवं सारिपुत्रकाे अन्तिम मातृ सेवा बारे वर्णन गरिएकाे छ ।

भगवान बुद्धले पूर्व जन्महरूमा विभिन्न सार्न्दभिक घटनाहरू समावेस गरिएकाेले अहिलका युवाहरूलाइ माता पिताकाे सेवा र प्रतिफल बारे अध्ययन गर्न उपयाेगी हुने देखिन्छ । साथै शिक्षण संस्थाहरूमा माता पिताकाे सेवाकाे महत्व बारे अध्ययन गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।