Literature

लोक नीति

लोक नीति

32

लोकमा भएका मनुष्यहरुकाे उन्नती प्रगति लागि सहयोग पुर्याउने शिक्षा हेतु भिक्षु अनिरुद्धले प्रकाशित गर्नुभएको धम्मपद जातक आदिको पालि गाथाको शब्दार्थ र भावार्थलाई नेपाल भाषामा अनुवाद सहित पद्यानुवाद गरीएको यसमा पुस्तकमा पण्डित काण्ड, सुजन काण्ड, दुर्जन काण्ड, मित्र काण्ड, स्त्रीकाण्ड, राज काण्ड, पकिण्णक काण्ड आदि शिर्षकलाई समावेश गरी प्रस्तुत गरिएको छ ।

बुद्धशिक्षालाई लोकनीतिको रूपमा अध्ययन गर्न चाहनेहरू ।

राज्यय् विवेक दयेमाः

राज्यय् विवेक दयेमाः

42

नेपाल भाषाको पत्रिका सन्धा टाइम्समा लेखकको बुद्ध शिक्षा सम्बन्धि प्रकाशित १३वटा लेखहरुलाई संकलन गरिएका छन् । जसमा “बुँया दोषा धाँय्, दे समाजया दोष …… ?”, “सुनां मखुगु खँ ल्हाँइ वं छु पाप मयाइ ?”, “कर्मचारी व्यवस्थापन धर्मया लिधंसाय् मनूतयेके दयेमाःगु गुण-लाज व भय”, “नेवाः भ्वजय् अयलाः व थ्वँ”, “मनू जीवनया प्यँगू गति”, “राज्यय् विवेक दयेमाः विनाश ज्वीगु कारण”, “भिंगु ज्या याये थाकु मभिंगु ज्या याये अःपु”, “व्यक्तिया शारीरिक व मानसिक विकासया लागि धार्मिक व नैतिक शिक्षा”, “सामाजिक हिउपाःया लागि बुद्ध शिक्षा”, “मानव अधिकार व मौलिक स्वतन्त्रताया लागि बुद्ध शिक्षा” शिषकका लेखहरु समावेश गरिएका छन् ।

सन्धा टाइम्समा छापिएका बुद्ध शिक्षाका बिबिध लेखहरू अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

अमूल्य धन

अमूल्य धन

86

मैत्री, करुणा, मुदिता, श्रद्धाधन, शिलधन, लज्जा र भय, श्रुतधन, धर्मको कुराले चोरको मन बदल्यो, धेरैमन परेकोले दुःख, त्यागधन, प्रज्ञाधन आदी बिबिध बिषयहरूका बारेमा उल्लेख गरिएकाछन् ।

बुद्धशिक्षाको बिबिध बिषयका बारेमा अध्ययन गर्न इच्छुकहरू ।

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

38

त्रिपिटक विशारद डा. आचार्य अमृतानन्द महास्थविरले बि.सं. २०२८ सालमा बुद्धकालीन ग्रन्थहरू बुद्धकालका पालि भाषामा उल्लिखित त्रिपिटक साहित्यको अनुवाद तथा सम्पादन गर्नु भएको थियाे । आनन्दकुटी विहारगुठीबाट प्रकाशित बुद्धकालीन ग्रन्थहरू र अन्य ग्रन्थहरुको सुचिका साथै ती ग्रन्थहरुमा समावेश भएका बिषयहरूको संक्षिप्त परिचय समेत प्रस्तुत गरिएका छन् ।

आनन्दकुटी विहार गुठीद्वारा प्रकाशित पुस्तकहरूकाबारे जिज्ञासा राख्नेहरू ।

भिक्षु अश्वघाेषका छानिएका रचनाहरू

भिक्षु अश्वघाेषका छानिएका रचनाहरू

281

संघनायक भिक्षु अश्वघाेष महास्थविरकाे संक्षिप्त चिनारी सहित व्यावहारिक बुद्धशिक्षा तथा कर्मवादी चिन्तन सम्बन्धि उहाँकाे विभिन्न लेखहरू मध्ये ४१ वटा लेख रचनाहरू जस्तैः बुद्धकाे विचार, बुद्ध धर्मकाे विशेषता, धर्म र मनुष्य, राम्राे काम झट्टै गर्नु पर्छ आदि व्यवहारवादी शिक्षा मूलक ज्ञानहरूलाई समावेश गरिएका छन् ।

बुद्धशिक्षा सम्बन्धि व्यावहारीक शिक्षा हासिल गर्न चाहनेहरू ।

विषय सूची

विषय सूची

129

भिक्षु अमृतानन्दद्वारा लिखित तथा प्रकाशित भइसकेका बुद्धकालीन ब्राह्मण, गृहस्थीहरू, राजपरिवार, महिलाहरू, परिव्राजकहरू, श्रावक चरित्र, श्राविका चरित्र, ब्रह्मादिदेव, प्रेतकथा, तथा विमानकथा लगाएत दश ग्रन्थहरूमा समावेश भएका विषय सूचीहरू एकसाथ प्रस्तुत गरिएकाे छ ।

भिक्षु अमृतानन्दद्वारा लिखित पुस्तककाे बिषय सूचीका बारेमा जान्न चाहनेहरू ।

सुबोध- बुद्ध धर्म प्रकाश

सुबोध- बुद्ध धर्म प्रकाश

112

भिक्षु सुबेधानन्द महास्थविरद्वारा रचित बुद्ध, बुद्ध धर्म सम्बन्धि काब्यात्मक उपदेश (कबिता, सोत्त्र, भजन) हरु संग्रहित गरिएका छन् । लेखकका प्रकाशित पुस्तकहरूको सूचि पनि उल्लेख गरिएका छन् ।

बुद्ध धर्म सम्बन्धि उपदेशहरू गीतका रुपमा अध्ययन गर्न चाहने पाठकवर्गहरु ।

संघनायक भिक्षु बुद्धघोष महास्थविरया च्वसुमाः

संघनायक भिक्षु बुद्धघोष महास्थविरया च्वसुमाः

नेपालमा बौध्द परियत्ति शिक्षा स्थापना शुरुवात गर्नुहुने तथा पाँचौं संघनायक श्रध्देय भद्दन्त भिक्षु बुध्दघोष महास्थविरको छोटकरीमा चिनारी, वहाँले सम्पदान तथा अनुवाद गरी प्रकाशित पुस्तकहरूको सूचि, भन्तेज्यूको गुरू शिष्य परम्पराको सूचिका साथै बर्मिज भाषाले लेखिएका लेखहरूको अनुवाद र बिभिन्न समयमा लेखिएका १६ बिभिन्न लेखहरूको संग्रह गरिएको छ ।

श्रध्देय भद्दन्त भिक्षु बुध्दघोष महास्थविरको जीवनी र योगदानका बारेमा जानकारी लिन चाहनेहरू ।

बुद्ध योग्यम्ह गुरु खः

बुद्ध योग्यम्ह गुरु खः

73

भगवान बुद्धले आफुलाई पूर्ण वीर्यताका साथ शुद्ध शान्त अनि परिस्कृत बनाएर मात्र धर्म प्रचार गर्नु भएको, समय परिस्थितिलाई बुझेर सोहि अनुसार उपदेश दिइ समस्या मुक्त वा बोध गराउनु भएको, वहाँ एक पथ प्रदर्शक मात्र भएको यी बिबिध विषयहरूका बारे बुद्धकालिन घट्नाहरूलाई समेटिएर प्रस्तुत गरीएका छन् ।

बुद्ध र बुद्ध शिक्षा सम्बन्धि व्यावहारिक ज्ञानगुणका बारेमा अध्ययन गर्न चाहनुहरू ।

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

20

बैशाख पूर्णिमाकाे महत्व, भिक्षु अश्वघाेष महास्थविरकाे संक्षिप्त जीवनी, कविताहरू, जातक कथा (मृग र ब्याधा), बाैद्ध महिला नन्दाकाे परिचय, बाैद्ध व्यत्तित्त्व सुश्री सबिता धाख्वाकाे अन्तर्वार्ता र परियत्ति गतिविधि समावेश गरिएकाे छ ।

बुद्धधर्म र परियत्ति सम्बन्धी जानकारी लिन चाहनेहरू ।

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

20

भगवान बुद्धकाे दिन चर्या, जातक कथा (शकुन अपशकुन), बाैद्ध तीर्थस्थल बुद्धगयाकाे परिचय, भिक्षु ज्ञानपूर्णिक महास्थविरकाे संक्षिप्त जीवनी, युवा बौद्ध व्यक्त्तित्त्व सुश्री अमिता धाख्वासंगकाे अर्न्तर्वाता, कविताहरूका साथै परियत्ति गतिविधिहरू समावेश गरिएकाे छ ।

बुद्धधर्म र परियत्ति सम्बन्धी जानकारी लिन चाहनेहरू ।

पेइचिङ्ग स्वास्थ्य निवास र मेराे चाैथाे चीन भ्रमण

पेइचिङ्ग स्वास्थ्य निवास र मेराे चाैथाे चीन भ्रमण

लेखककाे बिभिन्न पटककाे चीन भ्रमणकाे संस्मरण, सन् १९६२ सालकाे चीन र लेख लेख्दा समयसम्ममा भएको चीनको विकास र परिवर्तन जस्ताे की मैत्री पूर्ण व्यवहार, विकास तथा उपचारकाे नयाँ प्रविधिकाे, धार्मिक क्रान्ति आदि विविध विषयमा लेखकलाई लागेका अनुभवहरूलाई प्रस्तुत गरिएकाे छ ।

चीनकाे बारेमा जिज्ञासु राख्नेहरू

सिहलद्वीप श्रीलंका एक अध्ययन

सिहलद्वीप श्रीलंका एक अध्ययन

27

सिहलद्वीप - श्रीलंकाकाे एतिहासिक प्राचीन कथन, राजा दुट्ठगामणीकाे उदय, बुद्धधर्मकाे प्रचार प्रसारमा त्रिपिटककाे लिपीबद्ध, भिक्षु महेन्द र भिक्षुणी संघमित्राकाे श्रीलंका प्रवेश र परिनिर्वाणका साथै भिक्षुणी प्रव्रज्या र उपसम्पदाकाे विषयका बिषयबस्तुहरूलाई समेटि प्रस्तुत गरिएकाे छ ।

सिहलद्वीप-श्रीलंकाकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

सत्यतत्व एक चिन्तन

सत्यतत्व एक चिन्तन

293

लेखकका विभिन्न समयमा प्रकासित ७२ वटा लेख रचनाहरू तथा कविताहरू समेटिएका छन् । जसमा सत्यतत्व एक चिन्तन, बुद्धधर्म र विज्ञान सम्वन्धी लेख संग्रह, वास्तविकताकाे बाेध आदि बिबिध शिर्षकमा बैज्ञानिक सत्य र यथार्थ सत्यसंग धर्मलाई परिभाषित गरी सारगर्भिक लेख रचनाहरू समावेश गरिएका छन् ।

बुद्धधर्मलाई बिज्ञानकाे दृष्टिकाेणमा अध्ययन गर्न चाहनेहरू ।

त्रिपिटक प्रवेश

त्रिपिटक प्रवेश

226

बाैद्ध ग्रन्थ त्रिपिटककाे संक्षिप्त परिचयका साथ तीनवटा पिटकहरू विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटककाे परिभाषा त्यसमा समेटिएका नियम, सूत्र, गाथा र उपदेशहरूलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएकाे छ ।

त्रिपिटककाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न चाहनेहरू ।