Literature

बाैद्ध तीर्थयात्रा

बाैद्ध तीर्थयात्रा

142

भगवान बुद्धले आफ्नाे कीर्ति पताका फहराएका स्थानहरू नालन्दा, राजगिर, बाेधगया, सारनाथ, लुम्बिनी आदिस्थानहरूकाे यात्रा गर्दाकाे अनुभव, स्थानकाे ऐतिहासिक तथ्यहरूकाे जानकारी र बुद्ध सम्बन्धि पुरातात्त्विक बस्तुहरूकाे परिचयका साथै स्थलकाे महत्त्व र सम्बन्धित फाेटाेहरू संग्रहित गरी प्रस्तुत गरिएका छन् ।

बाैद्ध संवेजनिय तीर्थस्थलहरूकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

रसवाहिनी

रसवाहिनी

113

मनुष्य जीवनमा कुशल कर्म गर्नुपर्छ, दानधर्म गरेर पुण्य संचय गर्नुपर्छ, असल मानिसहरूकाे संगत गर्नुपर्छ, बुद्धशासनलाई चिरस्थायी गर्ने कार्यमा सहयाेग गर्नुपर्ने आदी पुण्यकार्यहरूलाई बिभिन्न २०वटा कथाहरू मार्फत प्रस्तुत गरिएका छन् ।

धर्मरसका बारेमा जानकारी लिन चाहानेहरू ।

गुणकाे पूजा

गुणकाे पूजा

76

देवदेवीहरूमा निहित गुणहरूलाई आत्मसात गरी उक्त गुण आफूमा पनि विकसित गरी सही धर्मकाे पहिचान र आचरण गर्नु पर्छ । आराध्य देवदेवीमा रहेकाे गुण स्मरण गर्नु पर्ने त्यसबाट शिक्षा ग्रहण गरी त्यसलाई व्यवहारमा उपयाेग गर्नुपर्ने जस्तै बुद्ध, गणेश, ब्रम्हा, विष्णु, शिव, कृष्ण आदि देवताहरूकाे प्रतिकात्मककाे बारेमा शिक्षा लिनु पर्ने साथै विजयदशमी मनाउनुकाे कारण र उपसंहार सहित उल्लेख गरिएका छन् ।

सही धर्म पहिचान गर्न चाहानेहरू ।

बुद्धकाे सम्झना कल्याणकाे कामना

बुद्धकाे सम्झना कल्याणकाे कामना

186

बुद्ध र बुद्धधर्म सम्बन्धित विभिन्न पक्षहरूलाई देखाउने विभिन्न बाैद्ध भिक्षु, लेखक तथा विद्वानहरूकाे लेख रचनाहरू बुद्धधर्मकाे परिचय, शिक्षा, दर्शन, सिद्धान्त र व्यावहारिक गुण एवं कल्याणकारी भावनाहरूलाई समेटेर संग्रहकाे रूपमा प्रस्तुत गरिएकाे छ । जसलाई.आजकाे युगमा बुद्धकाे मूल्याङ्कन र परम्परा जस्ता विविध विषयबस्तु समावेश गरी प्रस्तुत गरिएकाे छ ।

बुद्धधर्म सम्बन्धि ज्ञान हासिल गर्न चाहनेहरू ।

जीवनकाे महत्त्व

जीवनकाे महत्त्व

73

मानविय चरित्र र नैतिकतालाई व्यवहार र जीवनमा उतारी सदाचार तथा सदभावपूर्ण जीवन जीउनका लागि महत्त्वपुर्ण भुमिका खेल्ने गुणस्वभाव, मूर्खकाे स्वभाव र जीवन सफल बनाउनकाे लागि आवश्यक कर्तव्य, शील, समाधि, र प्रज्ञालाई विभिन्न ९ वटा प्रेत कथाहरू सहित ४ वटा कविताद्वारा रूपले मात्र मानव भएर हुदैन व्यवहारले कर्म बन्छ भन्ने कुरालाई प्रस्तुत गरिएका छन् ।

सभ्य र सुसज्जित समाजकाे निर्माण गर्न चाहानेहरू ।

त्रिपिटक ज्ञान कक्षा स्मारिका

त्रिपिटक ज्ञान कक्षा स्मारिका

107

बि‍‍ सं २०६१ सालमा बाैद्धग्रन्थ त्रिपिटककाे माध्यमबाट बुद्धशिक्षा अध्यापन गर्नकाे लागि “त्रिपिटक ज्ञानकक्षा” नाम दिई प्रत्येक शनिवार दुई घण्टाकाे अध्यापन गर्ने गरी कक्षा शुरू गरिएकाे थियाे । यसकक्षाकाे प्रथम बर्षकाे ३ बर्ष पूर्णाबधिपश्चात बिद्यार्थीहरूलाई प्रमाणपत्र वितरण समाराेह आयाेजनाकाे उपलक्ष्यमा त्यस कक्षामा सम्मिलत बिद्यार्थीहरूले रचना गरिएका बिभिन्न १७ वटा लेखहरू समावेश गरि याे स्मारिका प्रकाशित गरिएकाे थियाे । यसमा त्रिपिटकमा उल्लेखित लेखहरूलाई बिभिन्न शिर्षक दिएकाे छ । जसमा पूर्ण भिक्षुकाे हिम्मतकाे कथा, शील र प्रज्ञाकाे उपदेश, धर्मचत्रपवर्तन, सुखमय जीवन, शाक्यकुलकाे उत्पत्तिबारेमा आदि विषयका बारेमा उल्लेख गरिएका छन् ।

त्रिपिटकमा उल्लेखित केही बिषयकहरुका बारेमा अध्ययन गर्न चाहानेहरू ।

पटाचारा

पटाचारा

बुद्धकालिन अग्रस्थान प्राप्त गर्ने श्राविकाहरूमध्ये विनयमा अग्रस्थान प्राप्त गर्ने श्राविका, स्मरणीय, उदाहरणीय महिला, सम्पन्न र कुलीन परिवारमा जन्मि, हुर्केबढेकी पटाचारा कसरी र किन आफ्ना पतिलगायत सन्तानहरुबाट बिछाेडिनु पर्याे र पछि भगवान बुद्धकाे उपदेशप्राप्त गरी अर्हत लाभ सम्म प्राप्त गरेकाे कुरालाई धर्मदेशना दिनुभएकाेलाई लेखकाे रुपमा प्रस्तुत गरिएकाे छ । यसै कुरालाई सक्षिप्त रुपमा सचित्र सहित पनि प्रस्तुत गरिएकाे छ ।

बुद्धकालिन श्राविका पटाचाराकाे जीवनी बारे अध्ययन गर्न चाहानेहरू ।

दान

दान

21

दान दिनु भनेकाे आफ्नाे बस्तु अरूलाइ दिनु हाे दान मात्र दिएर यसकाे पुरा फल प्राप्त हुँदैन समान वस्तु दान गरे पनि समान फल प्राप्त हुँदैन तसर्थ कसलाई दान दिने, आठवटा गुण भएकाेलाई दान दिनुकाे फल, कुन दान सर्वश्रेष्ठ छ आदि विभिन्न दानकाे विषयमा व्याख्या गरिएकाे छ ।

दानकाे विषयमा जान्न चाहानेहरू ।

बुद्धया सत्उपदेश

बुद्धया सत्उपदेश

56

ज्ञान हासिल गर्ने इच्छा भएका ब्यक्तिहरूले धार्मिक सामाजिक सम्बन्धि विविध प्रकारका पुस्तकहरू अध्ययन गर्नु पर्छ जसले गर्दा इहलाेक र परलाेक दुईवटै लाेकमा हित सुख हुन्छ । भगवान बुद्धकाे चारवटा सत्उपदेशहरू संग्रह गरिएकाे छ । जसमा श्रद्धाले प्रवर्जित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य उत्साह भएका भिक्षुणीहरू मध्ये एतदग्ग प्राप्त साेणा स्थविराकाे कथा र छाेरा बुहारीकाे अपमान सहन नसकि घरबाट निस्केका धनपति ब्राह्मणलाई दिनुभएकाे उपदेशहरूलाई कथाकाे रुपमा प्रस्तुत गरिएकाे छ

श्रद्धा, वीर्य र उत्साहकाे महत्वका बारेमा जान्न चाहाने सबै पाठकहरू ।

बुद्धधर्म व व्यवहार

बुद्धधर्म व व्यवहार

263

लेखकले समय समयमा बुद्धधर्म, बुद्धसंस्कृति वा नेवाःसंस्कृति वा व्यवहार र परम्पराका बिषयमा लेखेका रचनाहरूकाे संग्रह हाे । बुद्धधर्म भनेकाे नै चार आर्य सत्य हाे र यसलाइ व्यवहारमा उर्त्तानु पर्छ त्याे पनि आफुले बुझेर, सम्झेर गर्नु पर्छ परम्परा मात्र भनेर हुदैन भन्ने यथार्थ कुरालाई विभिन्न ५९वटा शिर्षकहरू जस्तै “महामानव गाैतम बुद्ध”, “धर्म व व्यवहार”, “ब्रजयान न बुद्धधर्मया सार खः” मा बुद्धधर्म र बुद्धसंस्कृति बारेमा व्याख्या गरिएका छन् ।

बुद्धधर्म र बुद्धसंस्कृति सम्बन्धि अध्ययन गर्न चाहने धर्मप्रेमिहरू

मंगल (भि जुइगु खँ)

मंगल (भि जुइगु खँ)

92

युवा बाैद्ध समूहबाट बिक्रम सम्बत २०५५ र २०५६ सालमा सन्ध्या टाइम्स पत्रिकामा सम्यक् चिन्तन शिर्षकमा रचना गरिएका लेखहरूकाे संग्रह हाे । यसमा जीवनमा के के गरेकाे खण्डमा राम्राे हुन्छ भन्ने बिषयसंग सम्बन्धि १७वटा लेखहरू समावेश गरिएकाे छ ।

ब्यावहारिक जीवन सुखमय बनाउन चाहानेहरू ।

आलवक सूत्र

आलवक सूत्र

सम्रात अशाेकले शिलालेखहरूमा बढी उद्दरण गरिएका सुत्तनिपातका सूत्रहरू मध्ये एक आलवक सूत्र जसमा आलवक यक्षलाई बुद्धले दिनु भएकाे उपदेश उल्लेख गरिएकाे छ। यस सूत्रमा बुद्धकाे धर्म र दर्शनकाे बिषयलाई उपदेशात्मक प्रश्नाेत्तर सहित प्रस्तुत गरिएकाे छ ।

आलवक यक्षलाई दिइएकाे उपदेशलाई अध्ययन गर्न चाहानेहरू ।

बुद्ध-धर्मया रूपरेखा

बुद्ध-धर्मया रूपरेखा

100

भिक्षु महाप्रज्ञा, बाैद्ध ऋषि महाप्रज्ञा, एम्.पी. प्रधानद्वारा लिखित “धर्माेदय”, “धर्मदूत” आदि पत्रिकाहरूमा प्रकाशित रचनाहरू (भिंगु आशिका, कल्पना कुसुम, ज्ञान तंगु सागर, दुःख सत्य आदि लेखहरू) समावेश गरिएका छन् । जसमा महाभूत बुझेपछि बुद्ध-धर्मकाे रूपरेखा स्पष्ट हुने, राम्राे आशिका गर्नपर्ने, तृष्णामा भुल्नु नहुने, आर्य मार्ग, चार आर्य सत्य जस्ता उपयाेगी विषय बस्तुहरूका बारेमा उल्लेख गरिएका छन् ।

धर्म प्रेमि सबैजना

आर्य-सिद्धान्त

आर्य-सिद्धान्त

37

व्यावहारिक ज्ञान र समय सार्न्दभिक बुद्धकालिन घट्नाहरूलाई बिभिन्न १२ वटा शिर्षक जस्तै करूणाय मन्दिर, बुद्ध व पित्याःम्ह मनु, आर्य सिद्धान्त आदि लेखहरू समावेश गरिएकाे छ ।

व्यावहारिक ज्ञानका कुरा जान्न चाहानेहरू सबै

Buddhist Feminism – A Dhamma Journey

Buddhist Feminism – A Dhamma Journey

The authors had historical survey in the book, how women suffered discrimination during different periods of time and how Shakyamuni could discern women's ability and talent to prove themselves quite capable to stand par excellence. This book highlights clearly how the Buddha, the Enlightened one, showered compassion and blessing to enlighten and rescue women, when they were going hopelessly through the state of depression and frustration. The authors has aslo highlighted on how women suffered discrimination for the long period of time and how the Buddha rescued them.

Those who wish to study biographical sketches of some of the renowned theries.

बुद्ध र बुद्धशिक्षा

बुद्ध र बुद्धशिक्षा

81

भक्तपुरबाट प्रकाशित “मजदूर” पत्रिकामा २०५८ साल देखि २०६२ सालसम्म प्रकाशित १७ वटा साना छाेटा लेखहरूकाे सँगालाे हाे । सम्पूर्ण लेखहरू बाैद्ध विनयमा आधारित रहेका छन् । सामाजिक व्यवहारलाई शील, समाधि, प्रज्ञामा व्यवस्थित गर्नुपर्छ, रूढीवादी परम्परालाइ त्यागेर सत्य मार्गमा लाग्नुपर्छ, बाैद्ध दृष्ट्रीकाेण र अर्थ नीति आदि विविध प्रसंगहरूलाई बाैद्धनैतिकतालाई अगाडि सारेर मानव मूल्य र मानव कर्तव्यलाई बिबिध शिर्षकहरू जस्तै “हाम्राे समाज र व्यवहार”, “पञ्चशील र यसकाे महत्व”, “आमा बुबाप्रति छाेराछाेरीकाे कर्तव्य” देखि “द्वेषभावनाकाे समाधान मैत्री भावना” आदि शिर्षकमा कथा सहित व्याख्या गरिएका छन् ।

समाजमा परिर्वतन चाहाने सबै ।