Geography

बाैद्ध तीर्थयात्रा

बाैद्ध तीर्थयात्रा

142

भगवान बुद्धले आफ्नाे कीर्ति पताका फहराएका स्थानहरू नालन्दा, राजगिर, बाेधगया, सारनाथ, लुम्बिनी आदिस्थानहरूकाे यात्रा गर्दाकाे अनुभव, स्थानकाे ऐतिहासिक तथ्यहरूकाे जानकारी र बुद्ध सम्बन्धि पुरातात्त्विक बस्तुहरूकाे परिचयका साथै स्थलकाे महत्त्व र सम्बन्धित फाेटाेहरू संग्रहित गरी प्रस्तुत गरिएका छन् ।

बाैद्ध संवेजनिय तीर्थस्थलहरूकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

श्राविका व मय्‌जुपिं

श्राविका व मय्‌जुपिं

76

भिक्षु अमृतानन्द्र महास्थविरले लेख्नु भएकाे बुद्धकालीन श्राविका चरित्र र बुद्धकालिन महिलाहरू मध्ये कपिलवस्तु र काेलियका बुद्धकाे समयका तीन जना क्षीणाश्रवी भिक्षुणी र तीन जना आर्य मार्गमा पुगेका महिलाहरूका सार संक्षिप्त जीवनीलाई नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गरीएकाे छ । यसमा महाप्रजापति गाैतमी, यशाेधरा, नन्दा, कालिगाेधा शाक्य, राेहिणी क्षत्री कन्या, काेलीय सुप्रवाशाकाे जीवनीलाई समावेश गरीएका छन् । उनीहरूकाे जीवनमा के कस्ता घटनाहरू घटे, कस्ता कस्ता कार्यहरू गरी अग्रज स्थानमा पुग्नसके भन्ने बारेमा उल्लेख गरीएका छन् ।

बुद्धकालिन कपिलवस्तुका श्राविका र महिलाहरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।

यलया बौद्ध न्हय्‌सःलिसः कासा छगू अध्ययन

यलया बौद्ध न्हय्‌सःलिसः कासा छगू अध्ययन

143

ललितपुर जिल्लाब्यापि अन्तर पुस्तकालयको बुद्ध र बुद्धधर्म सम्बन्धि प्रश्नउत्तर खेलको रजत जयन्ति (बुद्ध सम्बत् २५१७ देखि २५४१ सम्म) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा प्रथम पटक देखि २५औं पटकसम्म संचालित प्रश्नउत्तर प्रतियोगिताबारे एतिहासिक पृष्ठभूमि सहित बिस्तृत गतिबिधीहरु, सहभागिहरु एवं पुरस्कार बिजेताहरूकाे विवरण आदि समावेश गरिएका छन् ।

बुद्ध र बुद्धधर्म सम्बन्धि प्रश्नउत्तर खेलका बारेमा जानकारी हासिल गर्न चाहनेहरू ।

वर्माः अनुभव र अनुभूति

वर्माः अनुभव र अनुभूति

113

अनाेजा गुरुमांले वर्मा भ्रमण गर्दाकाे समयमा वर्मा देशका बिभिन्न स्थानहरु र त्यहाँका मानिसहरुकाे बारेमा आफ्नाे अनुभवहरुलाई बिभिन्न शिर्षक दिई व्यक्त गरीएकाे छ । जस्ताे की बर्माकाे विवाह संस्कार, शुद्ध चित्तले दिएकाे दानकाे फल, पूर्वजन्मकाे बिषय, वईकाे घटना, चश्मा भएकाे बुद्धमूर्ति, शिल पालन, कसैलाई पनि हेप्नु हुँदैन, थिराेसँ चेतिकाे इतिहास, माेलमिन सुवर्णभूमि, चारवटा महामुनि फया (चैत्य), भगाँ वा पुगाँ, साेयत गाैफया (चैत्य), भद्राकुण्डला केशा, पाैवा (पुवा) फूलकाे पहाड, बाेधितथाैंफया माेन्यवा, नाग र भगवान बुद्धकाे मूर्ति, च्याथियुफया, बुबाकाे चित्त, काैमुदाे फया, झकाई पहाड, बर्माकाे प्रबजित गरिने तरिका, महामुनी फया, मण्डल हिल, छाेउपाैन्या स्यँ, आदी शिर्षकहरूमा आफ्ना अनुभवहरू संगालिएका छन् ।

बर्माकाे बिभिन्न बाैद्धस्थलहरु र त्यहाँकाे धार्मिक आस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धया चारिका

बुद्धया चारिका

भगवान बुद्धले ज्ञान प्राप्त गर्नु भएपछि उहाँले बिताउनु भएकाे पैंतालिस बर्षावासदेखि महापरिनिर्वाणसम्मकाे संक्षिप्त बुद्ध जीवनी र तत्कालिन समयकाे जनपदहरूकाे अवस्थाका बारेमा पनि उल्लेख गरिएका छन् ।

बुद्ध जीवनी र तत्कालिन समयकाे जनपदहरूकाे अवस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

च्याई थीयूकाे ईतिहास

च्याई थीयूकाे ईतिहास

144

म्यानमार देशमा स्थापित च्याई थीयू चैत्यकाे आश्चर्यपूर्ण एेतिहासिक घटना संगालिएकाे चित्र सहित वर्णन गरि समावेस गरिएका छन् ।

म्यानमार देशकाे च्याई थीयू चैत्यबारे जान्न चाहनेहरू ।

विश्वय् बुद्ध धर्म (भाग २)

विश्वय् बुद्ध धर्म (भाग २)

74

विभिन्न बाैद्ध विद्वान लेखकहरूले बिभिन्न देशहरूमा बुद्धधर्मको प्रवेश, विभिन्न कालखण्डहरूमा यसको अवस्था र विस्तारका बारेमा लेखिएका लेखहरूलाई संग्रह गरिएका छन् । जस्तो किः तिब्वतको, कुचायको, मलायाको बुद्धधर्म - लेखक राहुल सांकृत्यायन; जापानको बुद्धधर्म - लेखक भदन्त आनन्द काैसल्यायन; चीनको बुद्धधर्म - लेखक प्रो. शाओ चांग ली र इन्डोनेशियाको - बुद्धधर्मका अनुवादक प्रो. आशाराम शाक्यका लेखहरू सम्पादन गरि प्रस्तुत गरिएका छन् ।

विश्वका विभिन्न देशहरू (तिब्वत, कुचाय, मलाया, जापान, चीन र इन्डोनेशिया) मा बुद्धधर्मको प्रवेश र प्रचार प्रसारका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Buddhist Activities in Socialist countries

Buddhist Activities in Socialist countries

114

This book was a traveler's diary of Bhikkhu Amritananda. He mentioned various aspects in this book such as social, economic, cultures, traditions, customs and religions of the visited country; China, North Vietnam, Mangolia and Ulan Ude.

Students and teachers.

Buddhist Geography of Ancient Nepal

Buddhist Geography of Ancient Nepal

16

his document was prepared for “The Fourth World Buddhist Conference, Kathmandu”. The document consisted many Buddhist holy shrines and places about their history, like Swayambhu, Guheswari, Deopata, Bodhnath, Bajra Jogini, Manichur Lake, Namobuddha, Vidhyadhori Jogini, Swarnabhumi and so on.

Buddhism Student and teacher

काँक्रेविहार

काँक्रेविहार

42

यस पुस्तकमा मध्यपश्चिमाञ्चलकाे एक मध्यकालिन बाैद्ध केन्द्र काँक्रेविहार विषयमा केन्द्रित छ । जसले कर्णाली क्षेत्रलाइ समेटेकाे छ । “सुर्खेत” सुर क्षेत्रकाे शब्दकाे अपभंश हाे भनी बताएर काँक्रविहार रहेकाे नगर र त्यसकाे विशेषता देखाएकाे छ । त्यँहाकाे भाैगाेलिक र सामाजिक विवरण दिनुकाे साथमा उसबेलाकाे मल्लराजाहरू बाैद्ध थिए भन्ने कुरा उल्लेख गर्दै तिनीहरूकाे वंशवर्ण समेत प्रस्तुत गरिएकाे छ ।

कर्णाली क्षेत्र र काँक्रविहारकाे भाैगाेलिक, सामाजिक र एतिहासिक विषय अध्यन गर्न चाहने विद्यार्थीहरूकाे लागी उपयाेगी ।

जापान भ्रमणको डायरी

जापान भ्रमणको डायरी

94

सन १९७८ मा टोकियोमा भएको १२ औं विश्वबौद्ध सम्मेलनमा भाग लिन जाँदाको यात्रा संस्मरणका साथै अन्य देश भ्रमण र बौद्ध गतिविघि सम्बन्धि जानकारी ।

१२ औं विश्व बौद्ध सम्मेलनको बारेमा अध्ययन गर्न सहयोग हुने ।

रसवाहिनी जम्बुदीपुप्पत्ति कथा

रसवाहिनी जम्बुदीपुप्पत्ति कथा

191

भद्दन्त रट्ठपाल स्थवीरले सम्पूर्ण द्वीप बासिहरुलाई हित सुख कल्याणकाे कामना गरी मगध भाषामा रुपान्तरण गरीराखेकाेलाई भद्दन्त वेदेह साभिंले संशाेधन गरी लेखिएकाे याे पुस्तक महामहेन्द प्रमुख अरहन्तहरुकाे दान कथा, सील कथा आदि घटनाक्रमलाई समेतेर दिएका उपदेशहरुलाई नेपाल भाषामा अनुवाद गरिएका छन् ।

अरहन्तहरुकाे दान र सीलका बारेमा अध्ययन गर्न चाहनेहरु ।

विश्वमा बुद्धधर्म

विश्वमा बुद्धधर्म

264

बुद्धधर्मकाे विश्व इतिहास अर्थात नेपाल लगायत २६ बिभिन्न देशहरुमा बुद्धधर्म कसरी बिस्तार र विकास भयाे भन्ने बिषयमा उल्लेख गरिएकाे छ ।

विश्वमा बुद्धधर्मकाे इतिहासक बारेमा अध्ययन गर्न इच्छुकहरु ।

थाइल्याण्डया बाैद्ध धर्म व नेपालीलिसेया स्वापू

थाइल्याण्डया बाैद्ध धर्म व नेपालीलिसेया स्वापू

85

यस पुस्तकमा थाइल्याण्डकाे बुद्ध धर्म, बाैद्ध सम्पदा चाडपर्वकाे विषयवस्तु सहित नेपालमा बाैद्ध धर्म प्रचार गर्न प्रमुखदेन दिनुभएकाे संघराजा साेमदेत फ्रा. ञानसम्बरकाे याेगदानकाे बिषयमा उल्लेख भएकाे पाइन्छ । उँहाकाे नै याेगदान स्वरूप नेपाली भिक्षु, श्रामणेर र अनागारिकाहरू थाइलयाण्डमा बुद्ध शिक्षा अध्यन गर्ने अवसर सहित थाइल्याण्ड र नेपाल बिचकाे सुमधुर सम्बन्धकाे विषयमा प्रस्तुत गरिएकाे छ ।

थाइल्याण्ड र नेपाल बिचकाे धार्मिक सम्बन्धकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी ।

अतीतका गाैरव नालन्दा (लेख संग्रह)

अतीतका गाैरव नालन्दा (लेख संग्रह)

132

यस पुस्तकमा बाैद्धजगत एवं एशियाका एक महान सम्राट कनिष्क, प्राचीन चीनिया यात्री फाहियान सघंनायक भिक्षु शाक्यनन्द महास्थविर, नेपालका जेष्ठ अनागारिकात्रय, शाक्यमुनी बुद्धका अग्रश्रावकद्धयमा अस्थिधातु, प्राचीन बाैद्ध विश्व विद्यालय र २० अैा शताब्दीका हुयानसाङ्ग एवं राहुल साकृत्यानकाे यात्राद्धय गरी जम्मा १० वटा विषयवस्तुका रचनाहरू यसमा समावेश भएकाे पाइन्छ ।

बाैद्ध इतिहास अध्यन गर्ने विद्यार्थी वर्गहरूकाे लागी उपयाेगी । 

साेलुखुम्बु यात्राकाे डायरी

साेलुखुम्बु यात्राकाे डायरी

69

यस पुस्तकमा साेलुखुम्बुकाे रहन सहन, शेर्पा जातीले बुद्ध धर्म कसरी अपनाइरहेका छन भन्ने बिषयवस्तुलाइ आफ्नाे अनुभव १५ दिने यात्रा विवरणसहित प्रस्तुत गरिएकाे छ ।

साेलुखुम्बुकाे बिषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।