त्रिपिटकको संक्षिप्त परिचय

No custom field value found!

त्रिपिटक बौद्धहरूको पवित्र ग्रन्थ हो । सिद्धार्थले बुद्धत्व प्राप्तगरि बुद्ध भइसकेपछि ४५ बर्षसम्म ग्राम ग्राम, निगम निगम, प्रदेश प्रदेशमा गर्नुभएको धर्मको उपदेश, शिक्षाहरूको संग्रहित रूप नै त्रिपिटक हो । ‘त्रि’ ले तीन वटा र ‘पिटक’ ले टोकरी वा भाँडो जनाउँछ । भगवान बुद्ध महापरिनिर्वाण भईसकेपछि भिक्षु महाकाश्यप, भिक्षु आनन्द लगायत उहाँका मुख्य मुख्य शिष्यहरूका साथै पाँच सयजना अर्हत् भिक्षुहरू सम्मिलित भइ बुद्धवचनको संगायना गर्नुभयो । बुद्ध परिनिर्वाणको १०० वर्षपछि स्थविरहरूले बैशालीमा दोस्रो संगायना गरे । त्यसपछि अशोक महाराजको समयमा मौद्गलिपुत्रको प्रधानतामा पाटलिपुत्रमा तेस्रो संगायन भयो, जुनबेला त्रिपिटकलाई लिपिबद्ध गरिएको थियो । यसरी नै पालि साहित्य अनुसार चौथो संगायना वट्टगामिनी अभयको पालामा श्रीलंकामा, पाचौं संगायना मिन्डोन राजाको समयमा र प्रधानमन्त्री ऊ नु को समयमा छैंठौ संगायना गरी म्यान्मारमा दुई पटक सम्पन्न भयो । त्यही संगायनाहरूमा संग्रह गरिएका बुद्धको शिक्षालाई नै आधिकारीक रूपमा लिइदै आईरहेको छ । त्यही आधारमा त्रिपिटकमा समाबेस भएका ग्रन्थहरू निम्नअनुसार छन्ः

त्रिपिटक

क सुत्तपिटक ख विनयपिटक ग अभिधम्मपिटक
१. दीघनिकाय १. पाराजिकापालि १. धम्मसङ्गणिपालि
२. मज्झिमनिकाय २. पाचित्तियपालि २. विभङ्गपालि
३. संयुत्तनिकाय ३. महावग्गपालि ३. धातुकथापालि
४. अंगुत्तरनिकाय ४. चुल्लवग्गपालि ४. पुग्गलपञ्ञत्ति
५. खुद्दकनिकाय ५. परिवारपालि ५. कथावत्थुपालि
खुद्दकनिकाय अर्न्तगत ६. यमकपालि
१. खुद्दकपाठ ७. पठ्ठानपालि
२ धम्मपद
३.उदान
४ इतिवुत्तक
५.सुत्तनिपात
६. विमानवत्थु
७.पेतवत्थु
८.थेरगाथा
९. थेरीगाथा
१०. जातक
११ महानिद्देस, चूलनिद्देस
१२.पटिसम्भिदामग्ग
१३.अपदान
१४.बुद्धवंस
१५.चरियपिटक

यसरी त्रिपिटकको अट्ठकथा, टीका र अनुटीका हुँदै बिकास भएको पालि त्रिपिटक बिभिन्न भाषामा अनुवाद भईसकेका छन् । नेपालमा पनि थेरबाद बुद्धधर्मको बिकाससँगै पालि त्रिपिटकको नेपालभाषा र नेपाली भाषामा अनुबाद भइरहेको छ । जति पनि अनुबाद भएका छन् ती सबै पुस्तकहरु डिजिटलाइज गरी सहजरूपमा उपलब्ध गराउने उद्देश्यले धम्मडिजिटलले ‘त्रिपिटक’ नामक छुट्टै कोलम बनाई उपलब्ध गराएका छौं ।

Summary:

No custom field value found!

Targeted Audience:

No custom field value found!

Total Pages:

No custom field value found!

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

No custom field value found!

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Writer:

Editor:

Translator:

Publisher:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!