Recently Posted

ललितविस्तर

ललितविस्तर

383

पालि त्रिपिटकका बारेमा संक्षिप्त रुपमा भूमिका समेटिएको छ । भगवान बुद्धको जीवन चरित्रका प्रमुख घटनाहरूका साथै भगवान बुद्धले बताउनु भएका शील समाधी प्रज्ञाका बिशेष उपदेशहरू र विशेष व्यक्तिहरूका बारेमा त्रिपिटकमा उल्लेख भएका घटनाहरूलाई समेटिएर प्रस्तुत गरिएका छन् ।

पालि त्रिपिटकको संक्षिप्त तथा भगवान बुद्धको जीवनी र विशेष उपदेशहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

महास्वप्न जातक

महास्वप्न जातक

54

भगवान् बुद्धले श्रावस्तीका कोशल नरेशलाई भविष्यमा यस संसारमा मानिसहरूको मनोबृत्ति र वातावरण कसरी परिवर्तन हुँदै जानेछन् भनी बुझाउने तरीकाले १६ वटा स्वप्नहरू सचित्र निमित्तको रूपमा देखाएर बताउनु भएको देशनालाई उल्लेख गरिएको छ ।

भगवान् बुद्धले कोशल नरेशलाई देशना गर्नु भएको १६वटा स्वप्नहरूको बारेमा अध्ययन गर्न चाहनेहरू

थेरवाद बुद्धधर्ममा पूण्यानुमोदन

थेरवाद बुद्धधर्ममा पूण्यानुमोदन

152

भगवान् बुद्ध कै समयदेखि चलिआएको पूण्यानुमोदनको पराम्परालाई आजसम्म कसरी अघि बढाउँदै आएको छ, पूण्यानुमोदनको अर्थ, किन गर्नुपर्छ? यसको प्रकृया के हो ? कसलाई पूण्य दिनुपर्छ? पूण्य अनुमोदन गर्ने देव, सत्त्व भूतहरू भनेका को को हुन भन्ने कुरा उल्लेख गरेका छन् । पूण्य र कुशल एउटै हुन भन्ने कुरालाई पनि उजागर गरिएको छ । श्रीलंका थाइलैण्ड बर्मा देशमा पूण्यानुमाेदन गर्ने तरीका नेपालमा भन्दा के कसरी फरक छ भन्ने विषयमा पनि चर्चा गरिएको छ ।

थेरवाद बुद्धधर्ममा पूण्यानुमोदनका बारेमा अध्ययन गर्न चाहनेहरू ।

देश विकासको लागि बुद्धशिक्षा

देश विकासको लागि बुद्धशिक्षा

82

बौद्ध दर्शनमा केन्द्रित रहि बिभिन्न शिर्षकमा लेखेका लेखहरूलाई संग्रहित गरिएका यस पुस्तकमा १७ वटा लेखहरू छन् । व्यवहारीक जीवनमा कुशल व्यवस्थापनका लागि बुद्ध शिक्षाको भूमिकालाई बिभिन्न शिर्षकमा उल्लेखित गरिएका छन् ।

व्यवहारीक जीवनमा कुशल व्यवस्थापनका लागि बुद्ध शिक्षाको भूमिका बारे जान्न चाहनेहरू ।

शासनवंश

शासनवंश

भगवान् बुद्धको जीवनी र तेस्रौ बौद्ध सम्मेलनका विवरण, सिंहल द्विपको धार्मिक इतिहाससँग सम्बन्धित विवरण, महान अर्थकथाचार्य बुद्धघोषको जीवनी वर्णनऽ वंश साहित्य मोगल्यान व्याकरण, सुवण्ण भूमीको शासन इतिहासको वर्णन, योनक राष्ट्रको धार्मिक इतिहास, बुद्ध परिनिर्वाणको ४३३बर्षमा कुक्कुटसीव राजा वनवासी राज्य गरेको साथै पाँच अर्हतहरुले बसोबास गरेको र वहाँहरूलाई आवश्यक सम्पूर्ण प्रत्ययले सेवा सम्बन्धि वर्णन,अपरान्त राष्ट्र शासनवंशको वर्णन, काश्मिर, गन्धार, अहिंसक, महाराष्ट्र, चिन राष्ट्र आदिको शासनवंसका बारेमा वर्णन गरिएका छन् ।

सिंहल द्विपको धार्मिक इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

महावंश

महावंश

239

भगवान् बुद्ध तीनपटक श्रीलङ्का जानुभई त्यहाँका मानिसहरूलाई सद्धर्मको उपदेश दिनु भएको बारेमा उल्लेख भएको, भारतीय बौद्ध विद्वान श्रद्धेय भिक्षु आनन्द कौसल्यायनले सन् १९२९मा हिन्दीमा अनुवाद गर्नुभएको ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको छ । सिंहलमा पालि त्रिपिटक र अट्ठकथाहरुको अतिरिक्त दीपवंश र महावंशको दुबै ग्रन्थ सिंहलको ए‌ेतिहासिक ग्रन्थ हुन् । महावंशमा श्री लङ्काका महान व्यक्तिहरूको वंश परिचय (पाँचौ शताव्दी (ई.पू.) देखि चौथौ (ई.) सम्मको झण्डै साँढे आठ सय बर्षको), भगवान् बुद्धको श्रीलङ्का आगमनका साथै विजय राजा देखी महासेन राजासम्मको कालानुक्रमणिका, भारतका राजा विम्विसार देखि सम्राट अशोक सम्मका राजाहरूको वंशक्रम र बुद्धका शिष्य उपालि महास्थविर देखि लिएर अशोक पुत्र महेन्द्र महास्थविरसम्मको आचार्य

श्रीलङ्काको ए‌तिहासिक कालखण्डमा बुद्ध सासनको अवस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

पायासि सूत्र (पायासि राजन्य सूत्र)

पायासि सूत्र (पायासि राजन्य सूत्र)

43

नेपालका साताैं संघनायक श्रद्धेय ज्ञानपूर्णिक भन्तेज्यूको पहिलाे अनुवाद पुस्तक “पायसि राजन्य सूत्र” जसमा पायसि राजाले परलाेकका बारेमा राखेको जिज्ञासामा भिक्षु कुमार काश्यप महास्थविरले उत्तर दिनु भएको बिषयमा सूत्रकाे आधारमा प्रस्तुत गरिएको छ ।

परलोक छ छैन् भन्ने बिषयमा जान्न चाहनेहरू ।

प्रज्ञा दरशन

प्रज्ञा दरशन

115

त्रिपिटकाचार्य श्री राहुल सांकृत्यायनले लेखेको प्रज्ञा दर्पण पुस्तकको हिन्दी भाषामा अनुवाद गरीएको पुस्तकबाट मज्झिम निकाय र दीघ निकाय भित्र रहेका अलगदुपम सूत्र, महापुराणम सूत्र, अग्गञ्ञ सूत्र, चुल्ल वेदल्ल सूत्र यी ४ सूत्रलार्इ लेखकको अध्ययन र अनुभवको आधारमा उल्लेख गरिएको छ ।

मज्झिम निकाय र दीघ निकाय केही सूत्रको बारेमा अध्ययन गर्न चाहनेहरू ।

दृष्टि व तृष्णा ल्यहे थनेगु उपदेश

दृष्टि व तृष्णा ल्यहे थनेगु उपदेश

ऊ.सुन्दर महाशी धर्मकायिक कर्मस्थानाचार्य नायक सयादोले विपश्यना ज्ञान अवबोध गर्नका लागि गम्भिर बुद्ध वचनलाई समेटिएर सबै प्रकारका मानिसहरुले बुझ्न सकिने गरी लेखिएको पुस्तकलाई भाषा अनुवाद गरीएको छ ।

विपश्यना भावना अभ्यास गर्न चाहने योगीहरू ।

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

44

स्मृतिपूर्वक सतिपट्ठान विपस्सना ध्यान अभ्यास शिविर भईरहेको अवधिमा ध्यान योगीहरुले पालन गर्नुपर्ने शील प्रार्थना, बुद्धपूजा, मैत्रीभावना, भोजन गर्ने बेलामा प्रत्यवेक्षण गर्नुपर्ने पिण्डपात पच्चवेक्खण, महोपकारक महाशी सयादोको ओवाद स्मरणिका कविता र योगीहरूले पालन गर्नुपर्ने नियम एवं समय तालिका समावेश गरिएक छन् ।

सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्दा अपनाउनु पर्ने नियमहरूको बारेमा जान्न चाहनेहरू ।

भावना

भावना

19

भगवान् बुद्धले दान शील र भावनाका बारेमा बताउनु भएको छ । दान र शीलको साथसाथै भावना गर्नु पनि अति आवश्यक छ । चित्त संसारमा एकदम महत्त्वपूर्ण छ । जब मन वा चित्तलाई राम्रो र शुध्द गर्न सकिन्छ तबमात्र कर्म राम्रो हुन्छ र सुखि र सुगतिगामी हुन सक्छौं । मन वा चित्तलाई शुध्द गर्नको लागि ध्यान भावना गर्नु पर्दछ र अरूप्रति मैत्री भावना गर्नु पर्दछ । यसर्थ मैत्री भावना के हो, मैत्री भावना गर्ने बिधि, मैत्री भावनाको फल आदिका बारेमा उल्लेख गरिएको छ ।

मैत्री भावनाका बारेमा जान्न चाहनेहरू ।

बौद्ध ध्यान

बौद्ध ध्यान

125

कल्याणमित्र सत्य नारायण गोयन्काज्यूले बनारस र बुद्धगयामा ध्यानभावना शिविरमा हिन्दी र अंग्रेजी भाषामा दिनुभएको प्रवचनलाई आधार बनाएर ध्यानभावनाको अनुभवहरु सम्पादन गरिएको हो । ध्यान शिविरमा रहँदा आइपरेका विभिन्न मानसिक विध्नहरुलाई उल्लेख गरिएको साथै ध्यानभावना शिविरमा पालन गर्नुपर्ने नियमहरू देखि विपस्सना ध्यानभावना गुरुबाट दैनिक रुपमा प्राप्त प्रवचनहरु र मैत्री भावनालाई अनुभवको आधारमा संग्रहित गरि प्रस्तुत गरिएको छ ।

बुद्धधर्मका बारेमा जान्न चाहनेहरू ।

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

सिहलद्वीप श्रीलंका एक अध्ययन

सिहलद्वीप श्रीलंका एक अध्ययन

27

सिहलद्वीप - श्रीलंकाकाे एतिहासिक प्राचीन कथन, राजा दुट्ठगामणीकाे उदय, बुद्धधर्मकाे प्रचार प्रसारमा त्रिपिटककाे लिपीबद्ध, भिक्षु महेन्द र भिक्षुणी संघमित्राकाे श्रीलंका प्रवेश र परिनिर्वाणका साथै भिक्षुणी प्रव्रज्या र उपसम्पदाकाे विषयका बिषयबस्तुहरूलाई समेटि प्रस्तुत गरिएकाे छ ।

सिहलद्वीप-श्रीलंकाकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

शाक्य राज्यकाे उत्थान र पतन्

शाक्य राज्यकाे उत्थान र पतन्

27

नेपालका एक गाैरवशाली जाति शाक्यवंशकाे उत्पत्ति, काेलियग्राम र काेलिय जातिकाे उत्पत्ति, शाक्यजातिकाे पतन, शाक्यजातिहरू पुगेका देशहरू आदि एतिहासिक विषयबस्तुहरूलाई समेतिएर प्रस्तुत गरिएकाे छ ।

शाक्यजातिकाे इतिहासकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

आचार्य भिक्षु अमृतानन्द प्रव्रजित हुनु अगाडी नेपालमा थेरवाद भिक्षुहरुकाे अवस्था, तिब्बेतियन परम्परा अनुसार काठमाण्डाैंमा प्रव्रजित हुनु भएका चारजना प्रव्रजितहरूलाई तत्कालिन राणा शासकले देश निकाला गरेकाे, त्यसपछि प्रव्रजितहरूकाे अवस्थाका साथै नेपालमा बुद्धधर्मलाई पुनःउत्थान गर्न त्यसबेलाका अन्य भिक्षुहरूका साथै भिक्षु अमृतानन्दले गर्नु भएका स्मरणीय घटनाहरु तथा याेगदानका बारेमा उल्लेख गरेका छन् । स्वयम्भुमा नेपालकाे प्रथम थेरवाद विहारकाे स्थापना र अन्य स्थानहरूमा पनि विहारहरूकाे स्थापना (विहारकाे नाम र बिहार प्रमुखकाे नाम सहित) र प्रव्रजितहरूकाे संख्या, यसकाे साथै बाैद्ध साहित्यहरूकाे प्रकाशन जसमा पत्रिकाहरुका साथै भिक्षु अमृतानन्दका पुस्तकहरूकाे सूचिका साथै अविस्मरणिय फाेटाेहरू पनि समावेश गरेका छन् ।

नेपालमा थेरवाद बुद्धधर्मकाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न इच्छुकहरू‌ ।

बाैद्ध तीर्थयात्रा

बाैद्ध तीर्थयात्रा

142

भगवान बुद्धले आफ्नाे कीर्ति पताका फहराएका स्थानहरू नालन्दा, राजगिर, बाेधगया, सारनाथ, लुम्बिनी आदिस्थानहरूकाे यात्रा गर्दाकाे अनुभव, स्थानकाे ऐतिहासिक तथ्यहरूकाे जानकारी र बुद्ध सम्बन्धि पुरातात्त्विक बस्तुहरूकाे परिचयका साथै स्थलकाे महत्त्व र सम्बन्धित फाेटाेहरू संग्रहित गरी प्रस्तुत गरिएका छन् ।

बाैद्ध संवेजनिय तीर्थस्थलहरूकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

श्राविका व मय्‌जुपिं

श्राविका व मय्‌जुपिं

76

भिक्षु अमृतानन्द्र महास्थविरले लेख्नु भएकाे बुद्धकालीन श्राविका चरित्र र बुद्धकालिन महिलाहरू मध्ये कपिलवस्तु र काेलियका बुद्धकाे समयका तीन जना क्षीणाश्रवी भिक्षुणी र तीन जना आर्य मार्गमा पुगेका महिलाहरूका सार संक्षिप्त जीवनीलाई नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गरीएकाे छ । यसमा महाप्रजापति गाैतमी, यशाेधरा, नन्दा, कालिगाेधा शाक्य, राेहिणी क्षत्री कन्या, काेलीय सुप्रवाशाकाे जीवनीलाई समावेश गरीएका छन् । उनीहरूकाे जीवनमा के कस्ता घटनाहरू घटे, कस्ता कस्ता कार्यहरू गरी अग्रज स्थानमा पुग्नसके भन्ने बारेमा उल्लेख गरीएका छन् ।

बुद्धकालिन कपिलवस्तुका श्राविका र महिलाहरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।

यलया बौद्ध न्हय्‌सःलिसः कासा छगू अध्ययन

यलया बौद्ध न्हय्‌सःलिसः कासा छगू अध्ययन

143

ललितपुर जिल्लाब्यापि अन्तर पुस्तकालयको बुद्ध र बुद्धधर्म सम्बन्धि प्रश्नउत्तर खेलको रजत जयन्ति (बुद्ध सम्बत् २५१७ देखि २५४१ सम्म) को उपलक्ष्यमा प्रकाशित यस पुस्तकमा प्रथम पटक देखि २५औं पटकसम्म संचालित प्रश्नउत्तर प्रतियोगिताबारे एतिहासिक पृष्ठभूमि सहित बिस्तृत गतिबिधीहरु, सहभागिहरु एवं पुरस्कार बिजेताहरूकाे विवरण आदि समावेश गरिएका छन् ।

बुद्ध र बुद्धधर्म सम्बन्धि प्रश्नउत्तर खेलका बारेमा जानकारी हासिल गर्न चाहनेहरू ।

वर्माः अनुभव र अनुभूति

वर्माः अनुभव र अनुभूति

113

अनाेजा गुरुमांले वर्मा भ्रमण गर्दाकाे समयमा वर्मा देशका बिभिन्न स्थानहरु र त्यहाँका मानिसहरुकाे बारेमा आफ्नाे अनुभवहरुलाई बिभिन्न शिर्षक दिई व्यक्त गरीएकाे छ । जस्ताे की बर्माकाे विवाह संस्कार, शुद्ध चित्तले दिएकाे दानकाे फल, पूर्वजन्मकाे बिषय, वईकाे घटना, चश्मा भएकाे बुद्धमूर्ति, शिल पालन, कसैलाई पनि हेप्नु हुँदैन, थिराेसँ चेतिकाे इतिहास, माेलमिन सुवर्णभूमि, चारवटा महामुनि फया (चैत्य), भगाँ वा पुगाँ, साेयत गाैफया (चैत्य), भद्राकुण्डला केशा, पाैवा (पुवा) फूलकाे पहाड, बाेधितथाैंफया माेन्यवा, नाग र भगवान बुद्धकाे मूर्ति, च्याथियुफया, बुबाकाे चित्त, काैमुदाे फया, झकाई पहाड, बर्माकाे प्रबजित गरिने तरिका, महामुनी फया, मण्डल हिल, छाेउपाैन्या स्यँ, आदी शिर्षकहरूमा आफ्ना अनुभवहरू संगालिएका छन् ।

बर्माकाे बिभिन्न बाैद्धस्थलहरु र त्यहाँकाे धार्मिक आस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

मानसिक शान्ति र जीवन यात्रामा दार्शनिक दृष्टिहरू

मानसिक शान्ति र जीवन यात्रामा दार्शनिक दृष्टिहरू

51

महाबोधि सभा, सारनाथबाट बु.स. २४७९ देखि निरन्तर प्रकाशित हुने हिन्दी मासिक “धर्मदूत“ मासिक पत्रिकामा प्रकाशित हुँदै आएको प्रो. लालजीराम शुल्कको बुद्धधर्म, कला, संस्कृति, साहित्य, पुरातत्त्व आदि सम्बन्धि ८वटा लेखहरू संकलन र सम्पादन गरिएको र डा. भदन्त शान्ति शास्त्रिको “जीवनयात्रामा दार्शनिक दृष्टिहरू“ नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएका छन् ।

बुद्ध शिक्षाका मानसिक शान्ति र दार्शनिक दृष्टिहरूका बारेमा जान्न चाहनेहरू ।

कर्म व उकिया विपाक  चूलकम्म विभंग सूत्र व कर्म व मनुष्यया लिधंसाय् व्बलंगु

कर्म व उकिया विपाक चूलकम्म विभंग सूत्र व कर्म व मनुष्यया लिधंसाय् व्बलंगु

मनुष्य जाति पृथ्वीकै सर्वश्रेष्ठ प्राणी भएता पनि सबैजना सुखी प्रज्ञावान उच्चकुलीन सर्वगुण सम्पन्न नहुने दुःखी दरिद्र असक्षम अल्पायु रोगी आदि पनि हुने गर्दछ । यी सबै असमानता हुनुको मुख्य कारण कर्मफल र कर्म विपाकको कारणले हुने हो भनि भगवान् बुद्धद्वारा देशना गर्नु भएको चूलकम्म विभंग सूत्रको आधारमा पद्यात्मक शैलीमा व्याख्या गरिएको छ ।

बुद्ध शिक्षामा कर्म विपाकका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जीवन या समस्या

जीवन या समस्या

121

बर्माका बिश्व बिख्यात षष्ठ संगायनका प्रश्नकर्ता अग्गमहापण्डित महोपकारक महाशी सयादोले बर्माका सुबिख्यात बैज्ञानिक परिपेक्षद्वारा धर्मलाई बुझ्न चाहने एक बिद्वान डाक्टरीले जन्म / पूर्नजन्म कर्मफल कर्म विपाकको विषयमा राखेको जिज्ञासालाई परलोक गर्भ प्रतिष्ठा गर्भ बृद्धि प्राण पूर्न जन्म आदि देखि पञ्चशीलका विभिन्न पक्षहरू समेतिएर दिनुभएको उत्तरलाई अनुवाद गरी पुस्तकको रुपमा प्रस्तुत गरिएको छ ।

बुद्ध शिक्षालाई बैज्ञानिक दङ्गबाट बुझ्न र अध्ययन गर्न चाहनेहरू ।

बुद्ध जीवन र दर्शन

बुद्ध जीवन र दर्शन

110

श्रीलंकाका महासंघनायक डा. भिक्षु सद्धातिस्सद्वारा अंग्रेजी भाषामा लेखिएकाे “द लाइफ अफ द बुद्ध” काे हिन्दीभाषामा अनुवादीत पुस्तकलाई नेपाली भाषामा अनुवाद गरिएकाे यस पुस्तकमा बुद्धकाे जीवनी, धर्मदर्शन र त्यससँग सम्बद्ध घटनाहरूकाे सन्दर्भमा उहाँकाे शिक्षाहरूकाे विवेचना, साधना पथ र धर्मकाे रूपरेखाहरूलाई प्रस्तुत गरिएकाे छ ।

बुद्ध जीवनी र उहाँकाे सिद्धान्तका बारेमा अध्ययन गर्न चाहनेहरू ।

मानसिक शान्ति र जीवन यात्रामा दार्शनिक दृष्टिहरू

मानसिक शान्ति र जीवन यात्रामा दार्शनिक दृष्टिहरू

51

महाबोधि सभा, सारनाथबाट बु.स. २४७९ देखि निरन्तर प्रकाशित हुने हिन्दी मासिक “धर्मदूत“ मासिक पत्रिकामा प्रकाशित हुँदै आएको प्रो. लालजीराम शुल्कको बुद्धधर्म, कला, संस्कृति, साहित्य, पुरातत्त्व आदि सम्बन्धि ८वटा लेखहरू संकलन र सम्पादन गरिएको र डा. भदन्त शान्ति शास्त्रिको “जीवनयात्रामा दार्शनिक दृष्टिहरू“ नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएका छन् ।

बुद्ध शिक्षाका मानसिक शान्ति र दार्शनिक दृष्टिहरूका बारेमा जान्न चाहनेहरू ।

अहिंसाः बिजय

अहिंसाः बिजय

बुद्ध शासनमा देवदत्तले गरेका गतिविधीहरूका साथै लोकमा अकुशल कर्म गरेपछी जन्मजन्मान्तरसम्म पनि त्यसको विपाकको भागीदार होइन्छ भन्ने कुरालाई वार्तालापको रुपमा प्रस्तुत गरीएका छन् ।

देवदत्तको कृयाकलाप र कर्म विपाकका बारेमा जानकारीबारे जान्न चाहनेहरू ।

ज्योति ज्ञान माला

ज्योति ज्ञान माला

26

भगवान् बुद्धलाई संस्मरण गरी ज्ञानमाला भजनकाे रूपमा सत्रवटा भजनहरु प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धलाई ज्ञानमाला भजनको रूपमा जान्न चाहनेहरू ।

धर्मया ज्ञान

धर्मया ज्ञान

57

भगवान् बुद्धकाे शिक्षालाई नैतिक शिक्षाको रुपमा आम मानिस माझ बिभिन्न शिर्षक जस्तो बुद्धको व्यक्तित्त्व, शिलवान तर कर्तव्य थाहा नपाएको भिक्षु, लाभि, स्वभाव, दाेषमात्र देख्ने स्वभाव, चित्त गृहपति, दुरदर्शिता, चीन बौद्ध समाज आदि बिषय दिइ प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षालाई नैतिक शिक्षाको रूपमा अध्ययन गर्न चाहनेहरू ।

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

258

भगवान् बुद्धले साताैं बर्षावासको समयमा श्रावस्ती नगरको कण्डम्ब बृक्षमूलमा तीर्थंकर दमनार्थ यमक प्रातिहार्य प्रदर्शनपछि तीन पाइला चालेर तावतिंस देवलोकमा देवब्रह्माहरुलाई बर्षाबास तीन महिनासम्म लगातार निरन्तरता दिइ देशना गर्नु भएको गम्भिराती गम्भिर मनोबैज्ञानिक धर्मको बिश्लेशण र विवेचना गरीराखेको धर्मस्कन्धको संगालो त्रिपिटकको तेस्रो पिटक अभिधर्म हो । यसमा चित्त, चैतसिक, रुप र निर्वाणका बिषयलाई नौ वटा काण्डमा विभाजन गरी परमार्थ धर्म, प्रज्ञप्ति धर्म, नामरुप धर्म, समुच्चय धर्म, ध्यानकाे कर्मस्थान, बोधिपक्षिय धर्म, प्रतित्यसमुत्पाद आदि बिषयमा बिस्तृत रुपमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

भगवान् बुद्धको मनोबैज्ञानिक धर्मलाई बिस्तृत रुपमा अध्ययन गर्न चाहनेहरू ।

अभिधम्मत्थसङ्गहाे

अभिधम्मत्थसङ्गहाे

आचार्य अनुरुद्धद्वारा पालि भाषामा रचना गरिएकाे यस ग्रन्थ अभिधर्मपिटककाे प्रवेशिकाकाे रुपमा चित्त चैतसिक रुप र निर्वाण चार परमार्थ धर्म लाई सुस्पष्ट र सुसम्बद्धरुपले उल्लेख गरिएका छन् ।

अभिधर्मका बारेमा अध्ययन गर्न चाहनेहरु ।

अभिधर्म

अभिधर्म

142

भिक्षुणी धम्मवतीद्धारा सम्पादन तथा अनुवादित बुद्धधर्मको मूल सार अभिधर्म हो । यस्तो सारपूर्ण उपदेश अभिधर्म भाग १, अभिधर्म भाग २ लाई एउटै पुस्तकमा निकालिएको हो । अति गम्भिर उपदेश चित्त कण्ड, चेतसिक कण्ड, पकिण्णक कण्ड, वीथिकण्ड, वीथिमुत्त, रुपकण्ड, समुच्चयकण्ड, पच्चयकण्ड, कम्मट्ठानकण्डलाई धम्मवती गुरुमांले सरल तरिकाबाट देशना गर्नु भएको अभिधर्मको प्रविधिक शब्दहरुलाई रीना तुलाधरको प्रयासबाट निकालिएको हो ।

बुद्धधर्मको सारपूर्ण उपदेश धम्मावती गुरुमांद्धारा देशना गर्नु भएको ३१ भाग डि. भि. डि. को प्राविधिक शब्दहरुको अध्ययन गर्न चाहनेहरु ।

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

398

पालि साहित्यकाे त्रिपिटक अन्तर्गतकाे अभिधर्म पिटककाे अभिधर्मार्थ संग्रहमा भएका नाैवटा खण्डहरू मध्ये रूपकाण्ड, समुच्चय काण्ड, प्रत्यय काण्ड, कर्मस्थान काण्डहरूका बारेमा उल्लेख गरिएका छन्।

अभिधर्मका बारेमा अध्ययन गर्न चाहनेहरू ।

लोक नीति

लोक नीति

32

लोकमा भएका मनुष्यहरुकाे उन्नती प्रगति लागि सहयोग पुर्याउने शिक्षा हेतु भिक्षु अनिरुद्धले प्रकाशित गर्नुभएको धम्मपद जातक आदिको पालि गाथाको शब्दार्थ र भावार्थलाई नेपाल भाषामा अनुवाद सहित पद्यानुवाद गरीएको यसमा पुस्तकमा पण्डित काण्ड, सुजन काण्ड, दुर्जन काण्ड, मित्र काण्ड, स्त्रीकाण्ड, राज काण्ड, पकिण्णक काण्ड आदि शिर्षकलाई समावेश गरी प्रस्तुत गरिएको छ ।

बुद्धशिक्षालाई लोकनीतिको रूपमा अध्ययन गर्न चाहनेहरू ।

राज्यय् विवेक दयेमाः

राज्यय् विवेक दयेमाः

42

नेपाल भाषाको पत्रिका सन्धा टाइम्समा लेखकको बुद्ध शिक्षा सम्बन्धि प्रकाशित १३वटा लेखहरुलाई संकलन गरिएका छन् । जसमा “बुँया दोषा धाँय्, दे समाजया दोष …… ?”, “सुनां मखुगु खँ ल्हाँइ वं छु पाप मयाइ ?”, “कर्मचारी व्यवस्थापन धर्मया लिधंसाय् मनूतयेके दयेमाःगु गुण-लाज व भय”, “नेवाः भ्वजय् अयलाः व थ्वँ”, “मनू जीवनया प्यँगू गति”, “राज्यय् विवेक दयेमाः विनाश ज्वीगु कारण”, “भिंगु ज्या याये थाकु मभिंगु ज्या याये अःपु”, “व्यक्तिया शारीरिक व मानसिक विकासया लागि धार्मिक व नैतिक शिक्षा”, “सामाजिक हिउपाःया लागि बुद्ध शिक्षा”, “मानव अधिकार व मौलिक स्वतन्त्रताया लागि बुद्ध शिक्षा” शिषकका लेखहरु समावेश गरिएका छन् ।

सन्धा टाइम्समा छापिएका बुद्ध शिक्षाका बिबिध लेखहरू अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

अमूल्य धन

अमूल्य धन

86

मैत्री, करुणा, मुदिता, श्रद्धाधन, शिलधन, लज्जा र भय, श्रुतधन, धर्मको कुराले चोरको मन बदल्यो, धेरैमन परेकोले दुःख, त्यागधन, प्रज्ञाधन आदी बिबिध बिषयहरूका बारेमा उल्लेख गरिएकाछन् ।

बुद्धशिक्षाको बिबिध बिषयका बारेमा अध्ययन गर्न इच्छुकहरू ।