भिक्षु सुदर्शन

बाैद्ध संस्कृति

बाैद्ध संस्कृति

270

बुद्ध, बुद्धधर्म, बाैद्ध साहित्य र बाैद्ध इतिहास आदि विषय बस्तुका बारेमा बिभिन्न पत्रपत्रिकाहरु, स्मारिकाहरु र संगाेष्ठी पुस्तिकाहरुमा छापिएका लेख रचनाहरुबाट ३६ वटा लेखरचनाहरुलाई सम्पादन गरिएका छन् । जस्तैः बुद्धः पालि र संस्कृत वाङ्गमयमा, बुद्ध र बद्धधर्म, बुद्धधर्मका मूलभूत विशेषताहरु, बौद्ध दृष्टिमा अहिंसा, बौद्ध संस्कृतिमा रक्तदान, नेपाल उपत्यकामा बुद्ध धर्म आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

बाैद्ध साहित्य र इतिहासकाे बारे अध्ययन गर्न चाहनेहरु ।

आमाबुवाकाे सेवा

आमाबुवाकाे सेवा

62

भगवान् बु्द्धकाे समयमा घटेकाे घट्ना र प्रसंग सहित आमा बुबाकाे सेवा गर्दाको फल र विपाकसँग सम्बन्धित बिबिध १९ वटा शिर्षक जस्तैः आमाबुबाको अर्थ, आमाबुबा नै ब्रह्मा, मातृ-ममता आमाबुबा नै पूर्वाचार्य, आमाबुबाको सेवाबाट सुगति, राहुलको आदर्श आदी प्रस्तुत गरिएका छन् ।

सबै वर्गकाे लागि उपयाेगी ।

पटाचारा

पटाचारा

115

बुद्धकालिन श्रावस्ती नगरको एक साम्भ्रन्त परिवारमा माया र ममतामा हुर्केकी छोरी आफ्नै घरमा काम गर्ने दाससँग प्रेमको बशमा परि भागेर विवाह गर्छन् । लामो समयपछि गर्भवति अवस्थामा माइत जाने रहरले माइततिर गइरहेको क्रममा जङ्गगलको बाटोमा नवजात शिशुको जन्म हुन्छ भने श्रीमानलाई सर्पले टोकेर मृत्यु हुन्छ । त्यसपछि आफ्ना दुई बच्चाहरु मध्ये एउटा बच्चालाई खोला पार गर्ने क्रममा बगाउँछ भने अर्को नवजात शिशुलाई चीलले मासुको डल्लो सम्झेर आहारा बनाउँछ । यसरी परिवारको बिछोडको पीडामा छट्पटिएर फर्कने क्रममा माइतमा पनि आमा-बुबा र भाई समेत प्रकृतिक दुर्घटनामा परि मृत्यु भएको समाचारले मानसिक सन्तुलन गुमाउन पुग्छिन । यही प्रेम द्वन्द अनि वियोगका मार्मिक घट्नाहरूका

पटाचाराको जीवनलाई पद्यमय नाटकको रुपमा पढ्न चाहनेहरू ।

नेपालय् बुध्द-धर्म (भाग २)

नेपालय् बुध्द-धर्म (भाग २)

82

नेपालमा बुद्ध धर्म भन्नाले तत्कालिन समयको तराईकाे फाँट हिमाली खण्ड अनि काठमाण्डौ उपत्यका र वरीपरीको परिवेशको सन्दर्भमा बुद्धकालीन समयदेखी नै बुध्द धर्मको प्रभाव नेपालमा रहेको ऐतिहासिक प्रमाणहरूका बारेमा उल्लेख गरिएको छ । किंवदन्ति र प्रमाणहरू अनुसार पहिलेका बुध्दहरूको जन्म, स्वयम्भूको उत्त्पत्ति, बुध्दहरू उपत्यकामा आउनु भएको अनि प्रमाणिक रुपमा अशोक सम्राट उपत्यकामा आउनु भएको, धर्मदूतहरू पठाउनु भएको देखि लिच्छवी कालसम्ममा बज्रयान र महायानको रुपमा बुध्दधर्मको उत्थान भएको प्रामाणिक रुपमा भएता पनि नेपालमा बुद्ध धर्मको कसरी प्रचार प्रसारका बारेमा संक्षिप्तमा उल्लेख गरिएको छ ।

नेपालमा बुध्दकालिन समय देखी लिच्छवीकालसम्म बुध्दधर्मका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्ध र बुद्धधर्मकाे संक्षिप्त परिचय

बुद्ध र बुद्धधर्मकाे संक्षिप्त परिचय

भिक्षु अश्वघाेषद्वारा बुद्ध र बुद्धधर्मकाे संक्षिप्त परिचय अन्तर्गत बुद्धकाे प्रथम सन्देश, बुद्धकाे व्यक्तित्व, बुद्धधर्ममा युवावर्गकाे दायित्व, कर्मफल र बाैद्ध जीवन-चर्या पद्धति (बौद्ध-संस्कारहरू), पूर्वजन्म, पुनजर्न्म, आत्मा, अनात्म आदि विषयहरूका बारेमा पहिलाे खण्डमा उल्लेख गरिएकाे छ । दाेश्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित बुद्धधर्मप्रति शासकहरूकाे असहिष्णुता बिषयमा बुद्धभूमि नेपालमा हिन्दु शासकहरूले बुद्ध धर्मप्रति गरेका अन्याय, दमन, असहिष्णुताका बारेमा बुद्धधर्मकाे एतिहासिक र राजनैतिक पक्षका आदि बिबिध बिषयका बारेमा उजागर गरिएकाे छ ।

बुद्धधर्म र बुद्धधर्मकाे ऐतिहासिक पक्षकाे अध्ययन गर्न चाहनेहरू ।

अम्बपाली

अम्बपाली

195

बुद्धकालीन समयका एक नारी अम्बपालीकाे जीवनी र तत्कालिन समयकाे परिवेशलाई नाटकीय सम्वादमा प्रस्तुत गरिएका छन् ।

अम्बपालीकाे जीवनी बारे अध्ययन गर्न चाहनेहरू ।

विश्वय् बुद्ध धर्म (भाग २)

विश्वय् बुद्ध धर्म (भाग २)

74

विभिन्न बाैद्ध विद्वान लेखकहरूले बिभिन्न देशहरूमा बुद्धधर्मको प्रवेश, विभिन्न कालखण्डहरूमा यसको अवस्था र विस्तारका बारेमा लेखिएका लेखहरूलाई संग्रह गरिएका छन् । जस्तो किः तिब्वतको, कुचायको, मलायाको बुद्धधर्म - लेखक राहुल सांकृत्यायन; जापानको बुद्धधर्म - लेखक भदन्त आनन्द काैसल्यायन; चीनको बुद्धधर्म - लेखक प्रो. शाओ चांग ली र इन्डोनेशियाको - बुद्धधर्मका अनुवादक प्रो. आशाराम शाक्यका लेखहरू सम्पादन गरि प्रस्तुत गरिएका छन् ।

विश्वका विभिन्न देशहरू (तिब्वत, कुचाय, मलाया, जापान, चीन र इन्डोनेशिया) मा बुद्धधर्मको प्रवेश र प्रचार प्रसारका बारेमा अध्ययन गर्न चाहनेहरू ।

लायकुली सिद्धार्थ

लायकुली सिद्धार्थ

33

यस पुस्तकमा बुद्ध जीवनीकाे तीन आायाम वर्णन गरिएकाे छ । जन्म, गृहत्याग र ज्ञान प्राप्ति ।

बुद्ध जीवनी अध्यन गर्न चाहने वर्गहरूकाे लागी उपयाेगी ।

बौद्ध बाखं

बौद्ध बाखं

77

बौद्ध कथाको चित्त दुखाएर बितेर गएपनि सद्गतिमा गएको ५ वटा घटनाको आघारमा लेखिएको हो ।

बौद्ध कथाको जानकारी लिने ईच्छुक बारे ।

कथिनाेत्सव

कथिनाेत्सव

43

कथिनाेत्सव यस पुस्तकमा कथिनकाे महत्व कथिन दान गर्ने समय, कथिनदानकाे फल र कथिनाेत्सवकाे प्रश्नाेत्तर समावेश गरिएकाे छ ।

कथिनकाे विषयमा उत्सुक पाठककमे लागी उपयाेगी छ ।

बुध्द र उहाँकाे सन्देश

बुध्द र उहाँकाे सन्देश

94

समय समयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका सन्देशमूलक बुध्दका उपदेशहरू संकलन रहेकाे छ ।

चैत्य पुजा

चैत्य पुजा

42

नेपालमा प्रचलित विभिन्न किसिमका चैत्यहरूकाे बारेमा वर्णन गरिएकाे छ । साथै पुजा सम्बन्धि व्याख्या पनि समावेश छ ।

बाैद्ध शिक्षण संस्थामा अध्यन अध्यापन गर्ने व्यक्तिहरूकाे लागी उपयाेगी छ।

सप्त सम्बोध्याङ्ग

सप्त सम्बोध्याङ्ग

बुद्ध बन्नका लागि चाहिने सातवटा अंग अर्थात सप्त सम्बोधि अंगको विषयमा व्याख्या ।

सप्त सम्बोधि अंगको बारेमा जानकारी पाउन चाहने व्यक्तिहरू ।

बुद्ध र बुद्धधर्मकाे संक्षिप्त परिचय

बुद्ध र बुद्धधर्मकाे संक्षिप्त परिचय

पुस्तककाे मूख्य विषयःयस पुस्तकमा भिक्षु अश्वघाेषले धार्मिक सहिष्णुता,धार्मिक स्वतन्त्रतालाइ जाेड दिएर लेख्नुभएकाे छ भन्ने भिक्षु सुदर्शनले बुध्दधर्मकाे महत्व,बुध्दधर्मकाे अभिप्रायलाइ दर्शाउनुभएकाे छ ।

बुद्धधर्म अध्ययनमा रूचि भएकाहरू

लुम्बिनी

लुम्बिनी

80

लुम्बिनीको एैतिहासिक विवेचना, सिद्धार्थ जन्मभूमिको अध्ययन र अशोक स्तम्भ बारेमा चर्चा ।

शिक्षकवर्ग, विद्यार्थी वर्ग, अनुसन्धानकर्ताहरू ।

पद्यपाणि बाेधिसत्व

पद्यपाणि बाेधिसत्व

167

पद्यपाणि बाेधिसत्वकाे जीवनी । यिनकाे मूर्तिहरू कहाँ कहाँ छ भन्ने विषयमा विश्लेषण तथा उत्पति र विकाश बारे उल्लेख

मूर्तिकलामा रूची भएका र बाेधिसत्व बारे जान्न इच्छुक वर्ग ।