Sutta

शासनवंश

शासनवंश

भगवान् बुद्धको जीवनी र तेस्रौ बौद्ध सम्मेलनका विवरण, सिंहल द्विपको धार्मिक इतिहाससँग सम्बन्धित विवरण, महान अर्थकथाचार्य बुद्धघोषको जीवनी वर्णनऽ वंश साहित्य मोगल्यान व्याकरण, सुवण्ण भूमीको शासन इतिहासको वर्णन, योनक राष्ट्रको धार्मिक इतिहास, बुद्ध परिनिर्वाणको ४३३बर्षमा कुक्कुटसीव राजा वनवासी राज्य गरेको साथै पाँच अर्हतहरुले बसोबास गरेको र वहाँहरूलाई आवश्यक सम्पूर्ण प्रत्ययले सेवा सम्बन्धि वर्णन,अपरान्त राष्ट्र शासनवंशको वर्णन, काश्मिर, गन्धार, अहिंसक, महाराष्ट्र, चिन राष्ट्र आदिको शासनवंसका बारेमा वर्णन गरिएका छन् ।

सिंहल द्विपको धार्मिक इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

महावंश

महावंश

239

भगवान् बुद्ध तीनपटक श्रीलङ्का जानुभई त्यहाँका मानिसहरूलाई सद्धर्मको उपदेश दिनु भएको बारेमा उल्लेख भएको, भारतीय बौद्ध विद्वान श्रद्धेय भिक्षु आनन्द कौसल्यायनले सन् १९२९मा हिन्दीमा अनुवाद गर्नुभएको ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको छ । सिंहलमा पालि त्रिपिटक र अट्ठकथाहरुको अतिरिक्त दीपवंश र महावंशको दुबै ग्रन्थ सिंहलको ए‌ेतिहासिक ग्रन्थ हुन् । महावंशमा श्री लङ्काका महान व्यक्तिहरूको वंश परिचय (पाँचौ शताव्दी (ई.पू.) देखि चौथौ (ई.) सम्मको झण्डै साँढे आठ सय बर्षको), भगवान् बुद्धको श्रीलङ्का आगमनका साथै विजय राजा देखी महासेन राजासम्मको कालानुक्रमणिका, भारतका राजा विम्विसार देखि सम्राट अशोक सम्मका राजाहरूको वंशक्रम र बुद्धका शिष्य उपालि महास्थविर देखि लिएर अशोक पुत्र महेन्द्र महास्थविरसम्मको आचार्य

श्रीलङ्काको ए‌तिहासिक कालखण्डमा बुद्ध सासनको अवस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

पायासि सूत्र (पायासि राजन्य सूत्र)

पायासि सूत्र (पायासि राजन्य सूत्र)

43

नेपालका साताैं संघनायक श्रद्धेय ज्ञानपूर्णिक भन्तेज्यूको पहिलाे अनुवाद पुस्तक “पायसि राजन्य सूत्र” जसमा पायसि राजाले परलाेकका बारेमा राखेको जिज्ञासामा भिक्षु कुमार काश्यप महास्थविरले उत्तर दिनु भएको बिषयमा सूत्रकाे आधारमा प्रस्तुत गरिएको छ ।

परलोक छ छैन् भन्ने बिषयमा जान्न चाहनेहरू ।

प्रज्ञा दरशन

प्रज्ञा दरशन

115

त्रिपिटकाचार्य श्री राहुल सांकृत्यायनले लेखेको प्रज्ञा दर्पण पुस्तकको हिन्दी भाषामा अनुवाद गरीएको पुस्तकबाट मज्झिम निकाय र दीघ निकाय भित्र रहेका अलगदुपम सूत्र, महापुराणम सूत्र, अग्गञ्ञ सूत्र, चुल्ल वेदल्ल सूत्र यी ४ सूत्रलार्इ लेखकको अध्ययन र अनुभवको आधारमा उल्लेख गरिएको छ ।

मज्झिम निकाय र दीघ निकाय केही सूत्रको बारेमा अध्ययन गर्न चाहनेहरू ।

गिरिमानन्द सुत्र

गिरिमानन्द सुत्र

22

रोग व्याधिबाट पीडित गिरिमानन्द भिक्षुलाई रोग मुक्त्त गर्न उपदेश गर्नुभएको दशसंज्ञा भावनालाई भगवान् बुद्धले आनन्द भिक्षुलाई गिरिमानन्द भिक्षुलाई सुनाउनु भनि बताउनु भएको थियो । गिरिमानन्द भिक्षुको नामबाट चिनिएको यस गिरिमानन्द सुत्रको मूल पाली र नेपाल भाषामा अनुवाद सहित प्रस्तुत गरिएको छ ।

गिरिमानन्द सुत्रको मूल पालि सहित अर्थ बुझ्न चाहनेहरू ।

बुद्धवादका सारहरू

बुद्धवादका सारहरू

79

श्रीलङ्कामा अंग्रेजी भाषामा प्रकाशित Essentials of Buddism पुस्तकलाई नेपाली अनुवाद गरिएकाे यस पुस्तकमा भगवान बुद्धकाे जीवनी, शील, समाधि, प्रज्ञा, प्रतीत्यसमुत्पाद, अनित्य, दुःख, अनात्म, सहित २४ वटा शिर्षकमा व्यवहारिक, राजनीतिक, सामाजिक र आर्थिक पक्षहरूलाई समय सान्दर्भिक सिगाल सूत्र, व्याघपज्जा सूत्र आदि विविध बिषयलाई प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

त्रिपिटक प्रवेश

त्रिपिटक प्रवेश

226

बाैद्ध ग्रन्थ त्रिपिटककाे संक्षिप्त परिचयका साथ तीनवटा पिटकहरू विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटककाे परिभाषा त्यसमा समेटिएका नियम, सूत्र, गाथा र उपदेशहरूलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएकाे छ ।

त्रिपिटककाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन विमानकथा

बुद्धकालीन विमानकथा

पालि त्रिपिटकमध्ये सुत्तपिटककाे खुद्दकनिकाय अन्तरगतकाे विमानवत्थु पालिकाे ७ वर्गका ८४ कथाहरू मध्येबाट बत्तीस कथाहरू संग्रहित गरिएका छन् । यी कथाहरूमा पवित्र हृदय लिएर त्रिशरणमा प्रतिष्ठित भई दान गरेमा दान अनुसारकाे कर्मफल प्राप्ति बारेमा उल्लेख गरिएका छन् ।

दानकाे महिमाकाे बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन श्रावक चरित (भाग-६) (महाकाश्यप-चरित)

बुद्धकालीन श्रावक चरित (भाग-६) (महाकाश्यप-चरित)

भगवान् बुद्धका तृतीय श्रावक हुनु भएका र धुताङ्गधारी भिक्षुहरू मध्येका अग्र महाकाश्यप महास्थविरकाे चरित्रका बारेमा उल्लेख गरीएकाे छ । बाैद्ध साहित्यमा उहाँसंग सम्बन्धित भएका ३२वटा सूत्रहरू समावेश गरेका छन् ।

अग्र धुताङ्गधारी महाकाश्यप महास्थविरकाे चरित्रकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्रह्मादिदेव (भाग २)

बुद्धकालीन ब्रह्मादिदेव (भाग २)

373

पालि त्रिपिटक साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित चातुर्महाराजा, यमराजा, राेहितस्स देवपुत्र, बासुदत्त देवपुत्र, वेण्डु देवपुत्र, वेपचित्ति असुरेन्द्र, वैराेचन असुरेन्द्र, शक्र भन्ने यक्ष र शक्र देवेन्द्र गरी ९ पात्रहरूकाे बारे र यिनीहरूकाे सम्बन्धमा बिभिन्न निकायहरूमा संग्रहित ३५ सूत्रहरू संग्रहित गरिएका छन् ।

देवपुत्र तथा शक्र देवहरूका बारेमा जानकारी, अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्रह्मादिदेव (भाग १)

बुद्धकालीन ब्रह्मादिदेव (भाग १)

666

पालि त्रिपिटक साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित असुर नाम भएका १, देवपुत्र नाम भएका १९, देवपुत्री नाम भएकाे १, ब्रह्मा नाम भएका ५, यक्ष नाम भएका ४ तथा यक्षिणी नाम भएका २ गरी जम्मा ३२ पात्रहरूकाे बारेमा र यिनीहरुकाे सम्बन्धमा बिभिन्न निकायहरूमा संग्रहित ४० सूत्रहरू पनि संग्रहित गरिएका छन् ।

भगवान बुद्धले भेटेका ब्रह्मा तथा देव पुत्र तथा देवपुत्री असुर यक्ष तथा यक्षिणीहरूका बारेमा जानकारी, अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्राह्मण (भाग २)

बुद्धकालीन ब्राह्मण (भाग २)

596

बुद्धकालीन ब्राह्मणहरु अजित माणव, अस्सलायन माणव, उदायी ब्राह्मण, कसिभारद्वाज ब्राह्मण, कूटदन्त ब्राह्मण, गणकमाेग्गल्लान ब्राह्मण, गाेपकमाेग्गल्लान ब्राह्मण, घाेटमुख ब्राह्मण, जाणुस्साेणि ब्राह्मण, तिस्समेत्तेय्य ब्राह्मण, देवहित ब्राह्मण, धनञ्जानि ब्राह्मण, नगरविन्दय्यक ब्राह्मणहरू र नन्द माणव गरि चाैध जना ब्राह्मणहरुकाे बारेमा बिभिन्न निकायहरूमा उल्लेख भएका २६वटा सूत्रहरू सहित प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्राह्मण (भाग १)

बुद्धकालीन ब्राह्मण (भाग १)

493

बुद्धकालीन ब्राह्मणहरुकाे आध्यात्मिक अवस्था र उनीहरुकाे दर्शनहरुका बारेमा र छवटा संघायनकाे संक्षिप्त जानकारी उल्लेख गरिएकाे छ । यसमा जटा भारद्वार ब्राह्मण, अहिंसक भारद्वाज ब्राह्मण, मातृपाेषक ब्राह्मण, धनपति ब्राह्मण, आदि गरी बिभिन्न ३१ जना ब्राह्मणहरूका चरित्रकाे साथै उहाँहरूसँग सम्बन्धित बिभिन्न निकायहरूमा उल्लेखित ४२वटा सूत्रहरूकाे बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन गृहस्थीहरु (भाग-३)

बुद्धकालीन गृहस्थीहरु (भाग-३)

622

बुद्धकालीन गृहस्थीहरु मध्ये २३जना पात्रहरू; पञ्चकङ्ग थपति, पाटलिय गामणि, पाटलि गाउँका उपासकहरु, पुण्ण काेलियपुत्र, पेस्स माहुनेपुत्र, पाेतलिय गृहपति, बेलट्ठ कच्चान, भद्रक गामणि, मणिचूल गामणि, मानदिन्न गृहपति, मेण्डक गृहपति, याेधाजीव गामणी, राजगृहसेठ, रासिय गामणिह, वज्जियमाहित गृहपति, वासेट्ट उपासक, सन्धान गृहपति, साल्ह मृगारनारी, सिङ्गलक गृहपतिपुत्र, सिरिवड्ढ गृहपति, सुप्पबुद्ध कुष्टी, स्राेण गृहपतिपुत्र र हालिद्दिकानि गृहपतिका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा तिस (३०) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन गृहस्थीहरु जसकाे नाम “प” देखि “ह” सम्मका २३जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन गृहस्थीहरु (भाग-२)

बुद्धकालीन गृहस्थीहरु (भाग-२)

बुद्धकालीन गृहस्थीहरु मध्ये पच्चिस जना पात्रहरू; अस्साराेह गामणि, असिबन्धकपुत्र गामणि, इच्छानङ्गलक उपासक, उग्गह मेण्डकनत्ता, उदेन उपासक, उपकमण्डिकापुत्र, उपालि केटा, उपालि गृहपति, ऋषिदत्त र पुराण स्थपतिहरु, कल्यालभत्तिक गृहपति, केवट्ट गृहपति, घटिकार कुमाले, घाेषित गृहपति, चण्ड गामणी, चम्पावासी उपासकहरु, चुन्द कम्मारपुत्र, तालपुट नटगामणी, दशम गृहपति, दारुकम्मिक गृहपति, दीघजाणु काेलियपुत्र, दीघावु उपासक, धनिय गाेप, धम्मदिन्न उपासक, धम्मिक उपासक र नन्दिय शाक्यका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा एकतिस (३१) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन गृहस्थीहरू जसकाे नाम “अ” देखि “न” सम्मका २५जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन गृहस्थीहरु (भाग-१)

बुद्धकालीन गृहस्थीहरु (भाग-१)

बुद्धकालीन दश जना गृहस्थी उपासकहरू जसलाई बुद्धद्वारा प्रशंसित छन् - तपुस्स र भल्लुक गृहपति, अनाथपिण्डिक गृहपति, चित्र गृहपति, हस्तक आलवक, महानाम शाक्य, वैशालीवासी उद्‌गत गृहपति, हस्तिग्रामवासी उद्‌गत गृहपति, शूर अम्बष्ठ गृहपति, जीवक वैद्य र नकुल‌पिता गृहपतिका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन गृहस्थी उपासकहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।