श्रीलंकाका बिद्वान बद्देगम विमलवंश महास्थविरले पालि भाषामा लेख्नुभएको किताबलाई साधारण पालि शब्द र अर्थ व्याकरण अनि सामान्य वाक्यहरु निर्माण जस्ता कुरा सिकाउने उदेश्य राखी केहि नेपालीकरण गरि अनुवाद गरिएको छ ।
पालि भाषा सिक्न चाहनेहरू ।
परित्राणकाे निदान, परित्राण पाठ परम्परा, परित्राणकाे सुरूवात र निरन्तरताका केहि कुरा, देव आराधना, बुद्ध वन्दना देखि पुब्बण्ह सुत्त गरी १२ वटा पालिभाषामा परित्राण सुत्त सहित देव आराधना देखि मङ्गल सुत्तसम्मकाे शब्दार्थ, भावार्थ, अभिप्राय तथा कथात्मक प्रसंग सहित व्याख्या गरिएकाे छ ।
परित्राण सूत्रकाे भावार्थ सहित शब्दार्थ अध्ययन तथा अध्यापन गर्न चाहानेहरू ।
भिक्षुणी धम्मवतीद्धारा सम्पादन तथा अनुवादित बुद्धधर्मको मूल सार अभिधर्म हो । यस्तो सारपूर्ण उपदेश अभिधर्म भाग १, अभिधर्म भाग २ लाई एउटै पुस्तकमा निकालिएको हो । अति गम्भिर उपदेश चित्त कण्ड, चेतसिक कण्ड, पकिण्णक कण्ड, वीथिकण्ड, वीथिमुत्त, रुपकण्ड, समुच्चयकण्ड, पच्चयकण्ड, कम्मट्ठानकण्डलाई धम्मवती गुरुमांले सरल तरिकाबाट देशना गर्नु भएको अभिधर्मको प्रविधिक शब्दहरुलाई रीना तुलाधरको प्रयासबाट निकालिएको हो ।
बुद्धधर्मको सारपूर्ण उपदेश धम्मावती गुरुमांद्धारा देशना गर्नु भएको ३१ भाग डि. भि. डि. को प्राविधिक शब्दहरुको अध्ययन गर्न चाहनेहरु ।
भगवान बुद्धले ४५ बर्षसम्म देशना गर्नु भएका ८४००० धर्मस्कन्धहरुकाे संग्रह त्रिपिटककाे सूत्र पिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय हाे । यस निकायमा एक देखि एघार निपातसम्म संख्याकाे हिसाबले धर्मदेशनालाई बिभाजन गरिएका छन् भने यसमा एकक निपात देखि तिकनिपात सम्मकाे मात्र सुत्त-सारका साथै पालि र त्यसकाे नेपाल भाषामा अर्थ समेत उल्लेख गरेका छन् ।
अङ्गुत्तर निकायकाे बारेमा पालि र त्यसकाे अर्थ नेपाल भाषामा अध्ययन गर्न चाहनेहरू ।
भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख
कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।