Meditation

दृष्टि व तृष्णा ल्यहे थनेगु उपदेश

दृष्टि व तृष्णा ल्यहे थनेगु उपदेश

ऊ.सुन्दर महाशी धर्मकायिक कर्मस्थानाचार्य नायक सयादोले विपश्यना ज्ञान अवबोध गर्नका लागि गम्भिर बुद्ध वचनलाई समेटिएर सबै प्रकारका मानिसहरुले बुझ्न सकिने गरी लेखिएको पुस्तकलाई भाषा अनुवाद गरीएको छ ।

विपश्यना भावना अभ्यास गर्न चाहने योगीहरू ।

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

बुद्धपूजा, मैत्री भावना र स्मरणिका कविता

44

स्मृतिपूर्वक सतिपट्ठान विपस्सना ध्यान अभ्यास शिविर भईरहेको अवधिमा ध्यान योगीहरुले पालन गर्नुपर्ने शील प्रार्थना, बुद्धपूजा, मैत्रीभावना, भोजन गर्ने बेलामा प्रत्यवेक्षण गर्नुपर्ने पिण्डपात पच्चवेक्खण, महोपकारक महाशी सयादोको ओवाद स्मरणिका कविता र योगीहरूले पालन गर्नुपर्ने नियम एवं समय तालिका समावेश गरिएक छन् ।

सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्दा अपनाउनु पर्ने नियमहरूको बारेमा जान्न चाहनेहरू ।

भावना

भावना

19

भगवान् बुद्धले दान शील र भावनाका बारेमा बताउनु भएको छ । दान र शीलको साथसाथै भावना गर्नु पनि अति आवश्यक छ । चित्त संसारमा एकदम महत्त्वपूर्ण छ । जब मन वा चित्तलाई राम्रो र शुध्द गर्न सकिन्छ तबमात्र कर्म राम्रो हुन्छ र सुखि र सुगतिगामी हुन सक्छौं । मन वा चित्तलाई शुध्द गर्नको लागि ध्यान भावना गर्नु पर्दछ र अरूप्रति मैत्री भावना गर्नु पर्दछ । यसर्थ मैत्री भावना के हो, मैत्री भावना गर्ने बिधि, मैत्री भावनाको फल आदिका बारेमा उल्लेख गरिएको छ ।

मैत्री भावनाका बारेमा जान्न चाहनेहरू ।

बौद्ध ध्यान

बौद्ध ध्यान

125

कल्याणमित्र सत्य नारायण गोयन्काज्यूले बनारस र बुद्धगयामा ध्यानभावना शिविरमा हिन्दी र अंग्रेजी भाषामा दिनुभएको प्रवचनलाई आधार बनाएर ध्यानभावनाको अनुभवहरु सम्पादन गरिएको हो । ध्यान शिविरमा रहँदा आइपरेका विभिन्न मानसिक विध्नहरुलाई उल्लेख गरिएको साथै ध्यानभावना शिविरमा पालन गर्नुपर्ने नियमहरू देखि विपस्सना ध्यानभावना गुरुबाट दैनिक रुपमा प्राप्त प्रवचनहरु र मैत्री भावनालाई अनुभवको आधारमा संग्रहित गरि प्रस्तुत गरिएको छ ।

बुद्धधर्मका बारेमा जान्न चाहनेहरू ।

मानसिक शान्ति

मानसिक शान्ति

76

महाबाेधि सभा, सारनाथबाट बु‍. सं. २४७९ (सन् १९३५) देखि निरन्तर प्रकाशित “धर्मदूत” मासिक पत्रिकामा प्राे. लालजीराम शुल्कका प्रकाशित ८ वटा रचनाहरू संग्रह गरीएकाे छ । जसमा मुख्यत चित्त एकाग्रतालाई अहिंसा, महान पुरूषकाे संगत, सही महानता, भगवान बुद्धकाे शिक्षाकाे बिशेषता आदि विभिन्न शिर्षकमा व्याख्या गरिएकाे छ । यसका साथै बाैद्ध समकृत विहारका आजीवन सदस्य समेत रहेका यस पुस्तकका प्रकाशक सतीसचन्द्र पाैलकाे संक्षिप्त जीवनी पनि उल्लेख गरीएकाे छ । सम्पादकका प्रकाशित पुस्तकहरूकाे सूचि पनि उल्लेख गरिएका छन् ।

बुद्ध शिक्षामा ध्यान भावनाकाे बिशेषताका बारेमा जान्न चाहनेहरू ।

Buddhist Insight Meditation

Buddhist Insight Meditation

138

The Author has explained in this book what he understood through meditating and mentioned how he was inspired by meditation. He mentioned that he had associated with some colleagues who faithfully believed in meditation, and participated 3 times in Satya Narayan Goenka's meditation retreat at Varanasi and Bodhagaya. He did not properly understand the subject of meditation even though he was a Monk (Bhikshu). As he practiced the mindfulness of breathing in and out meditation he recognized what he is. When his mind was distracted or whenever the mind traveled towards finding faults with others, he thought to himself, "you

Those who wish to know about meditation.

Meditation Buddhism in Practice

Meditation Buddhism in Practice

89

This book is divided into two parts; meditation and introduction to Buddhism. The first part aims to provide basic concepts of meditation, in particular to the Buddhist point of view on mental cultivation and a simple step by step instruction to find relaxation and to deepen inner peace through insight meditation. The second part introduces an overview of Buddhism and its fundamental teachings mainly based on the Theravada Buddhist tradition.

Followers of the Buddha's teaching

विपश्यना प्रवाह

विपश्यना प्रवाह

148

श्री सत्य नारायण गोयन्काज्यूकाे १० दिनकाे ध्यान शिविरमा दैनिक हुने ध्यान कार्यका बारे र साथसाथै ध्यान बाेधलाई के कसरी ध्यान गर्ने, यसकाे लक्ष्य के हाे भन्ने कुरा जान्नकाे लागि हरेक दिन साँझ हुने धर्म चर्चामा गुरूजीले दिनु भएकाे प्रवचन वा‍ उपदेशकाे अनुवाद गरी सरल र बाेधगम्यरूपमा प्रस्तुत गरिएकाे छ ।

ध्यान सम्बन्धि रूची राख्ने वा श्री सत्य नारायण गोयन्काज्यूकाे १० दिनकाे ध्यान शिविरका बारेमा जानकारी हासिल गर्न चाहनेहरू ।

Meditation Guidance

Meditation Guidance

20

Meditation is a method of knowing one’s own mind and how it works. Knowing the mind helps one to become a master of the mind rather than a slave. The mind, despite being formless, colourless and shapeless, normally, is engaged either in the past memories or in the illusory world of the future. Meditation is to contemplate what one does. In Buddhist meditation one also needs to reflect or concentrate on an object. So there are two types of meditation in Buddhism. The tips; how to start the meditation, its objects and destruction are included in this book.

Followers of meditation.

प्रवचन प्रवाह

प्रवचन प्रवाह

ध्यानगुरू सत्यनारायण गोयन्काले दश दिवशिय ध्यान भावना शिविरमा दैनिक दिनु भएका प्रवचनहरुको संगालो हो । यसमा शील‚ समाधि‚ प्रज्ञा अर्थात आर्यअष्टाङ्गिंक मार्गलाई मार्ग दर्शनका रूपमा अवल्मबन गरी जीवनलाई सार्थक बनाउने विपश्यना ध्यान भावनाको बारेमा उल्लेख गरिएका छन् ।

विपश्यना भावनाको बारेमा जान्न चाहनेहरू ।

पपतित सूत्रया व्याख्या

पपतित सूत्रया व्याख्या

192

अङ्गुत्तर निकाय चतुष्कनिपात भण्डग्रामवर्ग अन्तर्गतकाे २९औं सूत्र पपतित सूत्र हाे । यस सूत्रलाई ओवादाचरिय पण्डिताराम सयादाे भद्दन्त पण्डिताभिवंस महास्थविरले लुम्बिनीकाे पण्डिताराम ध्यानकेन्द्रमा ई सं २००३ फरवरी १३ तारिक (बि.सं. २०५९ फाल्गुन १ गते) देखि संचालन गर्नु भएकाे दश दिने महास्मृतिप्रस्थान विपश्यना भावना शिविरमा मैत्री करुणापूर्ण दिनुभएकाे देशनालाई संग्रह गरीएकाे हाे । दैनिक देशना गर्नुभएकाे उपदेशलाई शिर्षकमा छुत्याएर (पपतित भनेकाे के हाे?, तीन प्रकारकाे क्लेश ‍‍‍‍…. शील, समाधि, प्रज्ञा र विमुत्ति आदी) प्रस्तुत गरिएका छन् ।

ध्यान भावना गर्ने साधकसाधिका सहित सबै ।

बोधिपक्खिय दीपनी

बोधिपक्खिय दीपनी

भगवान बुद्धको मूल सिद्धान्त सैंतीस बोधिपक्खिय धर्मको सार अंशको रुपमा व्याख्या गरीएका अनेक दीपनीहरु मध्ये एक हो । यसमा बिभिन्न प्रकारका पुद्गलहरु‚ शिल‚ समाधि‚ प्रज्ञा‚ बोधिपक्खिय धम्म अर्त्तगत चार सतिपट्ठान‚ चार सम्पप्पधान‚ चार इद्धिपाद‚ पाँच इन्द्रिय‚ पाँच बल‚ सात सम्बोज्झङ्ग‚ आठ मग्गङ्ग र बोधिपक्खिय धम्म अर्त्तगत कसरी अभ्यास गर्ने त्यसैगरी सासन दायादका बारेमा उल्लेख गरिएका छन् ।

भगवान बुद्धको मूल सिद्धान्त सैंतीस बोधिपक्खिय धर्मको बारेमा अध्ययन गर्न चाहनेहरू ।

विपश्यनाः एक जीवनपयोगी साधना

विपश्यनाः एक जीवनपयोगी साधना

भगवान बुद्धको उपदेश, सिद्धान्त, ध्यान विधिहरु र विपश्यना गर्ने पद्धति आदि बिबिध बिषयहरूलाई समेतिएर जीवनमा विपश्यना भावनाको उपयोगिताका बारेमा प्रस्तुत गरिएका छन् ।

विपश्यना भावनाको जीवनमा उपयोगिताका बारेमा जान्न चाहनेहरू ।

विपश्यना अभ्यास पद्धति

विपश्यना अभ्यास पद्धति

38

बर्माका प्रख्यात बौद्ध विद्वान अग्गमहापण्डित भदन्त शोभन महास्थविर महासी सयादोद्वारा लिखित Guide to the Practical Course of Vipassana Meditation र Practical Basis Exercises in Satipathana Vipassana Meditation नामक पुस्तकको आधारमा लिखित यस पुस्तकमा विपश्यना भावना र त्यसको पद्धति अन्तर्गत विपश्यना भावनाको तयारी‚ अभ्यास गर्दा ध्यान दिइनु पर्ने कुराहरु‚ ध्यानको प्रगतिका बारेमा उल्लेख गरिएका छन् ।

ध्यान भावना गर्न चाहने साधकसाधीकाहरू ।

बुद्ध-बचन

बुद्ध-बचन

123

भदन्त आनन्द कौसल्यायनको "बुद्ध-बचन" र "सच्च-संगहो" नामक दुइ पुस्तकको तुलनात्मक अध्ययन गरी भगवान बुद्धको बिशेष उपदेश चतुआर्यसत्य र आर्यअष्टाङ्गीक मार्गलाई त्रिपिटकको बिभिन्न खण्डहरूबाट उदृत गरी प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धको बिशेष उपदेश चतुआर्यसत्य र आर्यअष्टाङ्गीक मार्गलाई अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

उत्पन्न विषयवस्तु भाविता गर्ने

उत्पन्न विषयवस्तु भाविता गर्ने

आर्यअष्टांगिकमार्गकाे आधार लिई उत्पन्न विषयवस्तुमा ध्यान भावना कसरी गर्ने भन्ने भावना विधि उल्लेख गरिएका छन् ।

सम्पूर्ण ध्यान भावना गर्ने साधकसाधिकाहरू ।