Jataka

लोक नीति

लोक नीति

32

लोकमा भएका मनुष्यहरुकाे उन्नती प्रगति लागि सहयोग पुर्याउने शिक्षा हेतु भिक्षु अनिरुद्धले प्रकाशित गर्नुभएको धम्मपद जातक आदिको पालि गाथाको शब्दार्थ र भावार्थलाई नेपाल भाषामा अनुवाद सहित पद्यानुवाद गरीएको यसमा पुस्तकमा पण्डित काण्ड, सुजन काण्ड, दुर्जन काण्ड, मित्र काण्ड, स्त्रीकाण्ड, राज काण्ड, पकिण्णक काण्ड आदि शिर्षकलाई समावेश गरी प्रस्तुत गरिएको छ ।

बुद्धशिक्षालाई लोकनीतिको रूपमा अध्ययन गर्न चाहनेहरू ।

निमि जातक

निमि जातक

45

सुत्तपितक अन्तर्गतको खुद्दक निकायको पन्धौं ग्रन्थ जातकमा समाबेश भएको ४५० वटा जातक मध्येको एक जातकका बारेमा उल्लेख गरेको छ । मानिसले आफ्नो जीवनमा गरेको पाप कर्मको फल दुर्गतिमा कसरी भोग्नु पर्छ साथै कुशल कर्मको फल स्वरुप सुगतिमा कसरी भोग्न पाइन्छ भनी वर्णन गरिएकोछ ।

कर्म र कर्मफलको बारे जान्न इच्छुकहरू ।

महास्वप्न जातक

महास्वप्न जातक

26

कोशल नरेशले रातको अन्तिम प्रहरमा देखेको सोर्हवटा स्वप्नको फलको बारेमा उल्लेख गरेको छ । भविष्यमा धर्मको क्षय हुँदै गएर राज्य अधर्मी हुँदै जाने, देशमा अति वृष्टि अनावृष्टि जस्ता दुर्भिक्षहरू हुने, अल्पायु मै सन्तान उत्पादन हुन थाल्ने, आदर गौरब गर्ने संस्कारको कमी हुँदै जाने, राजकाज गर्ने व्यक्तिहरू न्यायालयहरू दुशिलहरू र दुराचारी हुन थाल्ने, नागरिकहरू दुःखी दरिद्र हुने, राज्य संचालकहरू धनी र ऐश्वर्यवान हुन थाल्ने, त्यागीहरूमा लोभ र निर्लज्जता व्याप्त हुन थाल्ने, असाधै रोगहरु व्याप्त हुन थाल्ने, कानुन शुशीलहरु अपमानित हुन थाल्ने जस्ता अनेक दुर्गुणहरु देखा पर्ने जस्ता लक्षणहरुका बारेमा उल्लेख गरिएको छ ।

जातक कथाको आधारमा स्वप्नका बारेमा अध्ययन गरी नैतिक शिक्षाहरू बुझ्न चाहनेहरू ।

मेण्डक महाजन

मेण्डक महाजन

35

पालि त्रिपिटकको धम्मपद अट्ठकथा अन्तर्गतको एक जसमा मेण्डक महाजनादि पुण्यवान्‌हरूले अतितकालको एक जन्ममा महान् दुभिक्षको समयमा पनि आफ्ना दुःख वेदनाहरूलाई बास्ता नगरी श्रध्दा चित्तबाट प्रत्येक बुध्दलाई भोजन दानको गरी पुण्य संग्रह गरेका थिए । पूर्व जन्ममा गरिएको दानको फल यस जन्ममा फल प्राप्त भएको अनि मृत्यु पश्चात पनि सुगति फल प्राप्त भएको र भगवान् बुद्धको समयमा पनि मेण्डक महाजनको रुपमा जन्म हुँदा पनि धन धान्यले पूर्ण भएर जन्म लिएको कथाका बारेमा उल्लेख गरिएका छन् ।

शुध्द चित्तबाट गरिने दानको फलको बारेमा जान्न बुझ्न चाहनेहरू ।

महाबोधि जातक

महाबोधि जातक

39

पालिबाङ्गमयको खुद्दय निकाय अन्तर्गतको जातक कथामा रहेको ५२८औ भगवान बुद्ध बोधिसत्त्वले बोधिकुमार नामक ब्राह्मण कूलमा जन्म भई प्रज्ञा पारमिता ज्ञान धर्मको उपदेशले मिथ्यादृष्टिमा रहेकाहरूलाई उपदेश दिई जनहितको कार्य गर्नुभई बोधिसत्त्व धर्म चर्या गरेकोबारेमा उल्लेख गरिएको छ । यसमा अकुशल कर्महरूबाट जोगाई राज्यमा सुख शान्ती अनि न्याय कायम गरिदिएको प्रसंगहरु उल्लेखित छन् ।

जातक कथाद्वारा प्रज्ञा धर्म बोध गर्न चाहनेहरू ।

मघ मानवक

मघ मानवक

31

पालि धम्मपद अट्ठकथाको दोस्रो वर्ग अप्पमाद वर्गको एक कथा हो । यसमा विशेष गरि दान र शीलको पुण्यको बारेमा वर्णन गरेको छ । जस्तो की बाटो बनाउने धारा पोखरी बनाउने सत्तलहरु बनाउने जस्ता सामाजिक एवं परोपकारी कार्यहरु गर्ने त्यस्तै धैर्य सहिष्णुता प्रेम अनि समाजलार्इ सहि नेतृत्व गर्ने क्षमता राख्ने व्यक्तिहरुले आफ्नै जीवन कालमा राम्रो फल देख्न पाइन्छ भने मृत्यु पश्चात पनि सुगति नै प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

दान र शीलको पुण्य कार्यबाट आचरण सुधार गर्न चाहनेहरू ।

वेस्सन्तर जातक

वेस्सन्तर जातक

126

बाैद्ध साहित्यकाे मूलपालि त्रिपिटककाे खुद्दक निकाय अन्तर्गतकाे वेसन्तर जातक उल्लेख गरिएकाे छ । सर्वार्थसिद्ध भगवान बुद्ध हुनु भन्दा अगाडि बाेधिसत्त्वकाे अनेक जन्महरू मध्ये एक जन्म वेसन्तर राजकुमार हुँदाकाे जीवनीका बारेमा भएका अनेक कार्यहरूलाई दानकाण्ड, जूजुक काण्ड, क्षत्रिय काण्ड गरी तीन भागमा विभाजन गरी प्रस्तुत गरिएकाे छ ।

वेसन्तर जातक अध्ययन गर्न चाहनेहरू ।

दानपारमिता

दानपारमिता

89

बुद्ध बन्न प्रयासरत रहेका बाेधिसत्वले आफ्नाे चित्तलाई त्यागमय भावनाले पवित्र पार्न काेशिस गरिएका १० वटा पारमिता मध्ये प्रथम दान पारमिता अन्तर्गत रहेकाे १० वटा जातक कथाहरू - अकित्ति जातक, सङ्खपाल जातक, कुरूधम्म जातक, महासुदस्सन जातक, निमि जातक, महागाेबिन्द जातक, खण्डहाल जातक, सिवि जातक, सस जातक, वेस्सन्तर जातकका बारेमा उल्लेख गरिएकाे छ ।

दात पारमिता सम्बन्धि जातक कथाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

जातक कथा

जातक कथा

74

पालि जातक अट्ठकथा अनुसार भगवान् बुद्धबाट विभिन्न घटना र कारणलाई लिएर बर्तमान र पूर्व जन्मका घटनाहरू सम्बन्धमा देशना भएका ५४७ वटा कथाहरू मध्ये कपिलवस्तु र काेलियवासीहरू बीच हुन लागेकाे झगडा हुन नदिनकाे लागि देशना गर्नुभएकाे ५ वटा जातक कथा (फन्दन जातक, दद्दर जातक, लटुकिक जातक, रूक्खधम्म जातक, सम्माेदमान जातक) र अन्य तीन वटा गरी जम्मा नौवटा जातक कथाहरू उल्लेख गरिएका छन् ।

जातक कथाहरू अध्ययन गर्न चाहनेहरू ।

अनित्य संस्मरण

अनित्य संस्मरण

48

भदन्द आनन्द काैशल्यायनद्वारा हिन्दी अनुवादित “उरग जातक’ र महापण्डित राहुल सांकृत्यायनद्वारा हिन्दी अनुवादित “राष्ट्रपाल जातक”लाई आधारलिई अनुवाद गरीएकाे हाे ।

उरग जातक र राष्ट्रपाल जातक अध्ययन गर्न चाहानेहरू ।

आदित्त जातक व बुद्ध वन्दना

आदित्त जातक व बुद्ध वन्दना

53

पालि बाङ्गमयमा सूत्रपिटक अन्तर्तग रहेकाे जातक कथा ५५० वटा जातक मध्ये आदित्त जातक (४२४) काे जातक हाे । यस जातकमा श्रद्धा पूर्वक दान दिएका पूण्यवानहरुले धर्मानुकुल जीवन बिताएका लाेक कल्याणका कार्य गरी सुगती स्वर्ग प्राप्त गरेकाे बारेमा उल्लेख गरेकाे छ । यसका साथै धम्मपदका केही बचनहरू, बुद्ध वन्दना, प्रतिपति पूजा, चतुआर्य सत्य, दश कुशल र दश अकुशल, चार उत्तम मार्ग, दश पारम, पंचशीलकाे फलाफल र अकुशल विपाक, दश पूण्य क्रियाका साथै केही ज्ञानमालाहरू पनि उल्लेख गरिएका छन् ।

बुद्धशिक्षाका केही महत्त्वपूर्ण शिक्षाहरूका बारेमा संक्षिप्त जानाकारी ग्रहण गर्न चाहानेहरू ।

स्वपू जातक बाखँ

स्वपू जातक बाखँ

43

बुद्धशिक्षामा कर्म र कर्मफलका बारेमा अध्ययन गर्नका लागि भगवान बुद्धले देशना गर्नु भएकाे जातककथाहरूकाे अध्ययन गर्नु पर्ने हुन्छ । जातककथाहरूमा अतीतकथालाई बर्तमान अवस्थासंग जाेडेर पूर्व काल र पूर्वजन्मका बारेमा कथाकाे रुपमा प्रकाश पारि उनीहरुकाे कर्म र विपाकका बारेमा उल्लेख गरिएकाे हुन्छ । यसैक्रममा यस पुस्तकमा तीनवटा जातकहरू (४८१) तक्कारिक जातक, (३९०) महयक जातक र (३२८) अननुसाेचिय जातक लाई प्रस्तुत गरेकाे छ ।

कर्म र कर्मफलका बारेमा अध्ययन गर्न चाहानेहरू ।

उत्तरा

उत्तरा

18

धम्मपद अट्ठकथा अन्तर्गत रहेकाे यसकथामा एक गरीब परिवारका पूर्ण नामका ब्यक्त्तिका छाेरी उत्तराकाे जीवनीका बारेमा उल्लेख गरीएकाे छ । भगवान बुद्धले उनै उत्तराकाे क्षमताशीललाई प्रशंसा गर्नु भएकाे छ । यसमा श्रद्धा, भक्ति, दान, धर्म तथा मैत्री काे फलादी आदीका बारेमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालीन महिला उत्तराका तथा कुशल कार्यका बारेमा अध्ययन गर्न चाहानेहरू ।

बुद्धया सत्उपदेश

बुद्धया सत्उपदेश

56

ज्ञान हासिल गर्ने इच्छा भएका ब्यक्तिहरूले धार्मिक सामाजिक सम्बन्धि विविध प्रकारका पुस्तकहरू अध्ययन गर्नु पर्छ जसले गर्दा इहलाेक र परलाेक दुईवटै लाेकमा हित सुख हुन्छ । भगवान बुद्धकाे चारवटा सत्उपदेशहरू संग्रह गरिएकाे छ । जसमा श्रद्धाले प्रवर्जित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य उत्साह भएका भिक्षुणीहरू मध्ये एतदग्ग प्राप्त साेणा स्थविराकाे कथा र छाेरा बुहारीकाे अपमान सहन नसकि घरबाट निस्केका धनपति ब्राह्मणलाई दिनुभएकाे उपदेशहरूलाई कथाकाे रुपमा प्रस्तुत गरिएकाे छ

श्रद्धा, वीर्य र उत्साहकाे महत्वका बारेमा जान्न चाहाने सबै पाठकहरू ।

गुँला धर्मदेशना सँगालाे २०७६

गुँला धर्मदेशना सँगालाे २०७६

154

नगरमण्डप श्रीकीर्ति विहार, कीर्तिपुरमा भन्ते र गुरूमांहरूबाट २०७६ सालकाे गुँला एक महिनाभरी दिइएका धर्मदेशनाहरू संग्रह गरिएकाे हाे । जसमा चुलगाेसिङ्गसुत्त, चार दुर्लभ धर्महरू, कर्म र कर्मकाे विपाक, पञ्चनीवरण आदि २९वटा बिबिध बिषयहरूमा दिइएका उपदेशहरू उल्लेख गरिएका छन् ।

बुद्ध उपदेशहरू अध्ययन गर्न चाहानेहरू

बुद्धाेपस्थापक भिक्षु आनन्द महास्थविर

बुद्धाेपस्थापक भिक्षु आनन्द महास्थविर

153

बुद्ध शासनमा भिक्षु आनन्दकाे भूमिका अनि याेगदनलाई महत्त्वपूर्ण रुपमा लिइएकाे छ । भगवान बुद्धले भिक्षु आनन्दलाई बिभिन्न छ वटा अग्रस्थान दिएकाे घाेषणा गर्नुभएकाे थियाे । भिक्षु आनन्दले बुद्ध शासनकाे रक्षा र गुण बृद्धिकाे लागि गर्नु भएका बिभिन्न कृयाकलापहरूलाई स-विस्तार वर्णन गरिएका छन् । साथै उहाँले बुद्धकाे महापरिनिर्वाण पछि प्रथम संगायना हुँदा सम्पूर्ण बुद्धकाे उपदेशहरू संकलन गर्न पुर्याउनु भएकाे याेगदान पनि उल्लेख गरिएका छन् । त्यसैगरि भिक्षु आनन्द तथा बाेधिसत्त्वसँग सम्बन्ध देखाइएका अतीत जन्मका जातक कथाहरू पनि संकलन गरिएका छन् ।

भिक्षु आनन्दले बुद्धशासनलाई पुर्याउनु भएकाे याेगदानका साथै वहाँसंग सम्बन्धित जातक कथाहरुका बारेमा अध्ययन गर्न चाहनेहरू ।