भिक्षु अमृतानन्द

अजात शत्रु

अजात शत्रु

89

मूल पालि त्रिपिटक र पालि बाङ्गमयमा आधारित बुद्धकालीन राजनैतिक सामाजिक र धार्मिक इतिबृत्तकाे एक दृष्ट अंशमा आधारित मगध राजा बिम्बिसारका राज्यकालमा देवदत्तको कुसंगत र कुसल्लाहबाट राजकुमार अजात शत्रुले आफ्ना पितालाई सत्ताच्यूत मात्र नगरी हत्या समेत गरेर आखिरमा पापको प्रायश्चित गर्दै राजा अजात शत्रुले भगवान् बुद्धको शरण लिएको, पृथकजन मध्ये बुद्ध प्रति श्रद्धावान् राजा अजात शत्रुले बुद्धको परिनिर्वाणपछि गरेको संघायन इतिहास नै अविस्मरणीय रहेकाे र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारे उल्लेख गरीएका छन् ।

अजात शत्रुको जीवनी र भगवान् बुद्धको अस्थिधातुको संरक्षणका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

सर्वज्ञ धातु

सर्वज्ञ धातु

28

भगवान् बुद्धको अस्थी धातु भनेको के हो, यो कति प्रकारका छन्, यी अस्थी धातुहरु कहाँ कहाँ कसरी छरीएर रहेका छन् भन्ने ऐतिहासिक विवरणहरूका बारेमा उल्लेख गरिएको छ ।

भगवान् बुद्धका अस्थी धातुका बारेमा जानकारी लिन चाहनेहरू ।

वेस्सन्तर जातक

वेस्सन्तर जातक

126

बाैद्ध साहित्यकाे मूलपालि त्रिपिटककाे खुद्दक निकाय अन्तर्गतकाे वेसन्तर जातक उल्लेख गरिएकाे छ । सर्वार्थसिद्ध भगवान बुद्ध हुनु भन्दा अगाडि बाेधिसत्त्वकाे अनेक जन्महरू मध्ये एक जन्म वेसन्तर राजकुमार हुँदाकाे जीवनीका बारेमा भएका अनेक कार्यहरूलाई दानकाण्ड, जूजुक काण्ड, क्षत्रिय काण्ड गरी तीन भागमा विभाजन गरी प्रस्तुत गरिएकाे छ ।

वेसन्तर जातक अध्ययन गर्न चाहनेहरू ।

विषय सूची

विषय सूची

129

भिक्षु अमृतानन्दद्वारा लिखित तथा प्रकाशित भइसकेका बुद्धकालीन ब्राह्मण, गृहस्थीहरू, राजपरिवार, महिलाहरू, परिव्राजकहरू, श्रावक चरित्र, श्राविका चरित्र, ब्रह्मादिदेव, प्रेतकथा, तथा विमानकथा लगाएत दश ग्रन्थहरूमा समावेश भएका विषय सूचीहरू एकसाथ प्रस्तुत गरिएकाे छ ।

भिक्षु अमृतानन्दद्वारा लिखित पुस्तककाे बिषय सूचीका बारेमा जान्न चाहनेहरू ।

बुद्धकालीन ब्रह्मादिदेव (भाग २)

बुद्धकालीन ब्रह्मादिदेव (भाग २)

373

पालि त्रिपिटक साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित चातुर्महाराजा, यमराजा, राेहितस्स देवपुत्र, बासुदत्त देवपुत्र, वेण्डु देवपुत्र, वेपचित्ति असुरेन्द्र, वैराेचन असुरेन्द्र, शक्र भन्ने यक्ष र शक्र देवेन्द्र गरी ९ पात्रहरूकाे बारे र यिनीहरूकाे सम्बन्धमा बिभिन्न निकायहरूमा संग्रहित ३५ सूत्रहरू संग्रहित गरिएका छन् ।

देवपुत्र तथा शक्र देवहरूका बारेमा जानकारी, अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्रह्मादिदेव (भाग १)

बुद्धकालीन ब्रह्मादिदेव (भाग १)

666

पालि त्रिपिटक साहित्यमा उपलब्ध सूत्रहरूमा उल्लिखित असुर नाम भएका १, देवपुत्र नाम भएका १९, देवपुत्री नाम भएकाे १, ब्रह्मा नाम भएका ५, यक्ष नाम भएका ४ तथा यक्षिणी नाम भएका २ गरी जम्मा ३२ पात्रहरूकाे बारेमा र यिनीहरुकाे सम्बन्धमा बिभिन्न निकायहरूमा संग्रहित ४० सूत्रहरू पनि संग्रहित गरिएका छन् ।

भगवान बुद्धले भेटेका ब्रह्मा तथा देव पुत्र तथा देवपुत्री असुर यक्ष तथा यक्षिणीहरूका बारेमा जानकारी, अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्राह्मण (भाग २)

बुद्धकालीन ब्राह्मण (भाग २)

596

बुद्धकालीन ब्राह्मणहरु अजित माणव, अस्सलायन माणव, उदायी ब्राह्मण, कसिभारद्वाज ब्राह्मण, कूटदन्त ब्राह्मण, गणकमाेग्गल्लान ब्राह्मण, गाेपकमाेग्गल्लान ब्राह्मण, घाेटमुख ब्राह्मण, जाणुस्साेणि ब्राह्मण, तिस्समेत्तेय्य ब्राह्मण, देवहित ब्राह्मण, धनञ्जानि ब्राह्मण, नगरविन्दय्यक ब्राह्मणहरू र नन्द माणव गरि चाैध जना ब्राह्मणहरुकाे बारेमा बिभिन्न निकायहरूमा उल्लेख भएका २६वटा सूत्रहरू सहित प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन ब्राह्मण (भाग १)

बुद्धकालीन ब्राह्मण (भाग १)

493

बुद्धकालीन ब्राह्मणहरुकाे आध्यात्मिक अवस्था र उनीहरुकाे दर्शनहरुका बारेमा र छवटा संघायनकाे संक्षिप्त जानकारी उल्लेख गरिएकाे छ । यसमा जटा भारद्वार ब्राह्मण, अहिंसक भारद्वाज ब्राह्मण, मातृपाेषक ब्राह्मण, धनपति ब्राह्मण, आदि गरी बिभिन्न ३१ जना ब्राह्मणहरूका चरित्रकाे साथै उहाँहरूसँग सम्बन्धित बिभिन्न निकायहरूमा उल्लेखित ४२वटा सूत्रहरूकाे बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

बुद्धकालीन गृहस्थीहरु (भाग-३)

बुद्धकालीन गृहस्थीहरु (भाग-३)

622

बुद्धकालीन गृहस्थीहरु मध्ये २३जना पात्रहरू; पञ्चकङ्ग थपति, पाटलिय गामणि, पाटलि गाउँका उपासकहरु, पुण्ण काेलियपुत्र, पेस्स माहुनेपुत्र, पाेतलिय गृहपति, बेलट्ठ कच्चान, भद्रक गामणि, मणिचूल गामणि, मानदिन्न गृहपति, मेण्डक गृहपति, याेधाजीव गामणी, राजगृहसेठ, रासिय गामणिह, वज्जियमाहित गृहपति, वासेट्ट उपासक, सन्धान गृहपति, साल्ह मृगारनारी, सिङ्गलक गृहपतिपुत्र, सिरिवड्ढ गृहपति, सुप्पबुद्ध कुष्टी, स्राेण गृहपतिपुत्र र हालिद्दिकानि गृहपतिका बारेमा उल्लेख गरिएका छन् भने ती पात्रहरूका सम्बन्धमा त्रिपिटक मूलपालिमा प्राप्त जम्मा तिस (३०) वटा सूत्रहरूका बारेमा पनि अनुवाद प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन गृहस्थीहरु जसकाे नाम “प” देखि “ह” सम्मका २३जनाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

प्रजापति गाैतमी

प्रजापति गाैतमी

61

‌प्रजापति गाैतमी, आजभन्दा २६०० बर्ष पूर्वका नारी समाजका एक अग्रगामी प्रगतिशील शिर्ष नारी हुनुहुन्छ। वहाँले बिशेषगरी श्रमण जीवनकाे लागि जुन कठाेर परिश्रम र प्रयत्न गर्नु भई नारीहरूकाे लागि निर्वाणकाे ढाेका उघारी दिनु भयाे । वहाँ प्रजापति गाैतमीकाे जन्म, नामकरण देखि परिनिर्वाण संकल्प र परिनिर्वाणसम्मका सम्पूर्ण जीवनीका बारेमा उल्लेख गरिएका छन् ।

‌प्रजापति गाैतमीकाे जीवनीका ‌बारेमा‌ ‌अध्ययन‌ र अध्यापन ‌गर्न‌ ‌चाहानेहरु‌ ‌।

संक्षिप्त बुद्ध जीवनी

संक्षिप्त बुद्ध जीवनी

197

चतुर्थ विश्व बाैद्ध सम्मेलनकाे सुअवसरमा प्रकाशित गरेकाे यस पुस्तकमा बुद्ध जीवनीलाई पाँच खण्ड र २० परिच्छेदमा विभाजन गरिएकाे जसकाे पहिलाे खण्डमा महामायाकाे गर्भ धारण, महामायालाई देवताकाे आरक्षा देखि पाँच खण्डमा धातु काेलाहल, धातु विभाजन, दश चैत्य स्थापना सम्मका घटनाहरु समावेस गरि प्रस्तुत गरिएका छन् ।

बुद्ध जीवनी अध्ययन गर्न चाहनेहरू ।

गृही-विनय

गृही-विनय

124

दीघ निकायको सिगालोवाद सूत्र जसमा मुख्य गरी गृहस्थहरुले जीवनलाई सुख र शान्ति पुर्वक जीउनकालागि गर्नुपर्ने कर्तब्य वा नियमहरूका बारेमा उल्लेख गरेका छन् ।

गृहस्थहरुले पालन गर्नु पर्ने कर्तब्य वा नियमहरूका बारे अध्ययन गर्न इच्छुकहरू ।

जापान भ्रमणको डायरी

जापान भ्रमणको डायरी

94

सन १९७८ मा टोकियोमा भएको १२ औं विश्वबौद्ध सम्मेलनमा भाग लिन जाँदाको यात्रा संस्मरणका साथै अन्य देश भ्रमण र बौद्ध गतिविघि सम्बन्धि जानकारी ।

१२ औं विश्व बौद्ध सम्मेलनको बारेमा अध्ययन गर्न सहयोग हुने ।

न्हृासःया लिस

न्हृासःया लिस

42

एक जना उपासिकाले २०४२।५।२१ मा इनाप पत्रिकामा छापिएको "भिक्षु सम्मेलानया निर्णयप्रति न्हृासः शीर्षकको लेखको उत्तर स्वरुप उत्तार पुस्तिकाको रुपमा पालि साहित्यमा आराम शाब्द, विहार शाब्द, चतु परिषदको र बुद्धकालिन समयमा भिक्षु बस्ने ठाउँ को बारेमा स्पष्ट रुपमा उल्लेख गरी राखेको छ ।

शिक्षण केन्द्रमा अध्ययन गर्नै, विहारको वारे अध्ययन अनुसन्धान गर्न चाहानेहरुलाई उपयोगी हुन्छ ।

अनुरुद्ध स्थविर

अनुरुद्ध स्थविर

79

कपिलवस्तुबाट उपालि नाउका साथ बुद्धकहाँ प्रव्रजित भएका ६ जना शाक्य राजकुमारहरू मध्ये एक, जसले बुद्धशासनमा भिक्षुहरु मध्ये दिव्यचक्षु लाभीमा एतदग्ग पद प्राप्त गरे, उनैकाे जीवनीबारे व्याख्या

बुद्धका शिष्यहरूकाे बारेमा थाहा पाउने इच्छा भएकाहरु ।

प्रजापति गौतमी

प्रजापति गौतमी

69

कपिलबस्तुका महारानी, प्रथम भिक्षुणी प्रजापति गौतमीको जीवनी छ ।

प्रजापति गौतमीको जीवनीको बारे जानकारी लिन चाहानेहरुको लागि उपयोगि छ ।