Buddha

बुद्धकाे मनाेबल

बुद्धकाे मनाेबल

41

जिनत्थ पकासनमा उल्लेखित इद्धि पातिहारिकाे एक कण्ड अन्तर्गतकाे भगवान बुद्धकाे ऋृद्धि प्रातिहार्य र त्यस समयकाे घट्नाहरू, त्रिशरण सहित शील प्रार्थना तथा बुद्ध गुण, धर्मगुण, संघगुण काे पालि र नेपाली अर्थऽ शिल ग्रहण गर्ने नियम सहित प्रस्तुत गरिएकाे छ ।

भगवान् बुद्धकाे ऋृद्धि प्रातिहार्य र शील धर्मकाे बारे अध्ययन गर्न चाहनेहरू ।

अनागतवंस

अनागतवंस

84

भविष्यमा उत्पन्नहुने १० जना बुद्धहरूकाे वर्णन गरिएकाे छ । पालि भाषामा गद्य र पद्यकाे मिश्रणकाे रूपमा छ । यसमा शाक्यमुनि बुद्ध र धर्मसेनापति सारिपुत्रकाे बीचमा भएकाे सम्वादकाे रूपमा लेखिएकाे छ । यसमा भविष्यमा हुने बुद्धहरू मैत्रेय, राम, काेसल नरेश प्रसेनजित, अभिभू देवपुत्र, दीर्घश्राेणि, चङ्कि, शुभ, ताेदेय्य ब्राह्मण, नालागिरि र पारिलेय्य बाेधिसत्वहरूले क्रमश सम्बाेधि प्राप्त गर्ने भविष्यकाे वर्णन गरिएकाे छ । विषेश गरी मैत्रेय बाेधिसत्वकाे विस्तृत वर्णन गरिएकाे छ ।

भविष्यमा उत्पन्नहुने बुद्धहरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

महासीहनादसुत्तं

महासीहनादसुत्तं

45

यस सूत्रमा बुद्धले आफ्नो केही आत्मकथा बताउनु भएको थियो ।

महासीहनादसुत्तं अध्ययन गर्न इच्छुक सबैलाई ।

पञ्चस्कन्ध भावना

पञ्चस्कन्ध भावना

21

पञ्चस्कन्धको बारे जानकारी रहेको छ।

पञ्चस्कन्ध भावनाको बारे जानकारी लिनको लागि ।

बुद्धया करुणा व ब्रहादण्ड

बुद्धया करुणा व ब्रहादण्ड

50

बुद्धले ब्रहदण्ड दिनु भएको करुण र मैत्री कारणले नै हो बदला लिने नियतले बुद्धले ब्रहदण्ड दिने होइन भन्ने कुराको उदाहरण सहित लेखिएको छ ।

करुणा र मैत्रीको बारे जानकारी लिन चाहने सबैलाई ।

मानव महा मानव

मानव महा मानव

90

बुद्ध जीवनीलाई उपन्यासको शैलीमा लेखिएको छ ।

बुद्ध जीवनीको उपन्ययसको रुपमा अध्ययन गर्न चाहानेहरलाइ ।

शाक्यमुनि बुद्ध

शाक्यमुनि बुद्ध

33

बुद्ध को ? बुद्धको शिक्षा के हो ? भन्नेबारे जानकारी रहेको छ ।

बुद्धको र उहाँको धर्मको बारे जानकारी लिन इच्छुक सबैलाई ।

सम्यक् शिक्षा (भाग २ )

सम्यक् शिक्षा (भाग २ )

72

सम्यक् दृष्टि र विवेक बुध्दिकाे बारेमा र भगवान् बुध्दले दिनुभएका विभिन्न कथाहरूकाे बारेमा व्याख्या ।

बुध्दकाे कथाहरूबारे जान्न चाहनेहरू ।

धर्म उपदेश (भाग २)

धर्म उपदेश (भाग २)

72

व्यावहारिक जीवनमा उपयाेगी हुने बुद्धशिक्षा ।

बुद्धकाे व्यावहारिक शिक्षा बारे जान्न इच्छुक पाठकहरू ।

बुद्धधर्म

बुद्धधर्म

35

मज्झिमनिकायका उपाली सुत्र र अभय राजकुमार सुत्रकाे अनुवाद रहेकाे ।

बुद्ध शिक्षा र मज्झिम निकाय बारे बुझ्न चाहने पाठकहरू ।

महापरित्राण

महापरित्राण

तथागत भगवान बुद्धबाट देशित सुत्रहरुबाट महाफल प्राप्त हुने सुत्रहरु संग्रह गरी सम्पादन गरीएकाे यस पुस्तकमा ३० वटा सुत्रहरु र महापरित्राण पाठ गर्नु अगाडी पाठ गर्नुपर्ने अन्य ११ वटा सुत्रहरु र महापरित्राणकाे अर्थ समेत समावेश गरी गरिएकाे छ ।

महापरित्राण र त्यसकाे अर्थ समेत अध्ययन गर्न चाहनेहरु ।

धार्मिक उपदेश र परित्राण कसरी सुन्ने ?

धार्मिक उपदेश र परित्राण कसरी सुन्ने ?

33

धार्मिक उपदेश र परित्राणहरुकाे श्रवण गर्दा कसरी सुन्नु पर्छ वा सुन्ने समयमा ध्यान दिनु पर्ने कुराहरु र कसरी सुन्दा खेरी बढी प्रभावकारी हुन्छ भनि उल्लेख गरिएकाे छ ।

सम्पूर्ण उपासक तथा उपासिकाहरु ।

बुद्धकालीन १२ सन्नारीहरु

बुद्धकालीन १२ सन्नारीहरु

101

बुद्धकालीन १२ जना सन्नारीहरुकाे जीवनी संक्षिप्तमा विभिन्न पुस्तकहरुबाट संकलन गरिएका साथै कुनै अंग्रजीबाट कुनै नेपाल भाषाबाट कुनै हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरीएका छन् । यस पुस्तकमा धम्मकथिक, धम्मदिन्ना थेरी, प्रज्ञावती खेमा, किशा गाेत्तमी, महारानी मल्लिका, विनयधर-पटाचारा, पराेपकारी रुपावती, मैत्रीका धनी श्यामावती, विर्यवती - साेना, अद्वेषी उत्तरा, मृगार-माता विशाखा, नरगशाेभिनी अम्बपाली, सुजाता उपासिका र यशाेधराकाे देन समावेश गरीएका छन् ।

बुद्धकालीन १२ जना महिलाहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

चार आर्य-सत्य

चार आर्य-सत्य

65

भगवान बुद्धले धर्मचक्र प्रवर्तनकाे क्रममा देशना गर्नुभएकाे चार आर्य -सत्य जस्ताे गहन बिषय जुन बुुद्ध-धर्मकाे मुलभूत सार-धर्म लाई जस्ताकाे तस्तै सबैले बुझ्ने गरी सरल भाषामा प्रस्तुत गरिएकाे छ ताकी त्यसलाई श्रवण गर्न धारण गर्न तथा पालन गर्न सबैले सकिने उदेश्यले प्रस्तुत गरिएकाे छ । यसकाे साथै सिद्धाथकाे जन्म, बाल्यकाल, महाभिनिष्क्रमण देखि बाेधिज्ञान लाभ देखि धर्मचक्र प्रवर्तनकाे प्रशंग पनि समावेश गरिएकाे छ ।

बुद्ध-धर्मका मूलभूत सिद्धान्तकाे अध्ययन गर्न चाहनेहरु ।

जिज्ञासुका लागिः बुद्ध शिक्षा

जिज्ञासुका लागिः बुद्ध शिक्षा

88

भिक्षु बुद्धदासाले बुद्ध-धर्मका सिद्धान्तहरुलाई प्रश्नाेत्तरकाे रुपमा धर्मका मूलभूत सिद्धान्तकाे आधारमा त्यसकाे उत्तरलाई बिस्तृत रुपमा सरल भाषामा प्रस्तुत गरीएकाे पुस्तकलाई नेपाली भाषामा अनुवाद गरि प्रस्तुत गरिएकाे छ ।

बुद्ध-धर्मका मूलभूत सिद्धान्तकाे अध्ययन गर्ने र अध्यापन गर्न चाहनेहरु ।

जरापि दुक्खा

जरापि दुक्खा

98

जीवनलाई सार्थकतातिर माेड्न जीवन जिउने कलालाई सही ढङ्गले प्रयाेग गर्दै जानुपर्ने मूल्यमान्यतालाई निरन्तरता दिदै जीवनलाई कुशल कर्ममा लगाई निर्वाणकाे बाटाेमा अघि बढ्न सहयाेग पुर्याउने बुद्ध शिक्षामा आधारित शिक्षामूलक विषयबस्तुहरु समेतिएकाे छ।

बुद्धकाे शिक्षालाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।