दाेलेन्द्ररत्न शाक्य

सद्धर्म के, किन र कसरी ?

सद्धर्म के, किन र कसरी ?

66

नेपाल अधिराज्यभरिका थेरवार बौद्ध विहारहरूकाे नामावली, युवक बौद्ध मण्डल, नेपाल (Y.M.B.A) काे संक्षिप्त परिचय, त्रिशरण गमन, त्रिरत्न वन्दना पालि र नेपालीमा, धर्म के, किन र कसरी भन्ने विषयमा व्याख्या, चार आर्य सत्य, आर्यमार्ग, आनापान स्मृति भावना बिधि र भावना सम्बन्धी प्रश्नाेत्तर, पराभव सूत्र गृहस्थीहरूकाे नियम आदी बिषयबस्तुहरू समावेश गरिएकाे छ ।

युवक बाैद्ध मण्डल, नेपालकाे जानकारी र सद्धर्मकाे विषयमा जान्न चाहनेहरू ।

धर्मकाे यथार्थ स्वरूप

धर्मकाे यथार्थ स्वरूप

सद्धर्मकाे चिनारी र आचरण एवम् बुद्धशिक्षाका मूलभूत पक्ष चारआर्यसत्य, ध्यान साधना लगायत गृहस्थ जीवनलाई सुन्दर बनाउने गृही-विनय, त्रिरत्न वन्दना र तीनवटा परित्राण पाठ (मङ्गल सूत्र, पराभव सूत्र र मैत्री सूत्र) काे अर्थ सहित समावेस गरिएकाे छ ।

बुद्धशिक्षाका कुराहरू पढ्ने र बुझ्ने जिज्ञासा राख्नेहरू ।

अनुपम नगरीमा धर्म सन्देश

अनुपम नगरीमा धर्म सन्देश

542

याे पुस्तक सरल सुवाेधगम्य आत्मपरक अौपन्यासिक कृति हाे। यस कृतिमा धार्मिक, आध्यात्मिक र साहित्यिक सृजनासंगै बुद्धकाे जीवन जिउने कला सम्बन्धी उपदेशलाइ बढी महत्व दिइएकाे छ । बुद्ध गुण गाथा, धम्मपद, उखान टुक्का आदि प्रयाेग गरि शील, समाधि, प्रज्ञामा प्रतिस्थित भएर उपदेशमुल ज्ञानबर्द्दक विषयवस्तुलाइ आत्मपरक शैलीमा प्रस्तुत गरिएकाे छ ।

उपन्यास अध्ययन गरी बुद्ध शिक्षालाइ जान्न् चाहनेहरूकाे लागी उपयाेगी ।

धर्मप्रितीका तरङ्गहरू

धर्मप्रितीका तरङ्गहरू

196

यस पुस्तकमा १० वटा लेखहरू समावेश गरिएकाे छ । शान्ति चाहना र प्राप्ति भन्ने विषयमा शान्ति मन भित्र हुन्छ, बाहिर हाेइन भनेर मार्मिक रूपमा यथार्थ व्याख्या गर्नु भएकाे छ । यसैगरी आनापानास्मृति भावना, अंहिसावृत्त पालना गराैँ, आयु, वर्ण, सुख, बल, प्रतित्यसमुत्पाद, मांसाहार ठीक कि बेठीक आदि विविध शिर्षकमा शील, समाधि, प्रज्ञामा समेटिएर प्रश्नात्मक राेचक, ज्ञानबर्द्दक र समय सान्दर्भिक अभिव्यक्तिपुर्ण ज्ञानमुलक लेखहरू समावेश भएकाे पाइन्छ ।

धर्मप्रति जिज्ञासु सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

प्रज्ञा -प्रदीप (भाग-१)

प्रज्ञा -प्रदीप (भाग-१)

182

यस पुस्तक विभिन्न समयमा प्रकाशित लेखकहरूकाे संगालाे हाे। यस पुस्तकभित्र चतुरार्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद जस्ता गहन धर्म र दर्शन देखि लिएर बुद्ध धर्मानुसारकाे कर्मवाद, मनकाे महत्व, खनित्यवाद, मंगलधर्म, दान, आश्रवहरूकाे उत्पतिर विनाशकाे उपाय, बह्म विहार, अष्ट लाेक धर्म र पञ्चनीवरण जस्ता विविध बाैद्ध धारणाहरूकाे व्याख्या र विश्लेषण गरिएकाे लेखहरू समावेश भएकाे छ ।

सबै प्रकारका धर्मका जिज्ञासु र विज्ञ पाठकहरूकाे लागी उपयाेगी ।

आनापानास्मृति भावना

आनापानास्मृति भावना

16

यस पुस्तकमा आनापाना स्मृतिकाे परिचय, महत्व, आनापानास्मृति भावना गर्ने विधिलाइ व्याख्या र विश्लेषण गरिएकाे छ ।

आनापानास्मृति भावनाकाे विषयमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

बुद्ध शिक्षाः निचाेडमा

बुद्ध शिक्षाः निचाेडमा

222

यस पुस्तकमा धर्म सन्देशमूलक विषयवस्तु मिथ्याधारणा हटेर जाआेस र मैत्री र करूणा उत्पन्न हुने बुद्धद्धारा उपदेशित शिक्षालाइ मुलाधार बनाइ बुद्ध शिक्षाका आधारभूत शिक्षाहरूलाइ समावेश गरिएकाे छ । त्यसै गरि पञ्चस्कन्धकाे सम्बन्धमा ९ क्षणिकहरू र तीन उपमा र उपमेय सहित मन, कर्म र शत्रुमित्रबारेका लेखहरूलाइ पनि परिमार्जनसहित यस पुस्तकमा समावेश गरिएकाे छ ।

बुद्ध शिक्षालाइ अध्यन गर्न चाहने सबै वर्गकाे लागी उपयाेगी।

चार आर्य-सत्य

चार आर्य-सत्य

65

भगवान बुद्धले धर्मचक्र प्रवर्तनकाे क्रममा देशना गर्नुभएकाे चार आर्य -सत्य जस्ताे गहन बिषय जुन बुुद्ध-धर्मकाे मुलभूत सार-धर्म लाई जस्ताकाे तस्तै सबैले बुझ्ने गरी सरल भाषामा प्रस्तुत गरिएकाे छ ताकी त्यसलाई श्रवण गर्न धारण गर्न तथा पालन गर्न सबैले सकिने उदेश्यले प्रस्तुत गरिएकाे छ । यसकाे साथै सिद्धाथकाे जन्म, बाल्यकाल, महाभिनिष्क्रमण देखि बाेधिज्ञान लाभ देखि धर्मचक्र प्रवर्तनकाे प्रशंग पनि समावेश गरिएकाे छ ।

बुद्ध-धर्मका मूलभूत सिद्धान्तकाे अध्ययन गर्न चाहनेहरु ।

जरापि दुक्खा

जरापि दुक्खा

98

जीवनलाई सार्थकतातिर माेड्न जीवन जिउने कलालाई सही ढङ्गले प्रयाेग गर्दै जानुपर्ने मूल्यमान्यतालाई निरन्तरता दिदै जीवनलाई कुशल कर्ममा लगाई निर्वाणकाे बाटाेमा अघि बढ्न सहयाेग पुर्याउने बुद्ध शिक्षामा आधारित शिक्षामूलक विषयबस्तुहरु समेतिएकाे छ।

बुद्धकाे शिक्षालाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

समता धर्मकाे पालना

समता धर्मकाे पालना

88

बुद्ध शिक्षामा आधारित शिक्षामूलक आध्यात्मिक विषयबस्तुहरु समेतिएकाे यस पुस्तकमा सद्धर्मकाे मूल नै समता धर्मकाे पालना हाे, हुनु पनि पर्दछ, समताले मध्यम मार्गमा आरूढ गराउँछ, कमलकाे फूल झै लाेक धर्मरूपी दलदलबाट अलग रहन सिकाउँछ र जीवनमा आईपर्ने शाेक, दुःख, हण्डर, सास्ति, आपद र समस्या आदिबाट निर्लिप्त रहन र सुखपूर्वक जीवन बिताउने सपनालाई साकार पार्ने हाे भने समता धर्मकाे पालना गर्ने अभ्यास गर्न सघाउने भन्ने बिषयबस्तुहरु समेतिएकाे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

उज्यालाे क्षितिजतिर

70

समाजमा आफ्नाे जिम्मेवार र कर्तव्य के के हाे ? र यसले जीवन सुन्दर र सुखी कसरी पार्न सकिन्छ साथै त्यसबाट कसरी जीवन उज्यालाे क्षितिजतिर लाग्न सकिन्छ भन्ने बिबिध बिषयहरु समेतिएर सम्पादन गरीएकाे छ ।

सुन्दर र सुखी जीवन जीउन चाहने पाठकवर्गहरु ।

जीवनमा सद्धर्मकाे भूमिका

जीवनमा सद्धर्मकाे भूमिका

324

तर्क र बैज्ञानिकताकाे आधारमा जीव र जगतकाे निर्माण, बुद्धाेक्तिकाे आधारमा जीव र जगतकाे निर्माण, मानव जीवन के हाे?, कर्म, बन्धन र बन्धन मुक्ति आदी बिभिन्न शिर्षकमा बुद्धका उपदेशहरुलाई समेटिएका छन् ।

सद्धर्मका लागि बुद्ध शिक्षाकाे भूमिकाका बारेमा अध्ययन गर्न चाहनेहरु ।

पाँच परित्राणका सूत्रार्थ

पाँच परित्राणका सूत्रार्थ

परित्राण सूत्रका पाँचवटा सूत्रहरुलाई त्यसकाे अर्थ सहित सरल भाषामा व्याख्या गरी प्रस्तुत गरिएकाे ।

परित्राणका सूत्रहरुका बारेमा जान्न चाहनेहरु ।

महासतिपट्ठानसुत्त

महासतिपट्ठानसुत्त

142

विपश्यना विशाेधन विन्यास इगतपुरीबाट प्रकाशित महासतिपट्ठानसुत्तकाे नेपालीमा अनुवाद गरिएकाे यस पुस्तकमा महासतिपट्ठानसूत्रकाे समिक्षा सहित बिस्तृत रुपमा व्याख्या गरिएकाे छ ।

महासतिपट्ठान विपस्सना भावनाका बारेमा अध्ययन गर्न चाहनेहरु ।

प्राक्कथनका स्वरहरू

प्राक्कथनका स्वरहरू

252

बुध्द शिक्षाका विभिन्न पक्षलाइ व्याख्या गरिएकाे छ ।

बुध्दका व्यवहारिक शिक्षासँग परिचित हुन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।

चार आर्य सत्य

चार आर्य सत्य

134

यस पुस्तकमा सिध्दार्थ गाैतमकाे संक्षिप्त जीवनी,चार आर्यसत्यकाे व्याख्या साथै केहि सन्देशमूलक शिक्षाहरूकाे विषयमा उल्लेख गरीएकाे छ ।

चार आर्यसत्यकाे बारेमा छाेटाे सरल रुपमा बुझ्न चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।