Dhamma

सम्यक सम्बुद्ध

सम्यक सम्बुद्ध

361

महापण्डित राहुल सांस्कृत्यायनद्वारा संकलित “बुद्धचर्या” काे भावानुवाद हो । बुद्धजीवनी, प्रथम बर्षावास देखि ४६‌औं बर्षावाससम्म भगवान् बुद्धबाट देशना गरिएका उपदेशहरूलाई संक्षिप्त रुपमा प्रस्तुतिका साथै बुद्धकालीन राज्यहरू, परिव्राजकहरू, ब्रह्मादिदेवहरू, ब्राह्मणहरू, राजपरिवारहरू, गृहस्थीहरु, महिलाहरू र अन्य बिषयहरूलाई समावेस गरिएका छन् ।

भगवान् बुद्धको बर्षावासको बारेमा अध्ययन गर्न चाहनेहरू ।

धर्म र ज्ञानकाे शिक्षा

धर्म र ज्ञानकाे शिक्षा

68

भगवान् बुद्धका उपदेशहरूलाई बिबिध ८ वटा शिर्षक - गुणले मानिस ठुलाे हुने, चतुब्रम्ह विहार अन्तर्गत मैत्री, करूणा, मुद्धिता, उपेक्षाकाे विषयमा समय सापेक्ष घट्ना र कथा सहित उल्लेख गरिएकाे छ ।

चतुब्रम्ह विहारकाे बारे अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन विमानकथा

बुद्धकालीन विमानकथा

पालि त्रिपिटकमध्ये सुत्तपिटककाे खुद्दकनिकाय अन्तरगतकाे विमानवत्थु पालिकाे ७ वर्गका ८४ कथाहरू मध्येबाट बत्तीस कथाहरू संग्रहित गरिएका छन् । यी कथाहरूमा पवित्र हृदय लिएर त्रिशरणमा प्रतिष्ठित भई दान गरेमा दान अनुसारकाे कर्मफल प्राप्ति बारेमा उल्लेख गरिएका छन् ।

दानकाे महिमाकाे बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बुद्ध शिक्षा अभ्यास खण्ड २

बुद्ध शिक्षा अभ्यास खण्ड २

115

बुद्ध जीवनीलाई कविताकाे माध्यमाबाट प्रस्तुत गरिएकाे छ । यसै गरी बुद्ध गुण, धर्म गुण, संघ गुणकाे पालि र अर्थका साथै बिस्तृत रुप अर्थलाई व्याख्या सहित प्रस्तुत गरिएकाे छ ।

बुद्ध जीवनीलाई कविताकाे माध्यमाबाट प्रस्तुत गरिएकाे छ । यसै गरी बुद्ध गुण, धर्म गुण, संघ गुणकाे पालि र अर्थका साथै बिस्तृत रुप अर्थलाई व्याख्या सहित प्रस्तुत गरिएकाे छ ।

गृह शिक्षा

गृह शिक्षा

28

बाैद्ध साहित्य अन्तर्गतकाे सिगालवाद सुत्रलाई गद्यकाे रुपमा प्रस्तुत गरिएकाे छ । समाजमा रहेका सम्पूर्ण व्यक्तिहरुलाई आध्यात्मिक एवं नैतिक शिक्षा, अनुशासन, आ आफ्नाे कर्तब्यलाई बुझी कर्तव्यपरायण बन्नका लागि अभिप्रेरित गर्न प्रत्येककाे जिम्मेवारी र कर्तव्यका बारेमा उल्लेख गरीएकाे छ ।

समाजमा रहेका सम्पूर्ण ब्यक्तिहरू ।

मानव धर्म शिक्षा

मानव धर्म शिक्षा

156

भगवान बुद्धले दिनुभएकाे उपदेशहरू दान, शील, भावना, कर्मकाे बिपाक, दुःखकाे प्रकार, आर्य सत्य देखि मार्गफलकाे विवरणसम्मका कुराहरूलाई कथा र विभिन्न घट्नासंग जाेडेर व्यावहारिका जीवनकाे लागि उपयाेगि हुने सन्देशलाई प्रस्तुत गरिएकाे छ ।

बुद्ध शिक्षालाई व्यवहारिक ज्ञानकाे रूपमा अध्ययन गर्न चाहानेहरू ।

मानवमय ज्ञान

मानवमय ज्ञान

107

समाजमा रहेका सम्पूर्ण व्यक्तिहरुलाई नैतिक शिक्षा, अनुशासन, आ आफ्नाे कर्तब्यलाई बुझी कर्तव्यपरायण बन्नका लागि अभिप्रेरित गर्न आमा, बुबा, छाेराकाे कर्तव्य, छाेरीकाे कर्तव्य देखि राजा, सिपाहिं गरि बिभिन्न ४८ शिर्षक दिई हरेकाे काम कर्तव्य आदीका बारेमा उल्लेख गरिएकाे छ ।

समाजका सम्पूर्ण जनसमूदायका व्यक्तिहरू ।

बुद्धकाे सम्झना कल्याणकाे कामना

बुद्धकाे सम्झना कल्याणकाे कामना

186

बुद्ध र बुद्धधर्म सम्बन्धित विभिन्न पक्षहरूलाई देखाउने विभिन्न बाैद्ध भिक्षु, लेखक तथा विद्वानहरूकाे लेख रचनाहरू बुद्धधर्मकाे परिचय, शिक्षा, दर्शन, सिद्धान्त र व्यावहारिक गुण एवं कल्याणकारी भावनाहरूलाई समेटेर संग्रहकाे रूपमा प्रस्तुत गरिएकाे छ । जसलाई.आजकाे युगमा बुद्धकाे मूल्याङ्कन र परम्परा जस्ता विविध विषयबस्तु समावेश गरी प्रस्तुत गरिएकाे छ ।

बुद्धधर्म सम्बन्धि ज्ञान हासिल गर्न चाहनेहरू ।

उपासक परिहानी तथा सद्धर्म चिरस्थायी मज्वीगु कारण

उपासक परिहानी तथा सद्धर्म चिरस्थायी मज्वीगु कारण

80

बर्मा म्यानमारकाे पण्डिताराम विपस्सना सासना यैताका प्रमुख ओवादाचार्य सयादाे अग्गमहापण्डित भद्दन्त पण्डिताभिवंश महास्थविरले २०५१ सालमा अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा अंगुत्तर निकाय, दुक खण्डकाे सत्तम निपात (३) वज्जिसत्तक वग्ग (९) दुतिय परिहानी सुत्तका बारेमा देशना गर्नु भएकाे थियाे । उत्त देशनालाई पुस्तककाे रुपमा प्रस्तुत गरिएकाे हाे । यसमा उपासकहरूलाई परिहानी हुने सातवटा धर्म र अपरिहानी हुने सातवटा धर्महरूका बारेमा प्रस्तुत गरीएकाे छ ।

उपासकहरूलाई परिहानी र अपरिहानी हुने धर्महरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।

उत्तरा

उत्तरा

18

धम्मपद अट्ठकथा अन्तर्गत रहेकाे यसकथामा एक गरीब परिवारका पूर्ण नामका ब्यक्त्तिका छाेरी उत्तराकाे जीवनीका बारेमा उल्लेख गरीएकाे छ । भगवान बुद्धले उनै उत्तराकाे क्षमताशीललाई प्रशंसा गर्नु भएकाे छ । यसमा श्रद्धा, भक्ति, दान, धर्म तथा मैत्री काे फलादी आदीका बारेमा प्रस्तुत गरिएकाे छ ।

बुद्धकालीन महिला उत्तराका तथा कुशल कार्यका बारेमा अध्ययन गर्न चाहानेहरू ।

धर्मयाबारे छकूचा खँ

धर्मयाबारे छकूचा खँ

30

धार्मिक स्वतन्त्रता र समानता, धर्मकाे विचमा अधर्मिहरू जस्ता विविध पक्षहरूका बारेमा बिभिन्न समयमा प्रकाशित लेखहरूबाट साभार गरिएका समसामयिक लेखहरूलाई उदृत गरि धर्मया बारे छकूचा ख, बालशिक्षा व धर्म, प्रजातन्त्र व धर्म आदि १३वटा शिर्षकमा व्याख्या गरिएका छन् ।

धार्मिक स्वतन्त्रताकाे विषयमा अध्ययन गर्न चाहानेहरू ।

धर्म मरेकाे छैन

धर्म मरेकाे छैन

98

सेवा नै धर्म हाे र यसले नै कर्म बलियाे बनाउछ, पापभन्दा धर्मकाे शक्त्ति बलियाे छ, जीवन राम्ररी बिताउन धर्म नभई हुँदैन, शान्तिकाे लागि धर्म नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि बुद्धकालीन घटनाहरू र अहिलेका घटनाहरू राखी धर्म मरेकाे छैन भन्ने प्रमाण प्रस्तुत गरेकाे छ । धर्म चिरस्थायी गर्न पूजा पाठसँगै सेवाभाव पनि नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि घटनात्मक कथाहरूलाई बिबिध शिर्षकहरू जस्तैः “धर्म गरी कर्म बलियाे भएकाे कुरा”, “नाम मन पर्दैन”, “रातदिन धर्म बृद्धि हुने काम”, “लाज भए धर्म मरेकाे छैन” आदी समावेश गरिएका छन् । यसकाे साथै लेखक भिक्षु अश्वघाेष महास्थविरले संघाराम बिहारकाे बारेमा र त्यस विहारकाे पहिलाे

धर्मकाे विषयका साथै संघाराम विहारका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहानेहरू ।

पुनर्जन्मबारे छलफल (बाैद्ध ॠषि महाप्रज्ञा)

पुनर्जन्मबारे छलफल (बाैद्ध ॠषि महाप्रज्ञा)

40

बाैद्ध ॠषि महाप्रज्ञा र उपासक बिच पुनर्जन्मका बारेमा भएकाे छलफललाई प्रश्नाेत्तरकाे माध्यमबाट उपमा सहित स्पष्ठ गर्नु भएकाे साथमा तत्त्वज्ञानकाे विषयमा र संसार चक्र देखि मुक्त्त हुने मार्गका बारेमा उल्लेख गरिएकाे छ ।

पुनर्जन्म र त्यसबाट म‍ुक्त्त हुने विषयमा अध्ययन गर्न चाहनेहरू ।

तथागतया अमूल्य उपदेश

तथागतया अमूल्य उपदेश

136

भगवान बुद्धकाे उपदेशहरू धर्मचक्र सूत्र देशना, अनात्म लक्षण सूत्र देशना र महास्मृति प्रस्थान सूत्रपदेशकाे निदान सहित बिबिध शिर्षक दिइ ब्याख्या गरि उल्लेख गरिएका छन् ।

भगवान बुद्धकाे उपदेशहरु अध्ययन गर्न चाहनेहरू ।

तृष्णा

तृष्णा

तृष्णाका कुरा, चारआर्य सत्य, चतुब्रम्ह विहार र सामाजिक परिवेश धारणालाई भक्तिभाव, शील, समाधि, प्रज्ञासंग जाेडिएका विषयहरू समावेश गरिएका छन्।

परमार्थ धर्म र भक्तिभावकाे विषयमा अध्ययन गर्न इच्छुकहरू।

प्रभात-स्तुति

प्रभात-स्तुति

27

काठमाण्डाै उपत्यकामा रहेका बिभिन्न बहाः बहीमा करीब ९०० बर्ष भन्दा अघिदेखि हालसम्म प्रभात समयमा पाठ गरिदैं आएकाे ऐतिहासिक महत्त्वकाे प्रभात-स्तुति (तुतः) समेतेका छन् । हर्षदेव राजा (ने. स. २०४-२१९) ले लेख्नु भएकाे यस स्तुति पाठमा विशेषत शाक्यमुनि बुद्धकाे तुलना बिभिन्न पाैराणिक देवताहरूसंग गरि बुद्ध गुणहरूकाे महत्त्व दर्शाएर वर्णन गरेका छन् ।

करीब ९०० बर्ष पुरानाे “प्रभात-स्तुति” का बारेमा अध्ययन गर्न चाहनेहरू ।