Theravada

शासनवंश

शासनवंश

भगवान् बुद्धको जीवनी र तेस्रौ बौद्ध सम्मेलनका विवरण, सिंहल द्विपको धार्मिक इतिहाससँग सम्बन्धित विवरण, महान अर्थकथाचार्य बुद्धघोषको जीवनी वर्णनऽ वंश साहित्य मोगल्यान व्याकरण, सुवण्ण भूमीको शासन इतिहासको वर्णन, योनक राष्ट्रको धार्मिक इतिहास, बुद्ध परिनिर्वाणको ४३३बर्षमा कुक्कुटसीव राजा वनवासी राज्य गरेको साथै पाँच अर्हतहरुले बसोबास गरेको र वहाँहरूलाई आवश्यक सम्पूर्ण प्रत्ययले सेवा सम्बन्धि वर्णन,अपरान्त राष्ट्र शासनवंशको वर्णन, काश्मिर, गन्धार, अहिंसक, महाराष्ट्र, चिन राष्ट्र आदिको शासनवंसका बारेमा वर्णन गरिएका छन् ।

सिंहल द्विपको धार्मिक इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

मैत्री

मैत्री

122

थेरवाद बुद्ध धर्ममा स्नातकोत्तर तह उपाधिको शोधपत्रको शिर्षक “मैत्री, मैत्री पारमिता र यसको उपादेयता” शोधकार्यको आधारमा मैत्रीको अर्थ, महत्त्व र आनिशंस देखि बोधिसत्त्वको मैत्री पारमिता, मैत्री भावनाका पद्धतिहरू आदि विषयबस्तुका बारेमा प्रस्तुत गरिएका छन् ।

बुद्ध धर्ममा मैत्रीको बारेमा अध्ययन गर्न चाहनेहरू ।

शाक्यमुनि बुद्धका स्मारक

शाक्यमुनि बुद्धका स्मारक

120

नेपालका सुख्यातिप्राप्त बौद्ध विद्वान्, इतिहासकार, प्रबुद्ध लेखक, प्रवचक, शिक्षक, प्रशिक्षक, नेतृत्त्व निर्देशक तथा निर्भिक बैचारिक राजनीतिका ज्ञाता श्री भुवनलाल प्रधानद्वारा लेखिएका लेखहरूलाई बिभिन्न पत्रिकाहरूबाट संग्रह गरिएको छ । बुद्धका ४५ बर्षावासहरूको विवरणलाई “बुद्धका बर्षावासहरु” शिर्षकमा “भगवान् बु्द्धको दिनचर्या, “बोधिबृक्षको झझल्को”, “बु्द्ध अस्थिको इतिहास”, “बुद्धका स्मरणीय ठाउँ र बस्तुहरु”, “बुद्ध सम्बन्धी ऐतिहासिक मिति”, “त्रिपिटकको लिपिबद्धीकरण”, “स्तूप-चैत्य अन्तर्गत चैत्यको किसिम र महायानी प्रभाव”, “बुद्धका देनहरु”, “बुद्ध-धर्मको एक किरण” आदि शिर्षकका लेखहरू समावेश गरिएका छन् ।

बुद्ध धर्मका बिबिध पक्षहरुको बारेमा अध्ययन गर्न चाहनेहरू ।

अभिधम्मत्थसङ्गहाे

अभिधम्मत्थसङ्गहाे

आचार्य अनुरुद्धद्वारा पालि भाषामा रचना गरिएकाे यस ग्रन्थ अभिधर्मपिटककाे प्रवेशिकाकाे रुपमा चित्त चैतसिक रुप र निर्वाण चार परमार्थ धर्म लाई सुस्पष्ट र सुसम्बद्धरुपले उल्लेख गरिएका छन् ।

अभिधर्मका बारेमा अध्ययन गर्न चाहनेहरु ।

महिन्द थेर तथा संघमित्ता थेरी

महिन्द थेर तथा संघमित्ता थेरी

अशाेक सम्राटका सुपुत्र महेन्द्र महास्थविर र सुपुत्री संघमित्ता थेरीले बुद्धधर्म प्रचारप्रसारकाे लागि श्रीलङ्कामा धर्मदूत भई सद्धर्म प्रचार गर्नु भएकाे विवरण उल्लेख गरिएकाे छ ।

महिन्द थेर र संघमित्ता थेरीले सद्धर्म प्रचारमा पुर्याउनु भएकाे याेगदानकाबारे अध्ययन गर्न चाहनेहरू ।

बुद्धया ऋद्धि प्रातिहार्य

बुद्धया ऋद्धि प्रातिहार्य

23

बाैद्ध साहित्यकाे जिनत्थ पकासनीमा उल्लेखित ऋद्धि प्रातिहार्यकाे एक काण्डका बारेमा उल्लेख गरीएकाे छ । भगवान बुद्धले आषाढ पूर्णिमाकाे दिन श्रावस्तीमा देखाउनु भएकाे ऋद्धि प्रातिहार्य गरे पछि देवब्रह्माहरूकाे अनुराेधमा धर्मदेशना गर्नुभएकाे बारेमा बिस्तृत रूपमा समावेश गरीएकाे छ ।

भवगान बुद्धकाे ऋद्धि प्रातिहार्यकाकाे बारेमा अध्ययन गर्न चाहानेहरू ।

प्रशंसा

प्रशंसा

19

पञ्चशील, चैत्य पूजा र गृहस्थको बारे

चैत्य पूजा र गृहस्थको बारे जानकारी लिने ईच्छुक ब्यक्तिलाई ।

अनाथपिण्डिक

अनाथपिण्डिक

51

बुद्धको शासनकालमा दान दिनेमा एतदग्ग प्रप्त ब्यक्ति मध्ये अनाथपिण्डिक महाजनको बारे उल्लेख छ ।

अनाथपिण्डिक महाजनको बारे जानकारी लिन चाहाने सबैलाई ।

महासीहनादसुत्तं

महासीहनादसुत्तं

45

यस सूत्रमा बुद्धले आफ्नो केही आत्मकथा बताउनु भएको थियो ।

महासीहनादसुत्तं अध्ययन गर्न इच्छुक सबैलाई ।

धम्मपद

धम्मपद

73

धम्मपदको श्लोक नेपाल भाषामा लेखिएको छ ।

धम्मपदको अर्थ अध्ययन गर्न इच्छुक सबैलाई ।

न्हापाँयाम्ह गुरु सु ख? व अमुल्यगु धन

न्हापाँयाम्ह गुरु सु ख? व अमुल्यगु धन

97

आमा बुबालाई पहिलो गुरुको रुपमा र सप्तरत्न धनलाई अमूल्य धनको रुपमा लिन सकिन्छ ।

पहिलो गुरु र अमूलय धनको बिषयमा अध्ययन गर्न इच्छुक सबैलाई ।

बुद्धया करुणा व ब्रहादण्ड

बुद्धया करुणा व ब्रहादण्ड

50

बुद्धले ब्रहदण्ड दिनु भएको करुण र मैत्री कारणले नै हो बदला लिने नियतले बुद्धले ब्रहदण्ड दिने होइन भन्ने कुराको उदाहरण सहित लेखिएको छ ।

करुणा र मैत्रीको बारे जानकारी लिन चाहने सबैलाई ।

नेपालमा थेरवादबुद्धधर्मको भविष्य

नेपालमा थेरवादबुद्धधर्मको भविष्य

85

बिभिन्न निकायमध्ये नेपालमा अहिले प्रचलित निकाय मध्ये थेरवादमा अहिले भईरहेको गतिबिधिलाई हेरि लेखकले थेरबादको बिषय बारे उल्लेख छ ।

थेरवादको विषयमा जानकारी लिन चाहने ब्यक्तिहरुलाई ।

मानव महा मानव

मानव महा मानव

90

बुद्ध जीवनीलाई उपन्यासको शैलीमा लेखिएको छ ।

बुद्ध जीवनीको उपन्ययसको रुपमा अध्ययन गर्न चाहानेहरलाइ ।

धम्मपद

धम्मपद

170

पालि त्रिपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थको रुपमा सबैभन्दा बढी भाषामा अनुवाद गरि राखेको धम्मपदको पालि शब्द अर्थ सहित २६ वर्ग ४२३ गाथा छन् ।

धम्मपदको अध्ययन गर्न इच्छुक सबैलाइ ।

जप पाठ व ध्यान

जप पाठ व ध्यान

75

मनुष्य जीवनमा आई पर्ने बाधालाई हटाउँनको लागि गरिने जप पूजा पाठ समाबेस छ ।

जप पाठ र ध्यान अभ्ययस गर्न समाबेस छन्र ।