Buddha

समता धर्मकाे पालना

समता धर्मकाे पालना

88

बुद्ध शिक्षामा आधारित शिक्षामूलक आध्यात्मिक विषयबस्तुहरु समेतिएकाे यस पुस्तकमा सद्धर्मकाे मूल नै समता धर्मकाे पालना हाे, हुनु पनि पर्दछ, समताले मध्यम मार्गमा आरूढ गराउँछ, कमलकाे फूल झै लाेक धर्मरूपी दलदलबाट अलग रहन सिकाउँछ र जीवनमा आईपर्ने शाेक, दुःख, हण्डर, सास्ति, आपद र समस्या आदिबाट निर्लिप्त रहन र सुखपूर्वक जीवन बिताउने सपनालाई साकार पार्ने हाे भने समता धर्मकाे पालना गर्ने अभ्यास गर्न सघाउने भन्ने बिषयबस्तुहरु समेतिएकाे छ ।

बुद्धकाे उपदेशलाई व्यवहारिक रुपमा लागु गर्न अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

उज्यालाे क्षितिजतिर

70

समाजमा आफ्नाे जिम्मेवार र कर्तव्य के के हाे ? र यसले जीवन सुन्दर र सुखी कसरी पार्न सकिन्छ साथै त्यसबाट कसरी जीवन उज्यालाे क्षितिजतिर लाग्न सकिन्छ भन्ने बिबिध बिषयहरु समेतिएर सम्पादन गरीएकाे छ ।

सुन्दर र सुखी जीवन जीउन चाहने पाठकवर्गहरु ।

प्रथम बुद्ध सन्देश

प्रथम बुद्ध सन्देश

47

वाराणसी ऋषिपतन मृगदावनमा बुद्धले देशना गर्नु भएको उपदेश हो र अनन्त्तलक्खन सूत्त ।

धर्मचक्र प्रवर्तन र अनत्तलक्खन सूत्र पालि र नेपाल भाषामा जानकारी लिन चाहानेहरुलाई उपयोगि हुन्छ ।

तथागत गौतम बुद्ध संक्षिप्त जीवनी (पहिलो थुंगो)

तथागत गौतम बुद्ध संक्षिप्त जीवनी (पहिलो थुंगो)

25

बुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतम बुद्धको जीवनी घटना विवरण, ज्ञान र उपदेशहरुको विवरण उल्लेख छ ।

बुद्ध जीवनी बारे जानकारी लिन चाहानेहरुलाइ ।

दश पारमिता

दश पारमिता

भगवान बुद्धले पूर्ण गर्नु भएका श्रेष्ठत्तम आदर्श पारमिता गुणधर्मकाे अभ्यासद्वारा पुर्ण गर्नु भएका पारमिताका बारेमा जातक कथा सहित उल्लेख गरीएकाे ।

दश पारमिताका बारेमा अध्ययन गर्न चाहनेहरु सम्पूर्ण ब्यक्तीहरु ।

छछक्क सूत्र

छछक्क सूत्र

18

भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् ।

भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।

नुगलय् बुध्द

नुगलय् बुध्द

19

भगवान बुध्दकाे दैनिक दिनचर्याकाे बिवरण । भगवान बुध्दकाे दैनिक जीवनमा घटेका प्रमुख घटनाहरुकेा संकलन ।

बुध्दकाे शिक्षा संक्षेपमा जान्न चाहनेहरु।

मानव स्वभाव

मानव स्वभाव

38

यस पुस्तकमा विभिन्न प्रकारका मानव स्वभावहरू कथासहित व्याख्या गरिएकाे छ । मानव स्वभावअन्तर्गत नरक, प्रेतयाेनी, मनुष्ययाेनी, देव, ब्रम्हायाेनीबाट आएका मानिसहरूकाे स्वभावलाइ यसमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।

गाेण पेत वत्थु

गाेण पेत वत्थु

23

यस पुस्तकमा गाेण प्रेत वस्त्रु कथा सहित चतुरार्य सत्यकाे व्याख्या, आर्यमार्गकाे संक्षिप्त व्याख्या, सुजात कथा र धम्मपदका केही कथा समावेश गरिएकाे छ । यसमा अनित्य (एक दिन सबै जनाकाे मृत्यू हुन्छ) का कुराहरू, धर्माचरण गर्ने दानीकाे लागी परलाेकमा पनि स्वागत गर्ने कुरा सहित सबै भन्दा ठुलाे दान धर्मदान हाे भन्ने विषयमा संक्षिप्त कथासहित प्रस्तुत गरिएकाे छ ।

सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप

बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप

67

यस पुस्तकमा बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप स्व. सरला अमात्य (काेविद) र डा. सुनन्दकाे बिचमा भएकाे वार्तालाप यसमा समावेश भएकाे छ । नेपालमा भिक्षु, श्रामणेर, उपासक, उपासिका र अनागारिकाहरूकाे आचरणमा भएकाे सही गलत के कस्ताे छ र कुन उपयुक्त छ भन्ने विषयमा छलफल भएकाे पाइन्छ ।

धर्मप्रेमी श्रद्धावान, त्यागी तथा गृहस्थ उपासक, उपासिकाहरूकाे लागी उपयाेगी।

बुद्धया सत्उपदेश

बुद्धया सत्उपदेश

59

यस पुस्तकमा भगवान बुद्धकाे चार वटा सतउपदेशहरू संग्रह गरिएकाे छ । श्रद्धामा प्रवजित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य एतदग्ग प्राप्त भिक्षुणी साेणा स्थविरकाे कथा, छाेरा बुहारीले हेपेकाे ब्राम्हणलाइ भगवानले दिनु भएकाे उपदेशका सहित उरग जातक पनि यसमा समावेश भएकाे छ । श्रद्धा, वीर्य, धर्म र बुद्धिमताका कुराहरूलाइ यसमा सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएकाे छ ।

सम्पुर्ण मानिसहरूकाे लागी उपयाेगी

बुद्ध धर्म छु खः ?

बुद्ध धर्म छु खः ?

65

बुद्ध धर्म छु खः ? यस पुस्तकमा ध्यान गुरू उ वा खिनकाे प्रवचनलाइ अनुवाद गरिएकाे छ । बुद्ध धर्मलाइ अरूकाे भनाइमा नभइ अनुभव र ज्ञानले बुझ्नुपर्छ भन्ने कुरालाइ धम्मपदकाे आधारमा व्याख्या गरिएकाे छ । यसै गरी ३१ लाेक, र भद्रकल्पकाे विषयसहित, चार आर्यसत्य, आर्यअष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पाद सम्मकाे व्याख्या र विश्लेषण सरल भाषामा गरिएकाे छ ।

बुद्ध धर्मलाइ जीवन जीउने कलाकाे रूपमा जान्न चाहनेहरूकाे लागी।

याेग्यताया कदर-बुद्ध

याेग्यताया कदर-बुद्ध

97

यस पुस्तकमा दान शील र भावनाकाे सानाे परिचय दिइएकाे छ। त्यसपछि भिक्षुहरू सक्क जनपदबासी राजकुमार नन्द,राजकुमार राहुल, भद्दीय, अनुरूद्ध, आनन्द, भगु, किम्बिल, उपाली आदि १४ वटा शिर्षकमा भिक्षुहरूकाे जन्म, गृहस्थजीवन, प्रवजित, मार्गफल, महत्वपुर्ण काम, एतदग्, पुर्वजन्ममा गरेकाे पुण्यसहित सरल र सहजरूपमा प्रस्तुत गरिएकाे छ।

भगवान बुद्धकाे समयका केही महत्वपुर्ण भिक्षुहरूकाे वर्तमान र पुर्वजन्मकाे बारेमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

विधुर जातक

विधुर जातक

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

बुद्ध धर्मका प्रारम्भिक ज्ञान

76

यस पुस्तकमा बुद्ध धर्म प्रारम्भिक शिक्षा अन्तर्गत त्रिसरणगाथा, शील विधि, बुद्ध, धर्म, संघ वन्दना अर्थसहित ध्यान मैत्रीसहित केही उपयाेगी कथा, उपदेश र सुत्र आदि विविध विषयवस्तु समावेश गरिएकाे छ ।

ध्यान भावना गर्ने वालवालिका र युवाँवर्ग सबैकाे लागी उपयाेगी ।

बाेराेबुद्धर महाचैत्य (लेख संग्रह

बाेराेबुद्धर महाचैत्य (लेख संग्रह

89

यस पुस्तकमा विभिन्न समयमा प्रकाशित भएका लेख रचनाहरूकाे संग्रह गरि एक संग्रहकृतिकाे रूपमा प्रस्तुत गरिएकाे छ । पुस्तकमा बाैद्ध दृष्टिकाेणमा अंहिसाकाे व्याख्या र विश्लेषण सहित बुद्ध उपदेशलाइ प्रस्तुत गरिएकाे छ । नालन्दा विश्व विद्यालय बाेराेबुद्धर महाचैत्य सहित केही बाैद्ध विद्दानहरूकाे विषयमा पनि चर्चा परिचर्चा यसमा समावेश भएकाे पाइन्छ ।

बुद्धधर्म र यसकाे पुर्नजागरण कालसम्बन्धी अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।