Meditation

जलपान, भाेजन, सर्वत सेवन गर्दा स्मृति राख्ने अभ्यास

जलपान, भाेजन, सर्वत सेवन गर्दा स्मृति राख्ने अभ्यास

जलपान, भाेजन गर्दा र अन्य त्रियाकलाप गर्दा भाविता गर्ने विधि उल्लेख गरिएकाे छ।

सम्पूर्ण साधक साधिकाहरूकाे लागि ।

ध्यान शिविरमा सहभागी हुन जानु अघि

ध्यान शिविरमा सहभागी हुन जानु अघि

ध्यान शिविरमा जानु अघि जान्नु पर्ने कुराहरू जस्तै ध्यान भावना सम्बन्धि पुस्तक पढ्ने, स्वास्थ्य स्थिती ठिक राख्ने, ध्यान शिविरकाे फारम भर्ने र नियमकाे जानकरी लिने आदि महत्वपूर्ण कुराहरू उल्लेख गरिएका छन्।

ध्यान शिविरमा सहभागी हुन इच्छुकहरू।

ध्यान केन्द्रमा ध्यानशिविर बस्नुकाे महत्व

ध्यान केन्द्रमा ध्यानशिविर बस्नुकाे महत्व

निर्वाणकाे मार्गमा जानकाे निमित्त अति आवश्यक स्मृतिप्रस्थान विपश्यना ध्यान भावनाकाे महत्त्वकाे साथै त्यसकाे लागि आवश्यक अन्य बिषयबस्तुहरु जस्तै कल्याण मित्रकाे संगत, पारमि पूर्ण हुने, चित्त निर्मल गर्न प्रेरणा आदि पनि ध्यान भावना शिविरकाे महत्वका बारेमा उल्लेख गरिएका छन् ।

ध्यान शिविरकाे महत्वबारे जान्न इच्छुकहरू ।

शारीरिक एवं मानसिक पीडालाइ सहने उपाय

शारीरिक एवं मानसिक पीडालाइ सहने उपाय

33

ध्यान भावना विधिबाट वेदनालाई सहन गर्ने (शारीरिक तथा मानसिक) पिडालाइ हटाउने विधिहरूका बारेमा उल्लेख गरिएका छन् ।

ध्यान विधि र यसकाे महत्व सम्वन्धि जानकारी प्राप्त गर्न चाहनेहरू।

सतिपट्ठान विपस्सना भावना निर्देशन

सतिपट्ठान विपस्सना भावना निर्देशन

35

सुप्रसिद्ध विपश्यना ध्यानगुरू बर्माका महाशी सयादाे ज्यूले याेगी साधकहरूलाई ध्यान शुरू गर्ने बेलामा दिनुभएकाे निर्देशन देशनाकाे आधारमा सतिपट्ठान विपश्यना भावना कसरी भावना गर्ने भन्ने अभ्यास विधिहरू समावेश गरिएकाे छ ।

सतिपट्ठान विपश्यना भावना सम्बन्धि जानाकारी हासिल गर्न चाहनेहरू ।

बाैद्ध ध्यान

बाैद्ध ध्यान

68

बाैद्ध दर्शन अनुसार मनमा लुकिरहेका विकार, क्राेध, चन्चलता, रिस, राग, माेह आदिलाई निर्मूल पार्ने सतिपट्ठान विपस्सना ध्यान भावना हाे । मानव जीवनमा भएका नकारात्मक तत्त्वहरूलाई हटाउने विपस्सनाका चार ध्यान भावनाहरु कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सनाका बारेमा उल्लेख गरि प्रस्तुत गरेका छन् ।

विपस्सना ध्यान भावना गरी आफ्नाे चित्त शुद्ध गर्न चाहनेहरू

विमुक्त्ति रस

विमुक्त्ति रस

162

थाइलैण्डका भिक्षु आचान छा काे पुस्तकहरू मध्ये “A Taste of Freedom” एक प्रचलित र अभ्यासगतरूमा ध्यानबारेकाे महत्वपूर्ण पुस्तककाे नेपाली अनुवाद हाे । जसमा चित्तकाे सम्बन्धमा, ध्यान सम्बन्धमा, मनभित्रै मध्यम मार्ग, लाेकुत्तर सुख, धर्म चक्षु, सम्यकदृष्टि आदी बिभिन्न बिषयका बारेमा उल्लेख गरिएका छन् ।

दुःखमय भव संसार चक्रबाट छुटकारा पाउन बुद्धशिक्षा अध्ययन गर्ने र ध्यानभावना अभ्यास गर्नेहरू ।

सल्लेख सूत्र

सल्लेख सूत्र

75

मज्मिम ध्निकाय मूलपण्णास पालिकाे मूलपरियायवर्ग अन्तगर्तकाे आठाैं सूत्रकाे रुपमा संङ्गलन गरिएकाे यस सूत्रमा समथ- विपस्सना ध्यानकाे अभ्यास गर्दै जाँदा ध्यानकाे स्तरमा प्रगति हुँदै जाने क्रममा के कस्ता अवराेधहरु आउँछन् र त्यसरी आईपर्ने अवराेधहरु पन्छाई अगाडी बढनमा समर्थ हुनका लागि मानिसले आफूमा रहेकाे क्लेश हटाउन आफ्नाे व्यवहार र आचरणमा कसरी सुधार ल्याउनु आवश्यक छ भन्ने बिषयमा भगवान बुद्धले गर्नु भएकाे अति गम्भिर उपदेश संकलन गरिएका छन् ।

बुद्धाेपदेश ध्यानाभ्यास कार्यमा गम्भीर रुपले लागिरहेका याेगीहरु तथा सामान्य जीवन जिउने गरेका मानिसहरू‌ ।

Practical Vipassana Meditation Exercises

Practical Vipassana Meditation Exercises

21

There is a brief introduction and objective of the International Buddhist Meditation Center. The following points are included in the book; Renowned Burmese Vipassana teacher Ven. Mahasi Sayadaw’s basic meditation instruction or process for Satipatthana Vipassana meditation, program schedule and daily routine for meditation, yogis at International Buddhist Meditation Center.

Interested meditation yogis, who wish to join the International Buddhist Meditation Center for meditation.

विपस्सना दीपनी

विपस्सना दीपनी

अग्ग महापण्डित पूज्य महास्थविर डा. लेडी सयादाेकाे संक्षिप्त जीवनीका साथै आधुनिक युगमा विपस्सनाकाे उपयाेग र महत्त्वका बारेमा बिस्तृत रुपले उल्लेख गरीएकाे छ । बाैद्ध दर्शनकाे परमार्थ दर्शनबारे विशेष रुपले सूत्र सूची मनाेबिज्ञान सार एवं परमार्थ प्रज्ञाकाे सार संग्रह ज्ञानबारे व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षा अन्तर्गत परमार्थ ज्ञानका बारेमा अध्ययन र अभ्यास गर्न चाहनेहरू ।

सप्तबाेध्यंग धर्म भावना

सप्तबाेध्यंग धर्म भावना

129

सप्तबाेध्यंगधर्म र श्रद्धान्द्रिय भावना विधि सहित व्याख्या गरिएकाे छ । पेसकारधीता वत्थु, महाधम्मपल जातक सहित मरणानुस्मृति भावनाकाे पालि र अर्थ सहित व्याख्या गरिएका छन् ।

ध्यान साधना गर्ने श्रद्धालु साधक साधिकाहरु ।

महानधर्मचक्र सूत्राेपदेश (महाशी सयादाेद्धारा उपदेशित)

महानधर्मचक्र सूत्राेपदेश (महाशी सयादाेद्धारा उपदेशित)

511

महान ध्यान गुरू महाशी सयादाेद्वारा बिभिन्न समयमा दिनु भएकाे धर्मचक्रपर्वतन सुत्र विपस्सनामा आधारित बिभिन्न पूर्वजन्मका कथाहरू र तृष्णाहरुकाे गहन व्याख्याहरु समावेश गरिएका छन् ।

विपश्यना ध्यान भावना गर्ने र गर्न चाहनेहरू ।

महास्मृतिप्रस्थान सूत्र

महास्मृतिप्रस्थान सूत्र

अग्गमहापण्डित महास्थविर महासी सयादाेले बर्मी भाषामा लेख्नुभएकाे महास्मृतिप्रस्थान सूत्रलाई नेपाल भाषामा अनुवाद गरिएकाे छ । यस महास्मृतिप्रस्थान सूत्रकाे पालि, शब्दार्थ र अभिप्राय, सूत्रकाे निदान, सूत्रकाे निदानकाे अर्थ, कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना, धम्मानुपस्सना, आनिशंस कथा, निगमन कथा सबै बिषयकाे शब्दार्थ, अभिप्राय, ब्याकरणकाे बिश्लेषण सहित अर्थ स्पष्ट गरि प्रस्तुत गरिएकाे छ।

धर्मप्रेमी, स्मृतिप्रस्थान विपस्सना भावनाका अभ्यासी साधकसाधिकाहरू ।

महान अनात्मलक्षण सूत्र देशना

महान अनात्मलक्षण सूत्र देशना

265

भगवान बुद्धले बुद्धत्व प्राप्तिपछि पञ्चभद्रवर्गीय भिक्षुहरूलाई धर्मचक्र प्रवर्तन गर्नुभई पाँचैजना भिक्षुहरूले भगवानकाे रेखदेख र निर्देशनमा धर्मचक्षु अवबाेध गर्नु भएकाे पाँचाै दिनमा महान अनात्मलक्षण सूत्र देशना गर्नुभएकाे हाे । याे देशनाबाट पाँचैजना भिक्षुहरूले अरहत्त्व लाभ गरि अरहत् मार्ग प्राप्त गर्नुभएकाे थियाे । यसै धर्मलाई अग्गमहापण्डित महाेपकारक महाशी सयादाे महास्थविरले बर्मी भाषामा लेख्नु भएकाे पुस्तकलाई अनुवाद गरि प्रस्तुत गरिएकाे हाे ।

धर्मप्रेमी, स्मृतिप्रस्थान विपस्सना भावनाका अभ्यासी साधकसाधिकाहरू ।

काम सुत्तन्त देशना

काम सुत्तन्त देशना

अग्गमहापण्डित महाेपकारक महाशी सयादाे महास्थविरले बिभिन्न समयमा दिनु भएका धर्मदेशनाहरूलाई अनुवाद गरी प्रस्तुत गरिएकाे यस पुस्तकमा सत्वप्राणीहरूलाई पाँच प्रकारका कामगुण अन्धकारबाट टाढा रहनकाे लागि प्रेरणामूलक उपदेशहरू उपमा सहित उल्लेख गरि प्रस्तुत गरिएका छन् ।

ध्यान भावना प्रति जिज्ञासु सम्पूर्ण व्यक्तिहरू ।

महान सल्लेख सूत्राेपदेश निगूगु द्या

महान सल्लेख सूत्राेपदेश निगूगु द्या

पूज्यपाद महाशी सयादाेद्वारा मानिसहरूकाे मन बचन अनि कर्मबाट हुने ४४ प्रकारका अकुशल कर्महरूकाे बारेमा सुक्ष्म रूपमा केलाएर ती अकुशलहरूबाट टाढा हुने, अनि त्यसलाई जरैदेखि उखेलेर फाल्नसक्ने मार्ग प्रदर्शन गर्नुभएकाे छ । साथै वहाँले दिनुभएकाे १२वटा प्रवचन मध्ये पहिलाे भागमा छ वटा प्रवचनमा दशवटा अकुशलकाे बारेमा बताउनु भएकाे छ भने बाँकी छ वटा प्रवचनमा चाैंतिसवटा अकुशलका बारेमा उल्लेख गरिएका छन् ।

मानिसहरूद्वारा हुनसक्ने अकुशल कर्महरूकाे बारेमा बुझेर ती अकुशल कर्महरूबाट मुक्त हुन ध्यान भावनामा मन एकाग्र हुन इच्छुक धर्मप्रेमीहरू ।