यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भिक्षु बुद्धघोष महास्थविरद्वारा लिखित पालि पाठ सिक्खावली अन्तर्गत पालि पदमाला नेपाल भाषामा अर्थ सहित उल्लेख गरिएकाे छ । दाेस्रो खण्डमा डा.नथमल टाटियाद्वारा लिखित धम्मपदट्ठकथा (पालि) अन्तर्गत यमकवग्गोको चक्खुपालत्थेरवत्थु र मट्ठकुण्डलीवत्थु ब्याख्या सहित समाबेश गरिएकाे छ । तेस्रो खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित नेपालका बौद्ध मूल जनजातिको परिचय पुस्तकबाट थारु र तमाङ्ग जातिहरुको स्थान घर, रितिरिवाज, बौद्ध रितिस्थिति आदि समावेस गरिएका छन् ।
परियति सद्धम्म कोविद प्रथम वर्ष (कक्षा ८)का विद्यार्थीहरु र बुद्ध शिक्षा अध्ययन गर्न चाहनेहररु ।