यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु ज्ञानपूर्णिकमहास्थविरद्वारा लिखित अभिधर्मार्थ संगह (समुच्च्य काण्ड, प्रत्यय काण्ड, कर्मस्थान काण्ड) लाई पालि र नेपाली भाषामा भावार्थ सहित प्रस्तुत गरिएकाे छ । दाेस्राे खण्डमा आर. बि. बन्द्यद्वारा अनुदित जीवनकाे प्रत्येक घडीमा अभिधर्मकाे उपयाेग (द्वारहरू तथा चित्तका भाैतिक आधारहरू, धातुहरू, ध्यान चित्तहरू आदि विषय वस्तुहरूकाे व्याख्या गरिएकाे छ । तेस्राे खण्डमा रत्नसुन्दर शाक्यद्वारा लिखित बाैद्ध जगतका स्मरणीय व्यक्तिहरूकाे पुस्तकबाट जनरल अलेक्जेण्डर कनिंघम, फेडरिक माय्क्स मूलर आदि व्यत्तिहरूकाे बारेमा उल्लेख गरिएकाे छ ।
परियत्ति सद्धम्म काेविद अन्तिम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।