बुद्ध शासनमा देवदत्तले गरेका गतिविधीहरूका साथै लोकमा अकुशल कर्म गरेपछी जन्मजन्मान्तरसम्म पनि त्यसको विपाकको भागीदार होइन्छ भन्ने कुरालाई वार्तालापको रुपमा प्रस्तुत गरीएका छन् ।
देवदत्तको कृयाकलाप र कर्म विपाकका बारेमा जानकारीबारे जान्न चाहनेहरू ।
भगवान् बुद्धकाे शिक्षालाई नैतिक शिक्षाको रुपमा आम मानिस माझ बिभिन्न शिर्षक जस्तो बुद्धको व्यक्तित्त्व, शिलवान तर कर्तव्य थाहा नपाएको भिक्षु, लाभि, स्वभाव, दाेषमात्र देख्ने स्वभाव, चित्त गृहपति, दुरदर्शिता, चीन बौद्ध समाज आदि बिषय दिइ प्रस्तुत गरिएका छन् ।
बुद्धशिक्षालाई नैतिक शिक्षाको रूपमा अध्ययन गर्न चाहनेहरू ।
बुद्ध र बुद्धधर्मको मूल र प्रामाणिक रूप अध्ययन गर्न उपलब्ध वाङ्गमयहरूमध्ये पालि त्रिपिटकको सूत्रपिटकको पहिलो निकाय हो । यस निकायमा चौतिस वटा लामालामा सूत्र छन् । बुद्धकालीन भूगोल र इतिहास, समाज र संस्कार, धर्म र दर्शनको संश्लेषणात्मक र विश्लेषणात्मक अध्ययन गर्न शील, समाधि प्रज्ञा अवबोध गर्न, बुद्धको दर्शन गर्न तथा अन्ततः निर्वाण धर्म साक्षात्कार गर्नको निमित्त अमूल्य ग्रन्थरत्न हो । बुद्धको दर्शन, धर्मसेनापति सारिपुत्र महास्थविर आयुष्मान् महाकाश्यप, आयुष्मान आनन्द, आयुष्मान अनुरूद्ध आदि श्रावकहरूको आदर्शका बारेमा उल्लेख गरीएको छन् । बुद्धकालीन बासट्ठि वटा विभिन्न दृष्टिजालहरूको जानकारीका बारेमा ब्रह्मजाल सुत्त, मिथ्या तपस्यालाई उदाङ्ग पार्न महासीहनाद-सुत्त र उदुम्बरिक सुत्त, परलोकवादलाई उजागर गर्ने पायासिराजञ्ञ
भगवान् बुद्धले देशित लामालामा सूत्रहरुका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।
लोकमा भएका मनुष्यहरुकाे उन्नती प्रगति लागि सहयोग पुर्याउने शिक्षा हेतु भिक्षु अनिरुद्धले प्रकाशित गर्नुभएको धम्मपद जातक आदिको पालि गाथाको शब्दार्थ र भावार्थलाई नेपाल भाषामा अनुवाद सहित पद्यानुवाद गरीएको यसमा पुस्तकमा पण्डित काण्ड, सुजन काण्ड, दुर्जन काण्ड, मित्र काण्ड, स्त्रीकाण्ड, राज काण्ड, पकिण्णक काण्ड आदि शिर्षकलाई समावेश गरी प्रस्तुत गरिएको छ ।
बुद्धशिक्षालाई लोकनीतिको रूपमा अध्ययन गर्न चाहनेहरू ।
स्मृतिपूर्वक सतिपट्ठान विपस्सना ध्यान अभ्यास शिविर भईरहेको अवधिमा ध्यान योगीहरुले पालन गर्नुपर्ने शील प्रार्थना, बुद्धपूजा, मैत्रीभावना, भोजन गर्ने बेलामा प्रत्यवेक्षण गर्नुपर्ने पिण्डपात पच्चवेक्खण, महोपकारक महाशी सयादोको ओवाद स्मरणिका कविता र योगीहरूले पालन गर्नुपर्ने नियम एवं समय तालिका समावेश गरिएक छन् ।
सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्दा अपनाउनु पर्ने नियमहरूको बारेमा जान्न चाहनेहरू ।
चिर सम्मानित, मितभाषी, कुशल धर्मप्रेरिका नेपालको थेरवाद बुद्धसासन प्रचार प्रसार र चिरस्थायीको लागि अतुलनिय योगदान पुर्याउन हुने बिदूषी मध्ये एक श्रद्धेय ञाणशीला गुरूमांकाे संक्षिप्त जीवनी सहित भन्ते, गुरूमां, उपासक तथा उपासिकाहरूबाट उहाँकाे गुणानुस्मरण सहितका लेखहरू समावेश गरिएका छन् ।
श्रद्धेय ञाणावती गुरूमांकाे जीवनीका बारे अध्ययन गर्न चाहनेहरू ।
श्री शाक्यसिंह विहारमा परियत्ति तथा प्रौढ शिक्षा स्थापनाको स्वर्ण जयन्तीको उपलक्ष्यमा प्रकाशित यस स्मारिकामा श्री शाक्यसिंह विहारकाे स्थापनाऽ, विहारमा आवासिय भन्तेज्यूहरुको जीवनी, विहार स्थापना समय देखिकाे गतिविधीहरू, संरक्षक सदस्यहरूको नामावली आदी विविध गतिविधीहरूको जानकारीका, परियत्ति शिक्षाको गतिविधीहरूका साथै बुद्ध शिक्षासंग सम्बन्धि शिक्षामुलक लेखहरू जस्तैः विपस्सना ध्यानको प्रादुर्भाव, जातिभेद अन्त्यया नितिं बुद्ध धर्म, जीवन आफै रचना गर्न सकिन्छ, बुद्ध शिक्षा व समाज सेवा, तृष्णा सम्पूर्ण दुःखया मूल कारण, शान्ति नायक भगवान् बुद्ध एक महान वैज्ञानिक, बिकृति हटाउने परियत्ति शिक्षा, बुद्ध व परियत्ति शिक्षा, कलाकारको दृष्टिमा पञ्चबुद्ध, Buddhist view of anger management, How Pariyatti Shiksha inspired me to study nursing आदि शिर्षकका
श्री शाक्यसिंह विहार र त्यस विहारबाट परियत्ति शिक्षामा पुर्याउदै आएका याेगदानक बारेमा जानकरी लिन चाहनेहरू ।
नेपाल भाषाको पत्रिका सन्धा टाइम्समा लेखकको बुद्ध शिक्षा सम्बन्धि प्रकाशित १३वटा लेखहरुलाई संकलन गरिएका छन् । जसमा “बुँया दोषा धाँय्, दे समाजया दोष …… ?”, “सुनां मखुगु खँ ल्हाँइ वं छु पाप मयाइ ?”, “कर्मचारी व्यवस्थापन धर्मया लिधंसाय् मनूतयेके दयेमाःगु गुण-लाज व भय”, “नेवाः भ्वजय् अयलाः व थ्वँ”, “मनू जीवनया प्यँगू गति”, “राज्यय् विवेक दयेमाः विनाश ज्वीगु कारण”, “भिंगु ज्या याये थाकु मभिंगु ज्या याये अःपु”, “व्यक्तिया शारीरिक व मानसिक विकासया लागि धार्मिक व नैतिक शिक्षा”, “सामाजिक हिउपाःया लागि बुद्ध शिक्षा”, “मानव अधिकार व मौलिक स्वतन्त्रताया लागि बुद्ध शिक्षा” शिषकका लेखहरु समावेश गरिएका छन् ।
सन्धा टाइम्समा छापिएका बुद्ध शिक्षाका बिबिध लेखहरू अध्ययन गर्न चाहनेहरू ।
बुद्ध धर्म र बुद्ध दर्शन रुपी समुन्द्रमा दुवुल्की मारेर बुद्ध धर्मका शिक्षा प्राप्त गर्न सक्ने उद्देश्यले “बुद्ध पिं म्हसीके”, “बुद्ध लुमंका”, “बुद्ध व अहिंसा”, “बुद्ध धर्मका थी थी लँ”, “तृष्णा हे दुःखया मू हा खः”, “महामानव बुद्धया व्यक्तित्व”, “बुद्धया धार्मिक पारदर्शिता”, “मानव समाजमा ल न्हयलुवा”, “बुद्ध बुद्धया इलयया मयजु पिनि आदर्श” र “नेपालय् शुद्ध बुद्ध धर्म” शिर्षक दिई बिभिन्न पुस्तकहरूको आधारमा लेखहरु प्रस्तुत गरिएका छन् ।
बुद्ध धर्म र दर्शनका बारेमा अध्ययन गर्न चाहनेहरू ।
श्री शाक्यसिंह विहारको संक्षिप्त परियच, वर्तमान स्वरूप, विहारमा भइरहेको धार्मिक गतिविधि, विहारको बिभिन्न संस्थाहरुको सूचि, संघमहानायक प्रज्ञानन्द जन्म शतबार्षिक समारोहको विवरण, श्री शाक्यसिंह विहार पूननिर्माणको विवरण, आर्थिक सहयोगी दाताहरुको बिस्तृत विवरणहरू समावेश गरीएका छन् ।
श्री शाक्यसिंह विहारकाे बारेमा जान्न चाहनेहरू ।
भगवान् बुद्धले देखाउनु भएका चमत्कारहरुलाई व्यवहारिक कथात्मक रुपमा बुझाउन कोशिस गरीएको छ । सहनशीलताले हृदय परिवर्तन भएको, परस्पर शत्रुहरूलार्इ अनुकुल तरिकाबाट सम्झाए पछि मित्र बनेको, दरिद्र परिवारलार्इ समाजमा योग्य अनि सक्षम बनाइदिएको आदि बिबिध बिषयहरूलाई वास्तविक चमत्कारको रुपमा प्रस्तुत गरिएको छ । भगवान् बुद्धले देखाउनु भएका चमत्कारहरुलाई व्यवहारिक कथात्मक रुपमा बुझाउन कोशिस गरीएको छ । सहनशीलताले हृदय परिवर्तन भएको, परस्पर शत्रुहरूलार्इ अनुकुल तरिकाबाट सम्झाए पछि मित्र बनेको, दरिद्र परिवारलार्इ समाजमा योग्य अनि सक्षम बनाइदिएको आदि बिबिध बिषयहरूलाई वास्तविक चमत्कारको रुपमा प्रस्तुत गरिएको छ ।
बुद्धकालीन व्यवहारीक घटनाहरुका बारेमा अध्ययन गर्न रुचाउनेहरू ।