नेपाली

बुद्ध र व्यवहारिक धर्म

बुद्ध र व्यवहारिक धर्म

व्यवहारिक जीवनलाई सुखमय र असल बनाउनकाे लागि सान्दर्भिक उपदेशहरु र घट्ना प्रसंगलाई बिबिध १० वटा शिर्षक जस्तै यथार्थवादी धर्म, बाैद्ध पूजा, बाैद्ध र व्यवहार धर्म, बुद्धकाे मानवता, राेगीकाे सेवा आदि दिई प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षालाई व्यवहारिक जीवनमा उपयाेग गर्न चाहनेहरू ।

बुद्ध जीवन र दर्शन

बुद्ध जीवन र दर्शन

110

श्रीलंकाका महासंघनायक डा. भिक्षु सद्धातिस्सद्वारा अंग्रेजी भाषामा लेखिएकाे “द लाइफ अफ द बुद्ध” काे हिन्दीभाषामा अनुवादीत पुस्तकलाई नेपाली भाषामा अनुवाद गरिएकाे यस पुस्तकमा बुद्धकाे जीवनी, धर्मदर्शन र त्यससँग सम्बद्ध घटनाहरूकाे सन्दर्भमा उहाँकाे शिक्षाहरूकाे विवेचना, साधना पथ र धर्मकाे रूपरेखाहरूलाई प्रस्तुत गरिएकाे छ ।

बुद्ध जीवनी र उहाँकाे सिद्धान्तका बारेमा अध्ययन गर्न चाहनेहरू ।

विषय सूची

विषय सूची

129

भिक्षु अमृतानन्दद्वारा लिखित तथा प्रकाशित भइसकेका बुद्धकालीन ब्राह्मण, गृहस्थीहरू, राजपरिवार, महिलाहरू, परिव्राजकहरू, श्रावक चरित्र, श्राविका चरित्र, ब्रह्मादिदेव, प्रेतकथा, तथा विमानकथा लगाएत दश ग्रन्थहरूमा समावेश भएका विषय सूचीहरू एकसाथ प्रस्तुत गरिएकाे छ ।

भिक्षु अमृतानन्दद्वारा लिखित पुस्तककाे बिषय सूचीका बारेमा जान्न चाहनेहरू ।

भिक्षु सुमंगल महास्थविर

भिक्षु सुमंगल महास्थविर

यस स्मृति ग्रन्थमा दिवंगत भिक्षु सुमंगल महास्थविरकाे व्यत्तिगत विवरण सहित भिक्षुहरू, गुरूमांहरू, विभिन्न बाैद्ध विद्वान उपासक उपासिकाहरू, विहारहरूबाट उहाँकाे स्मृतिमा लेखिएकाे पत्रहरूलाई संग्रह गरिएकाे छ ।

भिक्षु सुमंगल महास्थविरकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धधर्मकाे मूल सार

बुद्धधर्मकाे मूल सार

19

भगवान् बुद्धले देशना गर्नु भएका धर्मका अङ्गहरू र त्यसकाे त्रिपिटकमा बिभाजन, बुद्ध शासनकाे तीनवटा बिशेषता, कुशल कर्म र अकुशल कर्मका सामान्य भेद, पारमिता धर्म, चतुआर्य सत्य, प्रतित्यसमुत्पादलाई संक्षिप्तरुपमा सचित्र उल्लेख गरी प्रस्तुत गरिएका छन् ।

बुद्धधर्म र ग्रन्थका बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धधर्मकाे विकासमा युवाहरूकाे भूमिका

बुद्धधर्मकाे विकासमा युवाहरूकाे भूमिका

113

बुद्ध धर्मकाे ऐतिहासिक पृष्टभूमि, युवाहरूकाे भूमिका, वैशाख पूर्णिमा आदि विषयमा भगवान् बुद्ध मानवताकाे ताज, बुद्धकाे जन्मस्थल लुम्बिनीकाे विगतलाई फर्केर हेर्दा, बौद्ध बाङ्गमय, प्राचीन कपिलबस्तुकाे खोजी, चल्ल र मल्ल कालीन कर्णाली प्रदेशमा बुद्धधर्म आदि शिर्षकमा बिभिन्न समयमा प्रकाशित लेखहरूकाे संग्रह गरी प्रस्तुत गरिएकाे छ ।

बुद्धधर्मकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकालीन प्रजातन्त्र र समाजवाद

बुद्धकालीन प्रजातन्त्र र समाजवाद

74

बुद्धकालीन स्वतन्त्र समाज, बुद्ध शासनकाे स्वतन्त्र संघ, संघकाे महत्व, समानता, स्वतन्त्र नियम, मूर्ख मित्र भन्दा विद्वान शत्रु वेश आदि विविध विषयमा तत्कालिन समय र परिस्थितीकाे सरल र यथार्थ चित्रण गरि प्रस्तुत गरिएकाे छ ।

बुद्धकालीन स्वतन्त्रताकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

बुद्धकाे मनाेबल

बुद्धकाे मनाेबल

41

जिनत्थ पकासनमा उल्लेखित इद्धि पातिहारिकाे एक कण्ड अन्तर्गतकाे भगवान बुद्धकाे ऋृद्धि प्रातिहार्य र त्यस समयकाे घट्नाहरू, त्रिशरण सहित शील प्रार्थना तथा बुद्ध गुण, धर्मगुण, संघगुण काे पालि र नेपाली अर्थऽ शिल ग्रहण गर्ने नियम सहित प्रस्तुत गरिएकाे छ ।

भगवान् बुद्धकाे ऋृद्धि प्रातिहार्य र शील धर्मकाे बारे अध्ययन गर्न चाहनेहरू ।

बुद्धधर्म के हाे ?

बुद्धधर्म के हाे ?

57

बर्माका बिपश्यना भावना (ध्यान) का शिक्षक उ बा खिन्‌ले तत्कालिन धार्मिक अध्ययन समूहद्वारा आयाेजित प्रवचन कार्यक्रममा दिएकाे तीनवटा प्रवचनहरूलाई सम्पादन गरिएकाे “What Buddhism Is” भन्ने अंग्रजी पुस्तककाे अनुवाद हाे । जसमा बुद्ध जीवनी, बुद्धकाे मूल उपदेश, आर्यसत्य, आर्यमार्ग, अष्टकलाप, प्रतीत्यसमुत्पाद र पट्ठान जस्ताे गहन विषयलाई व्यवहारिक भावना र अनुभवकाे यथार्थ सत्यसंग जाेडेर प्रस्तुत गरिएकाे छ ।

बिपश्यना भावनाका साधकहरू र साधना गर्न चाहनेहरू ।

दशै, दिपावली र मृत्यु

दशै, दिपावली र मृत्यु

79

लेखकले बेलायतमा बस्दाकाे अनुभवका साथ महान चाँड दशै, दिपावली र मृत्यु संस्कारका बिबिध पुरातण अवधारणा र संस्कार पद्दतीका बारेमा उल्लेख गरिएकाे र यसकाे सम्बन्धमा बुद्धधर्मकाे अवधारणालाई तुलनात्मक रूपमा उल्लेख गरि आफ्नाे दिदीलाई पठाएकाे पत्रलाई पुस्तककाे रूपमा प्रस्तुत गरिएकाे छ ।

दशै, दिपावली र मृत्यु संस्कारका बारेमा हिन्दु धर्म र बाैद्ध धर्म बिचकाे तुलनात्मक अवधारणाका बारेमा ज्ञान हाँसिल गर्न चाहनेहरू ।

दानपारमिता

दानपारमिता

89

बुद्ध बन्न प्रयासरत रहेका बाेधिसत्वले आफ्नाे चित्तलाई त्यागमय भावनाले पवित्र पार्न काेशिस गरिएका १० वटा पारमिता मध्ये प्रथम दान पारमिता अन्तर्गत रहेकाे १० वटा जातक कथाहरू - अकित्ति जातक, सङ्खपाल जातक, कुरूधम्म जातक, महासुदस्सन जातक, निमि जातक, महागाेबिन्द जातक, खण्डहाल जातक, सिवि जातक, सस जातक, वेस्सन्तर जातकका बारेमा उल्लेख गरिएकाे छ ।

दात पारमिता सम्बन्धि जातक कथाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

धर्म र ज्ञानकाे शिक्षा

धर्म र ज्ञानकाे शिक्षा

68

भगवान् बुद्धका उपदेशहरूलाई बिबिध ८ वटा शिर्षक - गुणले मानिस ठुलाे हुने, चतुब्रम्ह विहार अन्तर्गत मैत्री, करूणा, मुद्धिता, उपेक्षाकाे विषयमा समय सापेक्ष घट्ना र कथा सहित उल्लेख गरिएकाे छ ।

चतुब्रम्ह विहारकाे बारे अध्ययन गर्न चाहनेहरू ।

चरित्र निर्माणमा बुद्धधर्मकाे भूमिका

चरित्र निर्माणमा बुद्धधर्मकाे भूमिका

78

त्रि.बि.बि. मानविकी तथा समाज शास्त्र अन्तर्गत बाैद्ध अध्ययनकाे पाेष्ट ग्राज्युयट डिप्लाेमा तहकाे शाेधपत्रलाई पुस्तककाे स्वरुप दिईएकाे छ । आजकाे बिषम परिस्थितीबाट पार लगाउन व्यक्तिहरूकाे बाैद्धिक क्षमता, आचरणमा सुधार हुनु पर्ने आजकाे परिवहार्य आवश्कता रहेकाे, प्रत्येक व्यक्तिले धर्मश्रवण गर्ने, धारण र पालन गर्न अनिवार्य रहेकाे उल्लेख गरि बुद्ध जीवनी, बूद्धकाे आधारभूत शिक्षा, सुचरित्रकाे अर्थ, चरित्र निर्माणमा धर्मकाे भूमिका, शीलकाे महत्व, कालामसूत्र र आजकाे समाज आदि विविध शिर्षक दिई प्रस्तुत गरिएकाे छ ।

धारण र पालन गर्नु पर्ने धर्मका बारे अध्ययन गर्न चाहनेहरू ।

बुद्धवादका सारहरू

बुद्धवादका सारहरू

79

श्रीलङ्कामा अंग्रेजी भाषामा प्रकाशित Essentials of Buddism पुस्तकलाई नेपाली अनुवाद गरिएकाे यस पुस्तकमा भगवान बुद्धकाे जीवनी, शील, समाधि, प्रज्ञा, प्रतीत्यसमुत्पाद, अनित्य, दुःख, अनात्म, सहित २४ वटा शिर्षकमा व्यवहारिक, राजनीतिक, सामाजिक र आर्थिक पक्षहरूलाई समय सान्दर्भिक सिगाल सूत्र, व्याघपज्जा सूत्र आदि विविध बिषयलाई प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

सुचक (श्रद्धेय अश्वघाेष विषेश)

सुचक (श्रद्धेय अश्वघाेष विषेश)

156

नेपालका छैठाैं संघनायक श्रद्धेय भिक्षु अश्वघाेष महास्थविरज्यूकाे ९०औं जन्मदिनकाे उपलक्ष्यमा प्रकाशित यस अंकमा उहाँकाे जीवनी, धर्मप्रचार तथा साहित्यकाे क्षेत्रमा दिनु भएकाे याेगदानकाबारे विभिन्न व्यक्तिहरूकाे विचारमूलक लेख रचनाहरू संग्रह गरिएकाे छ ।

श्रद्धेय भिक्षु अश्वघाेष महास्थविरज्यूकाे बारे जिज्ञासुहरू ।

दश पुण्य-पुष्प

दश पुण्य-पुष्प

महाशी धर्मकथिक सयादाे आयुष्मान उ.‌ सुन्दर द्वारा रचना गरिएका दश पुण्य क्रिया अथवा दैनिक जीवनमा पालना गर्नुपर्ने कर्तव्यलाई दान, शील, भावनामा विभाजन गरी त्यसकाे प्रतिफलका बारे दृष्टांत कथाहरूलाई उपदेशका रूपमा ५९ वटा शिर्षकमा प्रस्तुत गरिएकाे छ ।

दश पुण्य-क्रियाकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।