धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी

संक्षिप्त बुद्ध वंश (पहिलो, दोस्रो र तेस्रो भाग)

संक्षिप्त बुद्ध वंश (पहिलो, दोस्रो र तेस्रो भाग)

221

२८जना तथागत बुद्ध हरूको नामावली र परिचय, कल्प र कल्पको प्रकार, बिभावज, बुद्ध उत्पन्न भए अनुसार कल्पको नामाकरण, तीनवटा कोलाहल, पञ्च महाविलोकन, दीपंकर बुद्धदेखि गौतम बुद्धसम्मको संक्षिप्त जीवनी सहित दिपंकर बुद्धदेखि कस्सप बुद्धसम्मका बुद्धहरूसँग गौतम बुद्ध हुने बोधिसत्त्वको सम्बन्धका बारेमा उल्लेख गरेका छन् ।

२८जना तथागत बुद्धहरूको संक्षिप्त जीवनीऽ कल्पहरूका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

दृष्टि व तृष्णा ल्यहे थनेगु उपदेश

दृष्टि व तृष्णा ल्यहे थनेगु उपदेश

ऊ.सुन्दर महाशी धर्मकायिक कर्मस्थानाचार्य नायक सयादोले विपश्यना ज्ञान अवबोध गर्नका लागि गम्भिर बुद्ध वचनलाई समेटिएर सबै प्रकारका मानिसहरुले बुझ्न सकिने गरी लेखिएको पुस्तकलाई भाषा अनुवाद गरीएको छ ।

विपश्यना भावना अभ्यास गर्न चाहने योगीहरू ।

राहुलयात तथागतया उपदेश

राहुलयात तथागतया उपदेश

55

सु-सभ्य, सु-संस्कृत, शिष्ट र भद्र स्वभावको प्रतिकको रुपमा अग्र श्रेणीमा रहेका कुमार राहुलको परिचय विभिन्न स्मरणीय घटनाहरुका, भगवान बुद्धले राहुललार्इ दिनु भएको विविध उपदेशहरुका साथै राहुलद्वारा भगवान् बुद्ध समक्ष राख्नु भएका विविध जिज्ञासा र समाधानहरुलाई प्रस्तुत गरिएको छ ।

राहुलको जीवनीलाई संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।

वेस्सन्तर जातक

वेस्सन्तर जातक

126

बाैद्ध साहित्यकाे मूलपालि त्रिपिटककाे खुद्दक निकाय अन्तर्गतकाे वेसन्तर जातक उल्लेख गरिएकाे छ । सर्वार्थसिद्ध भगवान बुद्ध हुनु भन्दा अगाडि बाेधिसत्त्वकाे अनेक जन्महरू मध्ये एक जन्म वेसन्तर राजकुमार हुँदाकाे जीवनीका बारेमा भएका अनेक कार्यहरूलाई दानकाण्ड, जूजुक काण्ड, क्षत्रिय काण्ड गरी तीन भागमा विभाजन गरी प्रस्तुत गरिएकाे छ ।

वेसन्तर जातक अध्ययन गर्न चाहनेहरू ।

बौद्ध ध्यान

बौद्ध ध्यान

125

कल्याणमित्र सत्य नारायण गोयन्काज्यूले बनारस र बुद्धगयामा ध्यानभावना शिविरमा हिन्दी र अंग्रेजी भाषामा दिनुभएको प्रवचनलाई आधार बनाएर ध्यानभावनाको अनुभवहरु सम्पादन गरिएको हो । ध्यान शिविरमा रहँदा आइपरेका विभिन्न मानसिक विध्नहरुलाई उल्लेख गरिएको साथै ध्यानभावना शिविरमा पालन गर्नुपर्ने नियमहरू देखि विपस्सना ध्यानभावना गुरुबाट दैनिक रुपमा प्राप्त प्रवचनहरु र मैत्री भावनालाई अनुभवको आधारमा संग्रहित गरि प्रस्तुत गरिएको छ ।

बुद्धधर्मका बारेमा जान्न चाहनेहरू ।

बुद्धकाे जीवनी र दर्शन

बुद्धकाे जीवनी र दर्शन

99

The Life of Buddha नामक अग्रेजी पुस्तककाे नेपाली भाषामा अनुदित पुस्तक हाे । यसमा बुद्ध जीवनी अन्तर्गत जन्म, मनुष्यकाे चार अवस्था, बाेधिज्ञान प्राप्ति, मध्यम मार्ग, संघ आदि विविध शिर्षकमा बुद्ध जीवनी र दर्शनका कुराहरूलाई प्रस्तुत गरिएकाे छ ।

बुद्ध जीवनी र बुद्धकाे दर्शन बारे अध्ययन गर्न चाहानेहरू ।

दान

दान

21

दान दिनु भनेकाे आफ्नाे बस्तु अरूलाइ दिनु हाे दान मात्र दिएर यसकाे पुरा फल प्राप्त हुँदैन समान वस्तु दान गरे पनि समान फल प्राप्त हुँदैन तसर्थ कसलाई दान दिने, आठवटा गुण भएकाेलाई दान दिनुकाे फल, कुन दान सर्वश्रेष्ठ छ आदि विभिन्न दानकाे विषयमा व्याख्या गरिएकाे छ ।

दानकाे विषयमा जान्न चाहानेहरू ।

लक्ष्मी

लक्ष्मी

एक महिला राम्राे शिक्षा, सु-चरित्र, कर्तव्य परायता, स-द्‌व्यवहार जस्ता राम्रा गुणहरूले गर्दा नै लक्ष्मी रूपी देवी समान बन्न सक्दछ । समाजले पनि महिलालाई समान शिक्षा र स्थान दिई समानताकाे लागि प्रेरित गर्नुपर्दछ भन्ने कुरामा जाेड दिइएकाे छ । बुद्धकालीन महिला र जातक कथाहरुमा उल्लेखित ६ जना महिलाहरुले आफ्नाे गरीब श्रीमान्‌लाई आफ्नाे नराम्राे बानी छाेडाउन खेलेका भूमिका, राेगी श्रीमान्‌काे मनाेबल बढाइ राेग मुक्त गरेकाे, घर कलह शान्त गरेकाे जस्ता उच्चतम भूमिका निर्वाह गरेका प्रसंगहरु उल्लेखित छन् ।

सम्पूर्ण धर्मप्रेमी उपासक उपासिकाहरू ।

शिक्षा भाग ३

शिक्षा भाग ३

56

बुद्धका उपदेशहरूलाई व्यावहारिक शिक्षामूलक विषयवस्तुसंग सम्बन्धित रहि बिबिध शिर्षकमा जस्तै आर्यमौन, पतनका कारण आदि तथा कथाहरूलाई पनि समेतिएर प्रस्तुत गरीएका छन् ।

बुद्धका उपदेशहरुका बारेमा जान्न चाहने सम्पूर्ण व्यक्तिहरू।

संक्षिप्त बुद्ध वंश (प्रथम भाग)

संक्षिप्त बुद्ध वंश (प्रथम भाग)

68

२८ जना तथागत बुद्धहरूकाे बंशकाे नामावलि र कल्प, कल्पका प्रकार, अवधिका अनुसार कल्पकाे बिभाजन, बुद्धहरुकाे उत्पत्ति अनुसार कल्पकाे नामाकरण, बुद्ध उत्पन हुनु दुर्लभका बिषयमा, तीनवटा कोलाहल, दश जना बुद्धहरुका साथै ती बुद्धहरुकाे समयमा गाैतमबुद्ध हुने बाेधिसत्त्वकाे चर्याका बारेमा र अन्य विषयमा उल्लेख गरिएका छन्।

बुद्धवंश अध्ययन अध्यापन गर्न चाहनेहरू ।

भगवान बुद्धका आठ विजयहरू तथा बाह्र कर्म विपाकहरू

भगवान बुद्धका आठ विजयहरू तथा बाह्र कर्म विपाकहरू

भगवान बुद्धले प्राप्त गर्नु भएकाे विजय (पञ्चमार विजय, आलवक राक्षस र अन्य) आदि पहिलाे खण्डमा र दाेस्राे खण्डमा भगवानकाे कर्म विपाक १२ वटाका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकाे कर्म विपाक र विजय बरे अध्ययन गर्न इच्छुकहरू ।