जात भनेकाे के हाे र कहाँ छ ? भन्ने सम्बन्धमा बिभिन्न दृष्टिकाेण / बिचारहरुकाे बारेमा उल्लेख गरिएकाे ।
बाैद्धधर्ममा जातका बारेमा जानकारी हाँसिल गर्न चाहनेहरु ।
भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् ।
भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न चाहनेहरु ।
धर्म भनेकाे मनुष्यकाे गुण हाे, चिन्ह हाे, शान्तिकाे लागि धर्म अति आवश्यक छ भन्ने कुरालाई बुद्धकाे समय र अहिलेकाे समयकाे घटनाहरुलाई समेतेर, धर्मलाई चिरस्थायी गर्नका लागि पूजा पाठका साथै सेवाभावना पनि अति अवश्यक भन्ने बुझाउनका लागि बिभिन्न घटनाहरुलाई समेतिए, सुख दुःख भनेकाे आ-आफ्नाे कर्मबाट हुन्छ भन्ने कुरा उल्लेख गरिएकाे छ ।
धर्म बुझेर सत्कर्म तिर लाग्न चाहनेहरु ।
लंकाद्वीपका एक पण्डितले सर्बज्ञ बुद्ध भगवानलाई प्रार्थना गर्ने श्लाेक रचना गरि वहाँमा बिद्यमान गुणहरुलाई वर्णन गरी १०८ वटा नामहरु संग्रह गरिएकाे संस्कृत श्लाेककाे सिँहल भाषालाई नेपालभाषामा अनुवाद गरिएकेा ।
तथागतकाे नाम स्मरण गरि मानव कलुषित हृदय शुद्ध गरि स्वच्छ सुन्दर भत्तिरसकाे पाठ गर्ने चाहनेहरु ।
यस पुस्तकमा माया र माेहकाे जालाेबाट मनलाइ छुटाउन सकिएन भने जति सुकै पुण्य गरेपनि अन्तिमकाे चित्त (च्युति चित्त) मा माेह भएमा गति राम्राे हुदैन अगतिमा जन्म हुन्छ । भन्ने विषयलाइ कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । राम्राे विचारले आयु बृद्धि हुन्छ भन्ने विषयकाे पनि कथात्मक प्रसङ्ग प्रस्तुत गरिएकाे छ ।
सम्म्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा गाेण प्रेत वस्त्रु कथा सहित चतुरार्य सत्यकाे व्याख्या, आर्यमार्गकाे संक्षिप्त व्याख्या, सुजात कथा र धम्मपदका केही कथा समावेश गरिएकाे छ । यसमा अनित्य (एक दिन सबै जनाकाे मृत्यू हुन्छ) का कुराहरू, धर्माचरण गर्ने दानीकाे लागी परलाेकमा पनि स्वागत गर्ने कुरा सहित सबै भन्दा ठुलाे दान धर्मदान हाे भन्ने विषयमा संक्षिप्त कथासहित प्रस्तुत गरिएकाे छ ।
सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप स्व. सरला अमात्य (काेविद) र डा. सुनन्दकाे बिचमा भएकाे वार्तालाप यसमा समावेश भएकाे छ । नेपालमा भिक्षु, श्रामणेर, उपासक, उपासिका र अनागारिकाहरूकाे आचरणमा भएकाे सही गलत के कस्ताे छ र कुन उपयुक्त छ भन्ने विषयमा छलफल भएकाे पाइन्छ ।
धर्मप्रेमी श्रद्धावान, त्यागी तथा गृहस्थ उपासक, उपासिकाहरूकाे लागी उपयाेगी।
यस पुस्तकमा भगवान बुद्धकाे चार वटा सतउपदेशहरू संग्रह गरिएकाे छ । श्रद्धामा प्रवजित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य एतदग्ग प्राप्त भिक्षुणी साेणा स्थविरकाे कथा, छाेरा बुहारीले हेपेकाे ब्राम्हणलाइ भगवानले दिनु भएकाे उपदेशका सहित उरग जातक पनि यसमा समावेश भएकाे छ । श्रद्धा, वीर्य, धर्म र बुद्धिमताका कुराहरूलाइ यसमा सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएकाे छ ।
सम्पुर्ण मानिसहरूकाे लागी उपयाेगी
यस पुस्तकमा स्वावलम्बी र धर्माचरण गर्ने व्यक्ति सधै सफल हुन्छ । त्यागी भएमा आत्मशरण र धर्मशरण गरी आयमार्ग प्राप्त गर्दछ । गृहस्थ भएमा धनलाभी पुण्यवान हुनेछु भन्ने कुरा चक्रवती राजाकाे उदाहरणसहित स्पष्ट पारिएकाे छ । जाे धन नभएकाे छ उसले आफ्नाे जीवीका पालन गर्न पाप गर्छ र जसकाे फलस्वरूप पापकाे दल दलमा फसेर जान्छ ।
दान धर्मकाे फल र गरिबीले उठायने गलत कामकाे विषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
बुद्ध धर्म छु खः ? यस पुस्तकमा ध्यान गुरू उ वा खिनकाे प्रवचनलाइ अनुवाद गरिएकाे छ । बुद्ध धर्मलाइ अरूकाे भनाइमा नभइ अनुभव र ज्ञानले बुझ्नुपर्छ भन्ने कुरालाइ धम्मपदकाे आधारमा व्याख्या गरिएकाे छ । यसै गरी ३१ लाेक, र भद्रकल्पकाे विषयसहित, चार आर्यसत्य, आर्यअष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पाद सम्मकाे व्याख्या र विश्लेषण सरल भाषामा गरिएकाे छ ।
बुद्ध धर्मलाइ जीवन जीउने कलाकाे रूपमा जान्न चाहनेहरूकाे लागी।
यस पुस्तकमा चारवटा कथाहरूलाइ समावेश गरिएकाे छ । पटाचारा, कृशा गाैतमी, धम्मपाल र सहयायगुया सहजगुण यी चार वटा कथाकाे माध्यमबाट आफन्तकाे वियाेगमा धर्म गर्न, अनित्यताकाे ज्ञान धर्म र शीलले आयुबृद्धि तथा सहनशीलताकाे भावना वृद्धि गर्ने जस्ता विषयवस्तु समावेश गरिएकाे छ ।
समाजका सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा दान शील र भावनाकाे सानाे परिचय दिइएकाे छ। त्यसपछि भिक्षुहरू सक्क जनपदबासी राजकुमार नन्द,राजकुमार राहुल, भद्दीय, अनुरूद्ध, आनन्द, भगु, किम्बिल, उपाली आदि १४ वटा शिर्षकमा भिक्षुहरूकाे जन्म, गृहस्थजीवन, प्रवजित, मार्गफल, महत्वपुर्ण काम, एतदग्, पुर्वजन्ममा गरेकाे पुण्यसहित सरल र सहजरूपमा प्रस्तुत गरिएकाे छ।
भगवान बुद्धकाे समयका केही महत्वपुर्ण भिक्षुहरूकाे वर्तमान र पुर्वजन्मकाे बारेमा अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।