नेपाली

बुद्धधर्म र व्यवहार

बुद्धधर्म र व्यवहार

199

लेखककाे बिभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरूकाे संग्रह हाे। बुद्धधर्मका बिभिन्न पक्ष र परम्परागत प्रचलित गतिविधिबारे संक्षिप्त र विस्तृतरूपमा व्याख्या सहित शरण, बुद्धकाे उपदेश र धर्मचक्रप्रवर्तन देखि मरणपछिकाे दान सम्म गरि ५१ वटा लेखहरू समावेश गरिएका छन् ।

बास्तविक धर्मबारे जान्न चाहानेहरू

धर्म भन्दा धन प्याराे

धर्म भन्दा धन प्याराे

लेखक भिक्षु थानसेट्ठ महास्थविर छाेटकरी जीवनी, थाइल्याण्डकाे धर्म, संस्कृति, रीतिरिवाज र विहारकाे विषयमा उल्लेख गरिनुकाे साथै बुद्ध कालिन कथाहरू, बिभिन्न सुत्तहरू, धनकाे कारण धर्म नाश भएकाे कथाहरू, ध्यान भावना, नराम्राे कल्पना हटाउने उपाय, दीर्घायु कुमारकाे कथा, केही बुद्ध भजनहरू आदि बिबिध विषयहरू समावेश गरिएका छन् ।

थाइल्याण्डकाे बारेमा र बुद्धशिक्षाका बारेमा अध्ययन गर्न चाहानेहरू सबै ।

धर्म मरेकाे छैन

धर्म मरेकाे छैन

98

सेवा नै धर्म हाे र यसले नै कर्म बलियाे बनाउछ, पापभन्दा धर्मकाे शक्त्ति बलियाे छ, जीवन राम्ररी बिताउन धर्म नभई हुँदैन, शान्तिकाे लागि धर्म नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि बुद्धकालीन घटनाहरू र अहिलेका घटनाहरू राखी धर्म मरेकाे छैन भन्ने प्रमाण प्रस्तुत गरेकाे छ । धर्म चिरस्थायी गर्न पूजा पाठसँगै सेवाभाव पनि नभई हुँदैन भन्ने कुरा बुझाउनकाे लागि घटनात्मक कथाहरूलाई बिबिध शिर्षकहरू जस्तैः “धर्म गरी कर्म बलियाे भएकाे कुरा”, “नाम मन पर्दैन”, “रातदिन धर्म बृद्धि हुने काम”, “लाज भए धर्म मरेकाे छैन” आदी समावेश गरिएका छन् । यसकाे साथै लेखक भिक्षु अश्वघाेष महास्थविरले संघाराम बिहारकाे बारेमा र त्यस विहारकाे पहिलाे

धर्मकाे विषयका साथै संघाराम विहारका बारेमा संक्षिप्तमा अध्ययन गर्न चाहानेहरू ।

गुँला धर्मदेशना सँगालाे २०७६

गुँला धर्मदेशना सँगालाे २०७६

154

नगरमण्डप श्रीकीर्ति विहार, कीर्तिपुरमा भन्ते र गुरूमांहरूबाट २०७६ सालकाे गुँला एक महिनाभरी दिइएका धर्मदेशनाहरू संग्रह गरिएकाे हाे । जसमा चुलगाेसिङ्गसुत्त, चार दुर्लभ धर्महरू, कर्म र कर्मकाे विपाक, पञ्चनीवरण आदि २९वटा बिबिध बिषयहरूमा दिइएका उपदेशहरू उल्लेख गरिएका छन् ।

बुद्ध उपदेशहरू अध्ययन गर्न चाहानेहरू

पुनर्जन्मबारे छलफल (बाैद्ध ॠषि महाप्रज्ञा)

पुनर्जन्मबारे छलफल (बाैद्ध ॠषि महाप्रज्ञा)

40

बाैद्ध ॠषि महाप्रज्ञा र उपासक बिच पुनर्जन्मका बारेमा भएकाे छलफललाई प्रश्नाेत्तरकाे माध्यमबाट उपमा सहित स्पष्ठ गर्नु भएकाे साथमा तत्त्वज्ञानकाे विषयमा र संसार चक्र देखि मुक्त्त हुने मार्गका बारेमा उल्लेख गरिएकाे छ ।

पुनर्जन्म र त्यसबाट म‍ुक्त्त हुने विषयमा अध्ययन गर्न चाहनेहरू ।

नारीहरूमा पनि बुद्धि छ

नारीहरूमा पनि बुद्धि छ

84

महापुरूषकाे गुण सहित चार ब्रह्मविहार, “मन शुद्ध हुनुपर्ने”, “रिसले वैरभाव शान्त हुदैन”, “सत्य भए पनि सबै ठाउँमा बाेल्नु हुँदैन”, “आध्यात्मिक उन्नति”, “बुद्धि आइमाईमा पनि हुन्छ” आदि विभिन्न शिर्षकहरूमा व्यावहारिक सत्य घट्नालाई उदाहररण सहित प्रस्तुत गरिएका छन् ।

सर्ब-साधारण सबै

प्रतीत्यसमुत्पाद

प्रतीत्यसमुत्पाद

बुद्धधर्म र बौद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारेमा श्रीलंकाका विद्वान भिक्षु रेनुकाने चन्दविमल महास्थविरबाट लिखित पुस्तककाे नेपाली भाषामा भाषानुवाद गरिएकाे हाे । यसमा प्रतीत्यसमुत्पानकाे अर्थ, प्रतीत्यसमुत्पाद थाहा नपाउँदा हुने दाेष, प्रतीत्यसमुत्पाद थाहा पाउँनाकाे अनिशंस, प्रतीत्यसमुत्पादका चक्रमा एक पछि अर्काेकाे उत्पत्तिका बारेमा, पुनर्जन्म हुने तरीकाका साथै नेपाली समाजमा भईरहेका घटनाहरूलाई उदाहरणकाे रूपमा प्रस्तुत गरिएकाे र सर्वप्रथम पञ्चस्कन्धका पाँच वटै स्कन्धहरूका बारेमा पनि उल्लेख गरीएका छन् ।

बुद्धधर्म र बाैद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारे अध्ययन गर्न चाहनेहरू ।

विपश्यना प्रवाह

विपश्यना प्रवाह

148

श्री सत्य नारायण गोयन्काज्यूकाे १० दिनकाे ध्यान शिविरमा दैनिक हुने ध्यान कार्यका बारे र साथसाथै ध्यान बाेधलाई के कसरी ध्यान गर्ने, यसकाे लक्ष्य के हाे भन्ने कुरा जान्नकाे लागि हरेक दिन साँझ हुने धर्म चर्चामा गुरूजीले दिनु भएकाे प्रवचन वा‍ उपदेशकाे अनुवाद गरी सरल र बाेधगम्यरूपमा प्रस्तुत गरिएकाे छ ।

ध्यान सम्बन्धि रूची राख्ने वा श्री सत्य नारायण गोयन्काज्यूकाे १० दिनकाे ध्यान शिविरका बारेमा जानकारी हासिल गर्न चाहनेहरू ।

बुद्धज्याेतिका केही रश्मि

बुद्धज्याेतिका केही रश्मि

143

याे एक अनुसन्धानमूलक निबन्धहरूकाे सँगालाे हाे । यसमा साेर्‌ह ओटा निबन्धहरू समावेश गरीएका छन् । जसमा “बुद्ध र ईश्वर” देखि लिएर “बुद्धकाे जन्मस्थल लुम्बिनी” आदी विविध शिर्षकहरूमा बुद्ध र बुद्ध दर्शनका लेखहरू उल्लेख गरिएका छन् ।

बुद्ध र बुद्ध दर्शनका बारेमा अध्ययन गर्न इच्छुकहरू‌ ।

अनागतवंस

अनागतवंस

84

भविष्यमा उत्पन्नहुने १० जना बुद्धहरूकाे वर्णन गरिएकाे छ । पालि भाषामा गद्य र पद्यकाे मिश्रणकाे रूपमा छ । यसमा शाक्यमुनि बुद्ध र धर्मसेनापति सारिपुत्रकाे बीचमा भएकाे सम्वादकाे रूपमा लेखिएकाे छ । यसमा भविष्यमा हुने बुद्धहरू मैत्रेय, राम, काेसल नरेश प्रसेनजित, अभिभू देवपुत्र, दीर्घश्राेणि, चङ्कि, शुभ, ताेदेय्य ब्राह्मण, नालागिरि र पारिलेय्य बाेधिसत्वहरूले क्रमश सम्बाेधि प्राप्त गर्ने भविष्यकाे वर्णन गरिएकाे छ । विषेश गरी मैत्रेय बाेधिसत्वकाे विस्तृत वर्णन गरिएकाे छ ।

भविष्यमा उत्पन्नहुने बुद्धहरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

धर्म-ज्योति

धर्म-ज्योति

ध्यान गुरु श्री सत्यनारायण गोयन्काले‚ भगवान बुद्धको दुःखबाट मुक्त हुने मार्ग वा उपदेशलाई बौद्धिक दृष्टिकोणले मात्रै नभई आध्यात्मिक दृष्टिकोणले पनि रोचक शैलीमा जीवनको यथार्थलाई सम्झाउने उदेश्यले स्वभाव र धर्मलाई स्वयम् अनुभूतिद्वारा साधकहरूलाई यथार्थ ज्ञान अवबोध गराउने हेतुले विपश्यना ध्यान शिविरहरूमा दिनु भएका प्रवचनहरूको केहि अंश संकलन गरी तयार पारेको पुस्तक "धर्म-ज्योति" नामको नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरिएको हो ।

भगवान बुद्धका उपदेशहरूलाई बौद्धिक र आध्यात्मिक दृष्टिकोणले अध्ययन गर्न चाहनेहरू ।

बुद्ध धर्ममा दानकाे महिमा

बुद्ध धर्ममा दानकाे महिमा

71

भगवान बुद्धले पूर्व कर्म फल भएपनि नयाँ कर्म बनाउनकाे लागि कुशल पुण्यहरू पनि सञ्चय गर्नुपर्दछ भनेका छन् । पुण्यकर्म नै मानव जीवनकाे सार्थकता हाे । पुण्यकाे मार्ग दान, शील र भावना मध्ये दान नै सबैभन्दा महत्त्वपूर्ण कुशल कर्मका साथै आधात्मिक मार्गकाे पहिलाे खुड्किला र आधार हाे । यसले त्याग भाव जगाउँछ यति मात्र हाेइन की बिभिन्न प्रकारका मानसिक, शाेक सन्तापलाई पनि त्याग्न सिकाउँछ र माेह पनि घटाउँछ । बुद्धले पनि बुद्ध हुने अधिस्थान गर्नु भए देखि हरेक जन्ममा दान पारमितालाई बिभिन्न रूपमा पूर्ण गर्दै आउनु भएकाे थियाे । सानाे सानाे दान बाट नै ठुलाे बन्छ र त्यसकाे फल महान भएकाे

दानकाे बारेमा अध्ययन अध्यापन गर्न इच्छुकहरू‌

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

नेपालमा थेरवाद बुद्धधर्मकाे संक्षिप्त इतिहास

आचार्य भिक्षु अमृतानन्द प्रव्रजित हुनु अगाडी नेपालमा थेरवाद भिक्षुहरुकाे अवस्था, तिब्बेतियन परम्परा अनुसार काठमाण्डाैंमा प्रव्रजित हुनु भएका चारजना प्रव्रजितहरूलाई तत्कालिन राणा शासकले देश निकाला गरेकाे, त्यसपछि प्रव्रजितहरूकाे अवस्थाका साथै नेपालमा बुद्धधर्मलाई पुनःउत्थान गर्न त्यसबेलाका अन्य भिक्षुहरूका साथै भिक्षु अमृतानन्दले गर्नु भएका स्मरणीय घटनाहरु तथा याेगदानका बारेमा उल्लेख गरेका छन् । स्वयम्भुमा नेपालकाे प्रथम थेरवाद विहारकाे स्थापना र अन्य स्थानहरूमा पनि विहारहरूकाे स्थापना (विहारकाे नाम र बिहार प्रमुखकाे नाम सहित) र प्रव्रजितहरूकाे संख्या, यसकाे साथै बाैद्ध साहित्यहरूकाे प्रकाशन जसमा पत्रिकाहरुका साथै भिक्षु अमृतानन्दका पुस्तकहरूकाे सूचिका साथै अविस्मरणिय फाेटाेहरू पनि समावेश गरेका छन् ।

नेपालमा थेरवाद बुद्धधर्मकाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न इच्छुकहरू‌ ।

बुद्धधर्मानुसार नयाँ जीवनकाे शुरुवाट

बुद्धधर्मानुसार नयाँ जीवनकाे शुरुवाट

याे पुस्तकमा Assist. Prof. Dr. Banjob Bannaruji ले “The Origin of Life in Buddhist View” भन्ने अग्रेजी लेख र त्यसकाे नेपालीमा भावार्थका साथै साेहि लेख बिभिन्न पत्रिकाहरुमा प्रकाशित भएकाेलाई संकलन गरि प्रस्तुत गरिएकाे छ । भगवान बुद्धकाे देशना गर्नु भएकाे प्रतीत्यसमुत्पाद अनुसार सत्त्वहरु वा प्राणीहरु चाहे मानिस हाेस् वा जनावर सबैकाे एकै प्रकारकाे भवचक्रकाे रहेकाे हुन्छ । जति बेलासम्म राग द्वेष माेह पूर्णरुपमा नष्ट हुदैन त्यतिबेलासम्म पुनः जन्म लिनै पर्दछ । आमाकाे गर्भासयमा कसरी नयाँ जीवनकाे उत्पति र विकास हुन्छ भनि सुत्रपिटकमा रहेकाे महानिदान सूत्र र अभिधम्मत्थविभाविनीटिका अनुसार प्रष्टाइए नेपाल भाषा र नेपाली भाषामा प्रस्तुत गरेकाे छ

बुद्धधर्म अनुसार नयाँ जीवनकाे शुरु कसरी हुन्छ भनि अध्ययन र अध्यापन गर्न चाहनेहरू ।

अङ्गुत्तरनिकाय प्रथम भाग

अङ्गुत्तरनिकाय प्रथम भाग

682

भगवान बुद्धले ४५ बर्षसम्म देशना गर्नु भएका ८४००० धर्मस्कन्धहरुकाे संग्रह त्रिपिटककाे सूत्र पिटककाे पाँचवटा निकाय मध्ये अङ्गुत्तर निकाय हाे । यस निकायमा एक देखि एघार निपातसम्म संख्याकाे हिसाबले धर्मदेशनालाई बिभाजन गरिएका छन् भने यसमा एकक निपात देखि तिकनिपात सम्मकाे मात्र सुत्त-सारका साथै पालि र त्यसकाे नेपाल भाषामा अर्थ समेत उल्लेख गरेका छन् ।

अङ्गुत्तर निकायकाे बारेमा पालि र त्यसकाे अर्थ नेपाल भाषामा अध्ययन गर्न चाहनेहरू ।

एकाइसाैं शताब्दीमा पशुबलि कति उपयुक्त कति अनुपयुक्त ?

एकाइसाैं शताब्दीमा पशुबलि कति उपयुक्त कति अनुपयुक्त ?

आफ्नाे कामना पूरा हाेस् भनि भाकल गरे अनुरूप काम पूरा भएकाे खुशियालिमा देवी देवता अथवा कुनै अदृष्य शक्तिलाई बलि वा भाेग दिने धार्मिक परम्परा छ । याे परम्परा शिक्षा र बिज्ञानकाे विकाश संगसंगै शासन सत्ता अनि समाजले केहि बहिस्कार गरिदै गएकाे देखिन्छ । तथापि हालसम्म पनि केहि मात्रामा पशुवलि दिने प्रचलनलाई बाध्यकारी पूजाकाे रूपमा कायमै रहि आएकाे छ । बुद्धधर्म अन्तर्गत बज्रयानी परम्परामा पशुबलिकाे मान्यता स्विकारेकाे देखिन्छ भने थेरवादी परम्परामा वलि प्रथा पूर्णत वर्जित छ । तापनि भिक्षुहरूमा मासु सेवनकाे लागि केहि बिधि र प्रावधानहरू बुद्धले राख्नु भएकाे प्रसंग पनि यस कार्यपत्रमा उल्लेख छ । कार्यपत्र प्रस्ताेताले यस विषयमा बिभिन्न

बुद्धधर्ममा पशुवलिकाे अवधारणाका बारेमा जान्न चाहनेहरू ।