नेपाली

अभिधम्मत्थसङ्गह

अभिधम्मत्थसङ्गह

231

आचार्य अनुरुद्धद्वारा पालि भाषामा रचना गरिएकाे महत्त्वपूर्ण यस ग्रन्थमा अभिधर्मपिटककाे सार तत्त्वलाई संक्षिप्तमा वर्णन गरिएकाे छ। जसमा अभिधर्मार्थसंग्रह, ग्रन्थारम्भकथा, चार परमार्थ धर्म, चित्त परिच्छेद, चैतसिक परिच्छेद आदि गरी ९ परिच्छेदमा बिभाजन गरी उल्लेख गरिएका छन्।

अभिधर्मकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू।

सामावती

सामावती

116

पालि त्रिपिटककाे खुद्दकनिकाय अन्तर्गत धम्मपदकाे अप्रमाद वर्गकाे प्रथम तीन गाथाकाे व्याख्यासहितकाे बुद्धघाेष रचित कथा हाे । संसार वृत्तमा घुमिरहेका प्राणीहरूलाई आफूले गरेकाे कर्मकाे विपाक फल आउँछ भन्ने प्रसंङ्गलाई कथासंंग जाेडिएर विभिन्न कथाहरू (दुइ राजाकाे प्रव्रज्या, उदेनकाे उत्पत्ति, घाेषक सेठकाे उत्पत्ति) आदि सहित संक्षिप्त पालि व्याकरण समेत उल्लेख गरिएका छन् ।

सामावती र पाली संक्षिप्त व्याकरणका बरेमा अध्ययन गर्न चाहनेहरू ।

श्री सुमंगल विहार एक अध्ययन

श्री सुमंगल विहार एक अध्ययन

100

भिक्षु बुद्धघाेष महास्थविरकाे ७६ औं जन्म दिनकाे समापन समाराेहकाे अवसरमा सुमंगल विहारकाे परिचय अन्तर्गत विहारकाे नामाकरण देखि यसकाे प्राचिनता, विहारकाे दाता, विहारकाे स्वरूप सन् १९६४ देखि सुमंगल विहारमा भिक्षुहरुकाे बर्षावास तालिका, संघ महानायक भिक्षु प्रज्ञानन्द महास्थविरकाे जीवनी, भिक्षु बुद्धघाेष महास्थविरकाे जीवनी आदि बिबिध विषयहरुका बारेमा उल्लेख गरिएका छन्।

सुमंगल विहारकाे विषयमा अध्ययन गर्न चाहनेहरू।

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

धातुविवण्णक प्रेतया खँ (धातुविवण्णपेतवत्थुवण्णना

भगवान बुद्धकाे परिनिर्वाणपछि राजा अजात शत्रुले अस्तिधातुकाे भाग सात बर्ष सात महिनासम्म बुद्धकाे गुण अनुस्मरण गर्दै महान पूजा गर्नु भयाे । यसबाट कयाैं मानिसहरू चित्त शुद्ध गरी प्रसन्न भई स्वर्गगामी भए त्यस्तै काेही दिर्घकाल सम्म अश्रद्धावान मिथ्यादृष्टि भई चित्त प्रसन्न नभएकाहरू मृत्यु भई उक्त्त पाप कर्मकाे कारणले प्रेत भए । त्यसपछि महाकाश्यपले सत्त्वप्राणी प्रति करुणा राखी ऋृद्धीद्वारा मानिसहरूले ती प्रेतहरू र देवताहरू देख्ने गरी अभिनिर्मित गर्नु भयाे र उनीहरुले भाेग गरिरहेका दुःख र सुखका कुराहरू बारे प्रकाश पार्नु हुदै धर्म देशना गरेकाे बिषयलाई समेटेर प्रस्तुत गरेका छन् । यसकाे साथै कर्म, फल, विपाक, दश कुशल र सिद्धं वर्णमालालाई पनि उल्लेख

कर्म र कर्मफल तथा सिद्धं वर्णमालाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

गाैरवनीय गुरू ?

गाैरवनीय गुरू ?

34

असल गुरू कसरी बन्ने र कस्ताे गुरू, मित्र असल हुन्छ, असल गुरूकाे सातवटा गुणहरूकाे विषयमा उल्लेख गरिएकाे छ ।

असल मित्र वा गुरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

कथावस्तुद्वारा उपदेशित अनुशासन

कथावस्तुद्वारा उपदेशित अनुशासन

299

यस पुस्तक उपदेशहरूकाे संगालाेकाे रूपमा रहेकाे छ। यसमा तृष्णाले गर्दा नै फेरि फेरि जन्म लिनु पर्ने, पूर्वजन्म र वर्तमानमा भएकाे घट्ना, कर्म र फलका कुराहरू आदि विविध विषयवस्तुहरूलाइ कथा संग जाेडेर प्रस्तुत गरिएकाे छ ।

सबै धर्मप्रेमिहरू।

बुद्धकाे जीवनपयाेगी शिक्षाहरू एक विवेचना

बुद्धकाे जीवनपयाेगी शिक्षाहरू एक विवेचना

107

धर्म, ब्रम्हा, मार्ग प्रदर्शक बुद्ध आदि विविध विषयवस्तुलाई कथा सहित यर्थाथ चित्रण गरिएकाे छ ।

सबै व्यत्तिहरू ।

अभिधम्मत्थसङ्गहाे

अभिधम्मत्थसङ्गहाे

अभिधर्मकाे चित्तकाण्ड, चैतसिक काण्ड, प्रकीर्ण काण्ड, वीथि काण्ड आदि विषयमा पालि र नेपाली अर्थसहित उल्लेख गरिएका छन् ।

अभिधर्म अध्ययन गर्न चाहनेहरू।

माेहः अज्ञानता

माेहः अज्ञानता

माेहः अज्ञानताकाे परिचय र यसलाई हताउने प्रक्रिया एवं यसबाट मुक्त्त हुनसके जीवन सुखि र शान्तिपूर्ण हुन्छ भन्ने कुराहरू समेतिएकाे बुद्ध उपदेशकाे बिशेष रुपले व्याख्या गरिएकाे छ ।

बुद्धले देशना गर्नुभएकाे माेहः अज्ञानताबारे सरल रुपमा जान्न चाहनेहरू ।

बुद्धकाे चमत्कार

बुद्धकाे चमत्कार

60

बुद्ध, बुद्धका उपदेश र शिक्षाहरूलाई व्यावहारीक जीवनमा महत्त्व र उपयाेगिताका बारेमा समसामयिक शिर्षक दिइ प्रस्तुत गरेका छन् । जस्तै; मनुष्य जीवनकाे सार्थकताका लागि धर्मकाे भूमिका र महत्त्व, अहंकारले मानिस तल झर्छ, लाेभ र निर्वाण, बुढीआमाकाे धर्मचेतना, बुद्ध उत्तम मनुष्य र मार्ग प्रदर्शक हुनुहुन्छ, बुद्ध र स्वास्थ्य, आमाकाे गुण, मैत्री भावना र अन्य विषयका बारेमा उल्लेख गरेका छन् ।

बुद्धधर्म र बुद्धशिक्षाका बारेमा जान्न चाहनेहरू ।

बुद्धकाे संस्कृति र महत्त्व

बुद्धकाे संस्कृति र महत्त्व

69

बुद्धशिक्षा अनुसार शील (सदाचार) समाधि (चित्त एकाग्रता) प्रज्ञा (विवेक बुद्धि) मैत्री, करुणा, मुदिता, उपेज्ञा, मंगल आदि समसामयिक बिषयहरूलाई बिभिन्न शिर्षकहरू दिई बुद्धका उपदेशलाई प्रस्तुत गरेका छन् । गृहस्थी जीवन सफल हुने धर्म मार्ग, दशवटा दुर्लभ तत्त्वहरू, बाैद्ध र अबाैद्ध दृष्टिकाेणमा भिन्नता, बुद्धलाई चिनाैं, नचिताएकाे हुन्छ चिताएकाे नहुने गर्छ, मुर्खसित झगडा नगर्नु, भन्न सजिलाे गर्न गार्‌हाे, मानिसकाे आचरण उन्नति र पटनकाे कारण र अन्य शिर्षकहरू रहेका छन् ।

बुद्धशिक्षा प्रति इच्छुकहरू ।

रचना संग्रह

रचना संग्रह

155

विशिष्ट बाैद्ध विद्वान लेखक भदन्त ज्ञानपूर्णिक महास्थविरद्वारा बुद्धशिक्षा सम्बन्धि लेखहरुकाे संग्रह हाे । यसमा २३ वटा लेखहरु समावेश छन् । त्रिरत्नकाे महान गुण आनिशंसकाे स्मरण, सद्धमकाे गुण र विशेषता, जिएर मर्नु भन्दा मरेर जिउनु मनुष्यकाे लागि श्रेष्ठकर छ, मानव मनलाई निर्वाणतिर दाेहाेर्याउने कि विनासतिर दाेहाेर्याउने हाे त्यसकाे निर्णय मानव आफैले गर्नु पर्दछ र गर्न सक्दछ मानवकाे शक्ति अपार र अपरम्पार छ, बुद्धधर्ममा द्वन्द समाधान विधि आदि विविध बिषयहरुलाई समेतिएर प्रस्तुत गरेका छन् ।

बुद्धशिक्षाका बिबिध बिषयमा अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध ध्यान

बाैद्ध ध्यान

68

बाैद्ध दर्शन अनुसार मनमा लुकिरहेका विकार, क्राेध, चन्चलता, रिस, राग, माेह आदिलाई निर्मूल पार्ने सतिपट्ठान विपस्सना ध्यान भावना हाे । मानव जीवनमा भएका नकारात्मक तत्त्वहरूलाई हटाउने विपस्सनाका चार ध्यान भावनाहरु कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सनाका बारेमा उल्लेख गरि प्रस्तुत गरेका छन् ।

विपस्सना ध्यान भावना गरी आफ्नाे चित्त शुद्ध गर्न चाहनेहरू

भिक्षु ऊ. कित्तिमा महास्थविर

भिक्षु ऊ. कित्तिमा महास्थविर

22

पूज्यपाद भिक्षु ऊ. चन्दमणि महास्थविरका एक प्रमुख शिष्य बुद्ध शासनलाई भारत बर्षमा र विशेषत नेपालमा बुद्धकाे शान्ति सन्देश फिजाउनमा अग्र रहनु भएका बर्माका भिक्षु ऊ. कित्तिमा महास्थविरकाे जीवनी र वहाँले बुद्धशिक्षा प्रचार-प्रसारमा पुर्याउनु भएकाे याेगदानहरूलाई समेतिएर प्रस्तुत गरेका छन् ।

भिक्षु ऊ. कित्तिमा महास्थविरकाे जीवनीबारेमा अध्ययन गर्न चाहनेहरू ।

शान्ति विहारकाे शान्ति सन्देश

शान्ति विहारकाे शान्ति सन्देश

65

शान्ति विहारकाे निर्माणका बारेमा हिजाे, आज, भाेलि शिर्षक दिएर विहारकाे बारेमा जानकारी दिएकाे, पापकर्म नगर्नु, कुशल कार्य सम्पादन गर्नु, आफ्नाे चित्तलाई परिशुद्ध गर्नु, शील प्रार्थना, त्रिरत्न वन्दना, बुद्धपुजा, पटनका कारणहरू, उत्तम मंगल, मध्यम मार्गका आठ अंगका बारेमा उल्लेख गरेका छन् । यसकाे साथै शान्ति विहार निर्माण कार्यमा भएका नगद आम्दानी र खर्चकाे विवरण, आजीवन सदस्यहरु हुनु भएका श्रद्धालुहरूकाे नामावलीका साथै विहार भिक्षुसंघलाई प्रदान गरी दिने प्रमुख ब्यक्तिहरूकाे नामावली आदी बिषयबस्तुहरुका बारेमा प्रस्तुत गरेका छन् ।

शान्ति विहारका बारेमा जान्न चाहनेहरू ।

असल शिक्षा भाग ४

असल शिक्षा भाग ४

98

असल मानिस बनाउने बुद्धकाे मुख्य शिक्षाले स्वतन्त्र चिन्तन, दुःख अन्त्यकाे लागि चाहिने सम्यक दृष्टि, प्रज्ञा र आध्यात्मिक उन्नतिकाे कुरा, चित्त शुद्ध गर्न धर्म उपदेश सुन्नु पर्ने, उत्तम जीविका, मानिसकाे मन किन अपवित्र हुने गर्छ आदि बिषयहरू समेतिएर बुद्धकाे उपदेशसित जाेडिएर प्रस्तुत गरेका छन् ।

बुद्धशिक्षालाई व्यवहारिक जीवनमा प्रयाेग गर्न चाहनेहरू ।