नेपाली

परियत्ति शिक्षा(नैतिक शिक्षा) तह ३

परियत्ति शिक्षा(नैतिक शिक्षा) तह ३

96

बहुजन हिताय बहुजन सुखायकाे लागि बुद्ध शिक्षालाई प्रचार प्रसार देखि बुद्धकाे महापरिनिर्वाणसम्म, चतुर्ब्रह्म विहार, चतुरार्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, पराभव सूत्र, भगवान बुद्धका केहि रमाइला उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तर तेस्राेमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा(नैतिक शिक्षा) तह २

परियत्ति शिक्षा(नैतिक शिक्षा) तह २

88

पञ्चशील, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

परियत्ति शिक्षा(नैतिक शिक्षा) तह १

परियत्ति शिक्षा(नैतिक शिक्षा) तह १

64

बुद्धकाे मूल शिक्षा, त्रिरत्नका बारेमा, पञ्चशीलका बारेमा, भगवान बुद्धका केहि उपदेशहरुलाई कथाकाे रुपमा छाेटकरीमा सरल भाषामा प्रस्तुत गरिएका छन् ।

बाैद्ध परियत्ति शिक्षा प्रारम्भिक स्तरमा अध्ययन गर्नेहरु ।

मिथ्या दृष्टि र अन्धविश्वास रहित जीवन एक महान आवश्यकता

मिथ्या दृष्टि र अन्धविश्वास रहित जीवन एक महान आवश्यकता

24

थेरवाद, महायान, बज्रयान धर्मकाे सुरूवात तथा पद्म शब्दकाे वास्तविक अर्थ सहित पञ्चबुद्ध, सम्यक्‌बुद्धकाे प्रकार, पारमिता, निवरण धर्म र मिथ्या आचरण त्याग्नुपर्ने कुराहरूलाई संक्षिप्तमा प्रस्तुत गरिएकाे छ ।

थेरवाद, महायान र वज्रयान बुद्धधर्मकाे बिषयमा जान्न चाहनेहरू ।

महिन्द थेर तथा संघमित्ता थेरी

महिन्द थेर तथा संघमित्ता थेरी

अशाेक सम्राटका सुपुत्र महेन्द्र महास्थविर र सुपुत्री संघमित्ता थेरीले बुद्धधर्म प्रचारप्रसारकाे लागि श्रीलङ्कामा धर्मदूत भई सद्धर्म प्रचार गर्नु भएकाे विवरण उल्लेख गरिएकाे छ ।

महिन्द थेर र संघमित्ता थेरीले सद्धर्म प्रचारमा पुर्याउनु भएकाे याेगदानकाबारे अध्ययन गर्न चाहनेहरू ।

जातक कथा

जातक कथा

74

पालि जातक अट्ठकथा अनुसार भगवान् बुद्धबाट विभिन्न घटना र कारणलाई लिएर बर्तमान र पूर्व जन्मका घटनाहरू सम्बन्धमा देशना भएका ५४७ वटा कथाहरू मध्ये कपिलवस्तु र काेलियवासीहरू बीच हुन लागेकाे झगडा हुन नदिनकाे लागि देशना गर्नुभएकाे ५ वटा जातक कथा (फन्दन जातक, दद्दर जातक, लटुकिक जातक, रूक्खधम्म जातक, सम्माेदमान जातक) र अन्य तीन वटा गरी जम्मा नौवटा जातक कथाहरू उल्लेख गरिएका छन् ।

जातक कथाहरू अध्ययन गर्न चाहनेहरू ।

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

20

बैशाख पूर्णिमाकाे महत्व, भिक्षु अश्वघाेष महास्थविरकाे संक्षिप्त जीवनी, कविताहरू, जातक कथा (मृग र ब्याधा), बाैद्ध महिला नन्दाकाे परिचय, बाैद्ध व्यत्तित्त्व सुश्री सबिता धाख्वाकाे अन्तर्वार्ता र परियत्ति गतिविधि समावेश गरिएकाे छ ।

बुद्धधर्म र परियत्ति सम्बन्धी जानकारी लिन चाहनेहरू ।

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

परियत्ति ज्याेति (बाैद्ध परियत्ति सम्बन्धी त्रैमासिक पत्रिका)

20

भगवान बुद्धकाे दिन चर्या, जातक कथा (शकुन अपशकुन), बाैद्ध तीर्थस्थल बुद्धगयाकाे परिचय, भिक्षु ज्ञानपूर्णिक महास्थविरकाे संक्षिप्त जीवनी, युवा बौद्ध व्यक्त्तित्त्व सुश्री अमिता धाख्वासंगकाे अर्न्तर्वाता, कविताहरूका साथै परियत्ति गतिविधिहरू समावेश गरिएकाे छ ।

बुद्धधर्म र परियत्ति सम्बन्धी जानकारी लिन चाहनेहरू ।

मैले बुझेकाे बुद्ध-धर्म

मैले बुझेकाे बुद्ध-धर्म

75

धर्मकाे सम्बन्धमा बुद्धकाे स्वतन्त्र चिन्तन, बुद्ध धर्मकाे विशेषता, पूनर्जन्म र अनात्मवाद, पुस्तकपूजा, अहिंसबर गाैतम बुद्ध, बाैद्ध संस्कृति, परित्राण र उपलब्धि आदि विविध शिर्षककाे माध्यमबाट बुद्धकाे अर्थ, उहाँकाे उपदेशहरूलाई समेटेर यथार्थ धर्मबारे चित्रण गरिएकाे छ ।

बुद्धधर्मकाे व्यवहारिक ज्ञान हासिल गर्न चाहनेहरू ।

सद्धर्म के, किन र कसरी ?

सद्धर्म के, किन र कसरी ?

66

नेपाल अधिराज्यभरिका थेरवार बौद्ध विहारहरूकाे नामावली, युवक बौद्ध मण्डल, नेपाल (Y.M.B.A) काे संक्षिप्त परिचय, त्रिशरण गमन, त्रिरत्न वन्दना पालि र नेपालीमा, धर्म के, किन र कसरी भन्ने विषयमा व्याख्या, चार आर्य सत्य, आर्यमार्ग, आनापान स्मृति भावना बिधि र भावना सम्बन्धी प्रश्नाेत्तर, पराभव सूत्र गृहस्थीहरूकाे नियम आदी बिषयबस्तुहरू समावेश गरिएकाे छ ।

युवक बाैद्ध मण्डल, नेपालकाे जानकारी र सद्धर्मकाे विषयमा जान्न चाहनेहरू ।

पेइचिङ्ग स्वास्थ्य निवास र मेराे चाैथाे चीन भ्रमण

पेइचिङ्ग स्वास्थ्य निवास र मेराे चाैथाे चीन भ्रमण

लेखककाे बिभिन्न पटककाे चीन भ्रमणकाे संस्मरण, सन् १९६२ सालकाे चीन र लेख लेख्दा समयसम्ममा भएको चीनको विकास र परिवर्तन जस्ताे की मैत्री पूर्ण व्यवहार, विकास तथा उपचारकाे नयाँ प्रविधिकाे, धार्मिक क्रान्ति आदि विविध विषयमा लेखकलाई लागेका अनुभवहरूलाई प्रस्तुत गरिएकाे छ ।

चीनकाे बारेमा जिज्ञासु राख्नेहरू

पवित्रबहादुर स्मृतिग्रन्थ

पवित्रबहादुर स्मृतिग्रन्थ

बुद्धशासनमा तन मन धनले सेवा गर्नुभएका एक श्रद्धावान् सेवक, बुद्धवचन त्रिपिटक ग्रन्थहरू नेपाल भाषा र नेपाली भाषामा प्रकाशन कार्यमा लागि पर्नुभएका, बिभिन्न विहार निर्माण तथा जिर्णाेद्वारकाे कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुहुने, ललितपुरमा बुद्धजयन्ती मनाउने काेषका संस्थागत ब्यक्त्तित्त्व, प्रत्येक बर्ष गुलाँ धर्म देशनाका निम्ति सकृय व्यवस्थापक, बिभिन्न धार्मिक सामाजिक संघ संस्था विहारकाे जिम्मेवार पदाधिकारी र आजीवन सदस्य, श्रामणेरहरू, भिक्षुहरूलाई प्रब्रजित गर्नमा सहयाेग गर्ने देखि बिदेशमा अध्ययन गर्नका लागि आवश्यकता अनुसार सहयाेग गर्ने, गरीबगुरुवाहरूकाे निम्ती करुणावान र निस्वार्थ समाजसेवी प्रातःस्मरणीय पवित्रबहादुर बज्राचार्यकाे पुण्य स्मृतिमा प्रकाशित यस स्मृतिग्रन्थमा श्रद्धेय भिक्षु, अनागारिका, बाैद्ध विद्वान र विभिन्न संघ सस्थाहरूबाट प्राप्त श्रद्धासुमनलाई संकलन गरी प्रस्तुत गरिएका

बुद्धशासनका एक श्रद्धावान् उपासक पवित्रबहादुर बज्राचार्यकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

संक्षिप्त बाैद्ध चर्या पद्धति

संक्षिप्त बाैद्ध चर्या पद्धति

बुद्धधर्मबारे जानकारी दिने उदेश्यले बुद्धकाे संक्षिप्त जीवनी, बाेधिचर्या पद्धति, त्रिशरण, त्रिरत्न वन्दना, आर्यसत्य र आर्यमार्ग, चतुब्रह्मविहार, पारमिता, दशकुशल, अकुशल, पतीत्यसमुत्पाद आदी बिषयहरुलाई समेतिएर प्रस्तुत गरिएकाे छ ।

बुद्धधर्म सम्बन्धी जानकारी हासिल गर्न चाहनेहरू ।

सिहलद्वीप श्रीलंका एक अध्ययन

सिहलद्वीप श्रीलंका एक अध्ययन

27

सिहलद्वीप - श्रीलंकाकाे एतिहासिक प्राचीन कथन, राजा दुट्ठगामणीकाे उदय, बुद्धधर्मकाे प्रचार प्रसारमा त्रिपिटककाे लिपीबद्ध, भिक्षु महेन्द र भिक्षुणी संघमित्राकाे श्रीलंका प्रवेश र परिनिर्वाणका साथै भिक्षुणी प्रव्रज्या र उपसम्पदाकाे विषयका बिषयबस्तुहरूलाई समेटि प्रस्तुत गरिएकाे छ ।

सिहलद्वीप-श्रीलंकाकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

शाक्य राज्यकाे उत्थान र पतन्

शाक्य राज्यकाे उत्थान र पतन्

27

नेपालका एक गाैरवशाली जाति शाक्यवंशकाे उत्पत्ति, काेलियग्राम र काेलिय जातिकाे उत्पत्ति, शाक्यजातिकाे पतन, शाक्यजातिहरू पुगेका देशहरू आदि एतिहासिक विषयबस्तुहरूलाई समेतिएर प्रस्तुत गरिएकाे छ ।

शाक्यजातिकाे इतिहासकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।

सत्यतत्व एक चिन्तन

सत्यतत्व एक चिन्तन

293

लेखकका विभिन्न समयमा प्रकासित ७२ वटा लेख रचनाहरू तथा कविताहरू समेटिएका छन् । जसमा सत्यतत्व एक चिन्तन, बुद्धधर्म र विज्ञान सम्वन्धी लेख संग्रह, वास्तविकताकाे बाेध आदि बिबिध शिर्षकमा बैज्ञानिक सत्य र यथार्थ सत्यसंग धर्मलाई परिभाषित गरी सारगर्भिक लेख रचनाहरू समावेश गरिएका छन् ।

बुद्धधर्मलाई बिज्ञानकाे दृष्टिकाेणमा अध्ययन गर्न चाहनेहरू ।